eAdarsha.com

पोखरामा सञ्चालित स्व. अमन गुरुङ सेभेन-ए-साइड आमन्त्रित फुटबल प्रतियोगिताको उपाधि विजेता आयोजक पोखरा भ्याली स्पोर्टस् क्लब पहेँलोका खेलाडी शिल्डसहित। पोखरा र•शालामा म•लबार भएको फाइनल खेलमा रञ्ज स्मृति हिमशिखर स्पोर्टस् क्लब लामाचौर ३-२ ले पराजित भएको थियो। विजेताले नगद ७५ हजार तथा उपविजेताले नगद ४० हजार प्राप्त गरेका थिए। तस्विर : प्रेमनारायण न्यौपाने/आदर्श समाज

निर्वाचनसम्म पुग्न दलहरूमा इच्छाशक्ति आवश्यक, ग्राण्ड डिजाइन मुलुकभित्रबाटै : प्याकुरेल
पोखरा, ७ जेठ।संविधानसभाको दोस्रो निर्वाचनका लागि थु्रपै चुनौती रहेकाले निर्वाचनसम्म पुग्नका लागि राजनीतिक दलहरूमा इच्छाशक्ति आवश्यक रहेको मङ्गललबार पोखरामा आयोजित कार्यक्रमका वक्ताले औल्याएका छन्।

संविधानका विवादित विषयलाई टुङ्गयाएर दोस्रो निर्वाचन गरिएमात्र संविधान निर्माण हुन सक्ने उनीहरूको भनाइ थियो। उनीहरूले संविधानसभाको निर्वाचनमा भाग लिदैनौ भन्ने ३३ दललाई पनि निर्वाचनमा ल्याउनुपर्ने बताए।

शान्तिका लागि साझा अभियान (कोक्याप) र शान्तिका लागि नागरिक समाजको सञ्जालको आयोजनामा संविधानसभा निर्वाचनको सुनिश्चितता र चुनौती विषयक अन्तरक्रियाका वक्ताले संविधानसभामा सहभागिताका लागि थ्रेसहोल्ड -न्यूनतम मत प्रतिशत) निर्धारण गर्नुपर्नेमा जोडसमेत दिए।

वक्ताले मुलुकमा पटक-पटक अन्यौलता सृजना हुँदा राष्ट्र असफल बन्ने खतरा समेत बढिरहेको भन्दै चिन्ता व्यक्त गरे।उनीहरूले अझै पनि निर्वाचन हुन नदिन विभिन्नखाले षड्यन्त्र हुन सक्ने भन्दै नागरिकस्तरबाट राजनीतिक दलहरूलाई खवरदारी गरिनुपर्ने आवश्यकता औल्याए।

कार्यक्रममा राजनीतिक दलका नेता, अधिकारकर्मी, प्राध्यापक र सञ्चारकर्मी गरी ६० जनाको सहभागिता रहेको कोक्यापका क्षेत्रीय कार्यक्रमअधिकृत दीपक चिन्तनले जानकारी दिए।

कार्यक्रममा नागरिक समाजका अगुवा सुशील प्याकुरेलले वर्तमान खिलराज रेग्मीको सरकारले निर्वाचन गराए द्वन्द्व हुने र नगराए अराजकता निम्तिने बताए। ‘अहिले मुलुक अत्यन्त जटिल अवस्थामा रहेको छ’-उनले भने-’मुलुकको अहिलेको अवस्था बहुलाउनु कि रुनु भन्नेजस्तै हो।’

कार्यक्रममा उनले जसरी पनि वा जथाभावी नभई सही निर्वाचन गराउनुपर्नेमा जोड दिए। विभिन्न राजनीतिक दलका कारण नै मुलुकभित्र ग्राण्ड डिजाइन भइरहेको दाबी गरे।

‘छिमेकीलाई दोष दिएर हुँदैन, देश बनाउने र बचाउने हामीले नै हो’-प्याकुरेलले भने-’शान्ति सम्झौता भएपछि अहिलेसम्म जे-जति राजनीतिक घटनाक्रम भइरहेको त्यो सबै ग्राण्ड डिजाइनअन्तर्गत नै भइरहेको छ।’

