Top News
[ Use Your Mouse To Scroll The Content Left & Right ]

छैटौं चरणको निर्वाचनबाट पनि निकास ननिस्के पुनः निर्वाचनमा नजाने : प्रचण्ड

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री चयनका लागि यही भदौ २० गते हुने छौटो चरणको निर्वाचनबाट पनि निकास ननिस्के फेरि चुनावमा नजाने बताउनुभएको छ।

उहाँले माओवादी एक्लैले बलिदानी गरेर भए पनि देशलाई अनिर्णयको ‘चक्रव्यूह’ बाट मुक्त गर्ने बताउनुभयो। संसदीय मामिला पत्रकार समाजका प्रतिनीधि मण्डलसँग बुधबार बिहान उहाँकै निबास नयाँबजारमा भएका भेटमा अध्यक्ष प्रचण्डले २० गतेपछि माओवादीले देशलाई कुनै न कुनै निकाश दिने बताउनुभयो। तर, कसरी निकास दिन्छ भन्नेमा भने प्रचण्डले स्पष्ट पार्नुभएन।

‘२० गतेसम्म यात यही प्रक्रियाबाट बहुमतीय सरकार बन्छ, या सहमतिको सरकार बन्ने स्थिति बन्यो भने दुवैले उम्मेदवारी फिर्ता लिएर पनि सरकार बन्ने स्थिति हुन सक्छ’?प्रचण्डले भन्नुभयो-’त्यो हुन सकेन भने पनि प्रमुख पार्टी हुनुको नाताले माओवादीले बलिदानी दिएर भए पनि सहमति निकाल्छ।’

Post A Comment
सदीक्षा भइन् नेपाल सुन्दरी

यस वर्षको मिस नेपाल २०१० को ताज बुधबारएक विशेष समारोहबीच काठमाडौंकी १९ वर्षीय सदीक्षा श्रेष्ठलाई पहिर्‍याइएको छ। मिस नेपाल श्रेष्ठलाई सो ताज पूर्व मिस नेपाल जेनिसा मोक्तानले पहिर्‍याउनुभएको थियो।.....

भीमसेन कपमा आज क्वाटरफाइनल
आईटी महोत्सवको तयारी पूरा
पोखरामा जन्माष्टमी शोभायात्रा, देशमा स्थायी शान्तिको लागि समयमै संविधान निर्माणको कामना
एमाले र मधेशवादी दलले दायित्व विर्से : मन्त्री रिजाल

प्रतिदिन दुर्इ घन्टा लोडसेडिङ

भौतिक योजना तथा निर्माण मन्त्रालयले जनता आवास कार्यक्रमअर्न्तर्गत सिरहा, सप्तरी र कपिलवस्तुमा एक हजार ४५४ वटा भवन निर्माण गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयमा आज भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा.....

जनप्रिय उच्च माविमा भूपू विद्यार्थी भेला
बुद्धकालीन अवशेषहरु अलपत्र संरक्षण नभएकोमा स्थानीय वासिन्दा चिन्तित
आफ्नै खर्चमा कराँते खेल्न विदेश गएका प्रकाशलाई रजतपदक
पाल्पाली समाजको दर खाने कार्यक्रममा चेलीहरु रमाए
पोखरा »
तप्राङ पोखरा उपत्यका सर्म्पर्क समाजले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

तप्राङ पोखरा उपत्यका सर्म्पर्क समाज पोखराको प्रतिनिधिमण्डलले मङ्गलबार प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी ज्ञापनपत्र बुझायो। समाजका सल्लाहकार पसबहादुर बाँस्तोलाको नेतृत्वमा गएको टोलीले गत साउन १८ गते सिल्दजुरे गाविसको तप्राङ गाउँमा गएको पहिरोमा.....

Post A Comment
तीजगीत रजत महोत्सव दर खुवाउने कार्यक्रम सम्पन्न

कालिका मन्दिर आमा समूहले रामबजारमा तीजगीत प्रतियोगिता सञ्चालन गरेको २५ वर्षको रजत महोत्सवको अवसरमा दर खुवाउने कार्यक्रम कालिका मन्दिर आमा समूहका अध्यक्ष खेमकुमारी बरालको अध्यक्षतामा शनिबार सम्पन्न भयो।.....

Post A Comment
शितलादेवी माविमा जापानी विद्यार्थी टोलीको स्वागत

शितलादेवी सामुदायिक माध्यमिक विद्यालय माटोपानी पोखराले मङ्गलबार एक कार्यक्रमबीच जापानको क्यूरो कलेज अफ इकोनोमिक्सका प्राध्यापक एवम् विद्यार्थी टोलीलाई स्वागत गर्‍यो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्की र विद्यालयका प्रअ गोविन्दप्रसाद सिग्देल,.....

Post A Comment
देश »
लमजुङमा तीज र रोपाईंजात्राको रमझम

महिलाको महान पर्व हरितालिका तीज नजिकिंदै गर्दा लमजुङमा पनि तीजको रमझम सुरु भएको छ। सदरमुकाम बेसीसहरसँगै गाउँघरमा तीजको गीत गाउन र नाँच्न सुरु भएको छ। तीजको अपसर पारेर बुधबार गाउँसहर गाविस.....

Post A Comment
गल्याङमा लोककतान्त्रिक सम्वाद तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न

स्याङ्जा जिल्ला क्षेत्र नं ३ गल्याङमा नेपाल मगर सङ्घको आयोजनामा लोकतान्त्रिक सम्वाद तथा सुझाव सङ्कलन कार्यक्रम बुधबार गल्याङमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि सविधानसभाका सभासद् पद्मा अर्यालले लोकतान्त्रिक.....

Post A Comment
तीजगीत प्रतियोगितामा सृजनशील आमा समूह प्रथम

खास्टेताल बाराही महिला समूह लेखनाथ-४ र ६ ले राखेको खुल्ला तीजगीत प्रतियोगितामा सृजनशील आमा समूह अघौर्ंले प्रथम स्थान हासिल गरेको छ। हरितालिका तीजको अवसर पारेर राख्ने टोल विकास संस्थालगायत अन्य सहयोगी.....

Post A Comment

स्क्रिन रेजोल्युसन १०२४ x ७६८ वा सो भन्दा बढि भएमा वेबसार्इट अझ राम्रो देखिनेछ ।