उनले पूर्वराजा महेन्द्रले दलहरूलाई अफाप र ज्ञानेन्द्रले असफल भनेर लगाएको आरोप प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व गर्न दिएर दलहरू सत्य प्रमाणित गरिदिएको बताए।

नागरिक अगुवा प्याकुरेलले मुलुकमा नेता नभई नेतागिरी गर्नेमात्र भएको भन्दै व्यङ्ग्य गरे। ‘नेता भएको भए मुलुकका लागि दृष्टिकोण हुन्थ्यौ’-उनले भने-’अल्पदृष्टि र स्वार्थ भएका नेतागिरीमात्र रहेछन्।’

विगतमा राजनीतिक दलका नेताहरूमा संविधान निर्माण गर्ने नियत भएको भए सङ्घीयता र जातको कुरा उठाएर भाँडभैलो नगर्ने उनको भनाइ थियो।

उनले नेपालको राजनीतिमा कसैले मुद्दा फ्याँक्ने र त्यसमा नै राजनीति रुमलिनेमात्र गरेको उल्लेख गरे। कार्यक्रममा कार्यपत्र प्रस्तोता एवं पद्मशरण रेग्मीले पछिल्लो समय नेपाली राजनीतिले बाटो पहिल्याउन नसकेको बताए।

उनले सबै राजनीतिक दलहरूले आ-आफ्नो जिम्मेवारीलाई बहन गरी संविधान बनाउन केन्द्रित बन्नुपर्नेमा जोड दिए। अग्रज मानवअधिकारकर्मी टेकनाथ बरालले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने अवस्था सृजना भए तत्काल राजीनामा दिनुपर्ने बताए।

नेकपा एमाले कास्कीका सचिवालय सदस्य तेजनारायण अधिकारीले सबैको चासो र चिन्ता संविधानसभाको निर्वाचन र संविधान बन्नुपर्ने आवश्यकता औंल्याए।

नेकपा एकीकृत कास्कीका सचिव रामजी थापाले अहिलेकै अवस्थामा निर्वाचन हुन नसक्ने, भइहाले पनि शान्तिपूर्ण नहुने र त्यसले संविधान बनाउन नसक्ने दाबी गरे।

कार्यक्रममा मानवअधिकार आयोग पश्चिमाञ्चलका निर्देशक यज्ञप्रसाद अधिकारी, वरिष्ठ अधिवक्ता तिलक आचार्य, रामप्रसाद ज्ञवाली, गैरसरकारी संस्था महासङ्घ कास्कीका अध्यक्ष कृष्णप्रसाद बराल, प्राध्यापक डा. पशुपतिनाथ तिमल्सेना, प्राध्यापक विश्वकल्याण पराजुली, प्रेस काउन्सिलका सदस्य माधव शर्मा, नेपाल पत्रकार महासङघका पूर्वकेन्द्रीय सदस्य पुण्य पौडेल, कास्की सभापति बद्रिविनोद प्रतीक, इन्सेक पश्चिमाञ्चलका प्रमुख शिव खकुरेल, मानवअधिकार संरक्षण मञ्च कास्कीका अध्यक्ष नवदत्त ढुङ्गाना, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका पूर्वअध्यक्ष सुरेन्द्र थापामगर र  जनआन्दोलनका घाइते ढाकामोहन पौडेलले बोलेका थिए।

शान्तिको लागि नागरिकसमाजको सञ्जाल कास्कीका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसंयोजक जुना गुरुङले स्वागत र कोक्याप पश्चिमाञ्चलका सचिवालय सचिव राजेन्द्र बस्यालले कार्यक्रम सञ्चालन गरेका थिए।

नेविसङ्घ कास्कीको विवाद अन्त्य, सभापतिमा पराजुली
पोखरा, ७ जेठ।नेपाल विद्यार्थी सङ्घ कास्कीको सभापतिमा देवकृष्ण पराजुली चयन भएका छन्। नेविसङ्घ कास्कीको विवाद समाधान समितिको बैठकले पराजुलीलाई सभापतिमा चयन गरेको हो।

योसँगै लामो समयसम्म नेविसङ्घ कास्कीमा रहेको विवाद अन्त्य भएको छ। यसअघि पराजुली र कल्याणबाबु भण्डारीले समानान्तर समिति गठन गरेका थिए।

विवाद समाधान समितिले जनप्रिय बहुमुखी क्याम्पसको एकाइ सभापतिमा महेन्द्रबहादुर भट्टराईलाई चयन गरेको छ।

आसन्न स्ववियु निर्वाचनलाई ध्यानमा राखी पराजुलीलाई सभापति चयन गरिएको विवाद समाधान समितिका संयोजक एवं कास्की काङ्ग्रेसका सचिव कृष्ण केसीले बताए।

कास्कीको विवाद अन्त्य भएपछि स्ववियु निर्वाचन हुने पोखराका क्याम्पसहरूमा उम्मेदवार छनौटमा सहज हुने र नेविसङ्घको विजय सुनिश्चित रहेको बताउँदै केसीले स्ववियु निर्वाचनमा क्रियाशील रहन विद्यार्थीलाई आग्रह गरेका छन्। स्ववियुको निर्वाचनमा कास्कीका सबै क्याम्पसमा नेविसङ्घको कलम र मसालअड्ढति झण्डालाई फहराउन नेविसङ्घको सम्पूर्ण शक्ति चुनावमा परिचलन गरिने सभापति पराजुलीले बताए।

उनले नेविसङ्घ शान्तिपूर्णरूपमा निर्वाचनमा होमिने तर अन्य विद्यार्थी सङ्गठन चुनावमा अराजकरूपमा प्रस्तुत भए नेविसङ्घले त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिए।

विवाद समाधान समितिमा कास्की काङ्ग्रेसका सचिव युवराज कुँवर, सहसचिव मुकुन्द बास्तोला, देवेन्द्रकुमार शेरचन, वीरेन्द्रनारायण विजुक्छे, मनोज गुरुङ, कमलनाथ कुँवर, इन्द्र कुँवर, पदमसिंह गुरुङ, ऋषि काफ्ले रहेका थिए।

यसैगरी गुरु बराल, पुरुषेत्तम पराजुली, रामजी वादल, सुदीपमोहन भट्टराई, सरोज केसी, गोविन्द लामिछाने, झपेन्द्रराज आचार्य, लक्ष्मी पौडेल, वेदहरि तिमिल्सिना, योगराज लामिछाने, शंकर ढु·ाना, देवकृष्ण पराजुली र कल्याणबाबु भण्डारी रहेका थिए।

पूर्वसभासदको मियाँको हत्या, सरकारद्वारा छानविन समिति गठन
काठमाडौं, ७ जेठ।पूर्वस्वतन्त्र सभासद सदरुल मियाँ हकको हत्याको विरोधमा सप्तरी सदरमुकाम राजविराजमा म·लबार दिनभर प्रदर्शन भएको छ।

पूर्वसभासद् मियाँका समर्थक र आफन्तले सदरमुकाम राजविराज बन्द गरेका थिए। उनीहरूले घटनाको छानविन हुनुपर्ने, गृहमन्त्रीको उपस्थितिपछि मात्र शव बुझ्नेलगायतका माग गरेका थिए। आक्रोशित समूहले सप्तरीका विभिन्न स्थानमा पूर्वपश्चिम राजमार्गसमेत बन्द गरेका थिए।

घटनालगतै खबर गरे पनि प्रहरी घटनास्थलमा ढिलो पुगेको भन्दै आफन्त र समर्थक थप आक्रोशित बनेका थिए। उनीहरूले प्रहरीको गाडी तोडफोड गरेका छन्।सोमबार राति अज्ञात समूहले सप्तरीको कल्याणपुर-२ विसनपुरस्थित आफ्नै घरमा सुतिरहेका बेला पूर्वस्वतन्त्र सभासद् मियाँको हत्या गरेको थियो। विसनपुरमा पेट्रोलपम्प सञ्चालन गर्दै आएका मिया पेट्रोल पम्प रहेको भवनकै माथिल्लो तलामा एक्लै सुतेका थिए।

राति नै भएको हत्याको घटना बिहान साढे आठ बजेमात्र सार्वजानिक भएको थियो। उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको थियो। हत्या राति १० बजेतिर भएको प्रहरीको अनुमान छ। प्रहरीका उच्च अधिकारी घटनास्थलमा पुगेर अनुसन्धन सुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जानकारी दिए।

यसैबीच पूर्वसभासद् सदरुल मियाँको हत्या भएको घटनाको सत्यतथ्य छानबिनको लागि सरकारले समिति गठन गरेको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिनकर शम्शेर जबराको संयोजकत्वमा क्षेत्रीय प्रहरी कार्यालय पूर्वाञ्चलका प्रहरी नायब महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभाग, क्षेत्रीय कार्यालय पूर्वाञ्चलका अनुसन्धान निर्देशक सदस्य रहेको छानबिन समिति गठन भएको गृहमन्त्रालले जनाएको छ।

समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनेको छ। पूर्वसभासद् मियाँको हत्याको घटनाप्रति गृह मन्त्रालयले दुःख व्यक्त गरेको जनाएको छ।

यसैबीच, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले स्वतन्त्र सभासद् सदरुल मियाको हत्याको भर्त्सना गर्दै उच्चस्तरीय छानबिन आयोग गठन गरी घटनाको छानबिन गर्न माग गरेको छ।

गठबन्धनका संयोजक दाहालले मङ्गलबार विज्ञप्ति प्रकाशित गरी मियाँको क्रूर र कायरतापूर्ण हत्याले आफूहरू स्तब्ध भएको बताएका छन्।

गठबन्धनका सदस्य समेत रहेका मियाँको रहस्यमय हत्याको सत्यतथ्य पत्ता लगाई निष्पक्ष छानबिनका लागि अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण गराएका छन्।

यसैगरी मधेसी जनअधिकार फोरम नेपालले पनि पूर्वसभासद् सदरुल मियाँ हकको हत्याप्रति भर्त्सना गरेको छ। घटनाको अबिलम्ब छानबिन गरी अपराधीलाई तुरुन्त कानुनी दायरामा ल्याई कारबाही गर्न फोरमले सरकारसँग माग गरेको छ।

आयोजक भ्याली पहेँलोलाई स्व.अमन गुरुङ सेभेन-ए-साइड फुटबलको उपाधि
पोखरा, ७ जेठ।पोखरामा सञ्चालित स्वर्गीय अमन गुरुङ सेभेन-ए-साइड फुटबल प्रतियोगिता २०७० को उपाधि आयोजक भ्याली स्पोर्टस् क्लब (पहेँलो) हात पारेको छ।

म·लबार पोखरा र·शालामा भएको फाइनल खेलमा रन्जन स्मृति हिमशिखर स्पोर्टस् क्लब लामाचौरलाइ ३-२ ले पराजित गर्दै आयोजक पहेँलो पोखरा भ्याली स्पोर्टस् क्लबले उपाधिसँगै ७५ हजार नगद पुरस्कार हात पारेको हो।

उपविजेतामा सीमित रन्जन स्मृति हिमशिखर स्पोर्टस् क्लबले नगद ४० हजारमा चित्त बुझायो।

पोखरा भ्यालीको जीतमा सौरभ मगर, दीपेश श्रेष्ठ र रोशन हिराचनले एक-एक गोल गरे। रन्जन स्मृतिका लागि म्यान अफ दी म्याच अनोज गुरुङ र सुजन बरामले एक-एक गोल गरे।

पहिलो हाफको सुरुवातमा एक गोल खाएको रन्जन स्मृतिले पहिलो हाफको अन्तिम समयमा लगातार दुर्इ गोल गरे पनि दोस्रो हाफमा आत्मघाती गोल खाएको थियो।

दोस्रो हाफ सकिनु केही समयअघि पोखरा भ्यालीका रोशन हिराचनले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोखरा भ्याली छ खेलाडीमा सीमित थियो तर पनि हिमशिखरले त्यसको फाइदा उठाउन सकेन र उपविजेतामा सीमित हुनुपर्‍यो।

प्रतियोगितामा पोखरा भ्यालीका राजकुमार घिसिङ बेस्ट प्लयेर घोषित भए।उनले एक सेट कलर्स मोबाइल हात पारे। प्रतियोगिता अवधिभर आठ  गोल गरेका लेकसाइड क्लबका सिद्धि श्रेष्ठले हाइस्कोररको उपाधिसहित नगद पाँच हजार पाए भने पोखरा ट्रेनिङ सेन्टरले फेयर प्लये अवार्डसहित नगद पाँच हजार प्राप्त गर्‍यो।पोखरा ट्रेनिङ सेन्टरलाई फुटबल प्रशिक्षक शम्भु केसीले सञ्चालन गर्दै आएका छन्।

हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा भएको उक्त प्रतियोगितामा विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि अखिल नेपाल फुटबल सङ्घ एन्फाका केन्द्रीय सदस्य गणेशबहादुर भट्टराई, स्वर्गीय अमनका बाबु यमन गुरुङ, नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङ, बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङ, सहारा क्लबका अध्यक्ष विक्रम थकाली, सराङकोट एफएमका अर्जुन बस्नेत, क्लबका अध्यक्ष क्याप्टेन थमनसिंह थापा, सचिव सम्मरबहादुर श्रेष्ठ, खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष प्रेमनारायण न्यौपाने, एसओएस गण्डकी रामबजारका राजेन्द्र रेग्मीलगायतले पुरस्कार वितरण गरेका थिए। सो क्लबले आफ्नो क्लबबाट खेल्ने पूर्व खेलाडी इश्वर गुरुङ -चन्द्र), विश्व तण्डुकार, नवीन पुन, उज्वल रन्जित, दीपु शाही, सन्तोष श्रेष्ठ, फोटो पत्रकार उमेश पुन, किसन अधिकारी, नरबहादुर गुरुङ कारे, गौरव सिंह र जमानसिंह दुरालाई सम्मानपत्रले सम्मान गर्‍यो। यस्तै बेलायतबाट प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्‍याएको भन्दै क्लबले इन्टेक ०६, ०७, ०८ र ०११ व्रिगेड अफ गोर्खाजलाई प्रशंसापत्र प्रदान गरेको थियो।

म·लबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा आयोजक पोखरा भ्याली पहेँलोले संगम क्लब बीलाई ३-१ ले पराजित गर्‍यो भने अर्को खेलमा रन्जन स्मृति हिमशिखर स्पोर्टस् क्लब लामाचौरले लेकसाइड क्लबलाई ४-२ ले हरायो।

यसैबीच २५ वर्षमाथि उमेर समूहको मैत्रीपूर्ण भेट्रान्स सेभेन-ए -साइड फुटबलमा पोखरा ११ ले ड्यामसाइड क्लबलाई २-० ले पराजित गर्‍यो।उसले नगद १५ हजार प्राप्त गर्‍यो।मैत्रीपूर्ण सेभेन-ए-साइड फुटबलमै पोखरा भ्यालीको अफिसियलले सराङकोट एफएफलाई ३-१ ले पराजित गर्‍यो।

क्लबका अध्यक्ष क्याप्टेन थमनसिंह थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि एन्फा केन्द्रीय सदस्य गणेशबहादुर भट्टराई, क्लबका संस्थापक अध्यक्ष इन्द्रकुमार सिन्हा, स्वर्गीय अमनका बाबु यमन गुरुङ, उपाध्यक्ष खेम गुरुङ, सदस्य ज्ञान थापालगायतले बोलेका थिए।

जेठ १ गतेबाट सञ्चालन भएको उक्त प्रतियोगितामा ४८ टीमको सहभागिता रहेको थियो।

पार्टीप्रवेशलाई व्यवस्थित बनाउन एमालेको कार्यदल गठन
पोखरा, ७ जेठ।नेकपा एमालेगण्डकी अञ्चल समन्वय कमिटीले पार्टीप्रवेश अभियानलाई व्यवस्थित बनाउन कार्यदल बनाएको छ। पार्टीको २५ औं बैठकले वैकल्पिक पोलिट्ब्यूरो सदस्य एवं अञ्चल संयोजक खगराज अधिकारीको संयोजकत्वमा कार्यदल बनाएको हो।

पार्टीप्रवेशको अभियानलाई अञ्चलभित्र व्यवस्थित गर्न बनेको समितिको सहसंयोजकमा केन्द्रीय सदस्य टुका हमाल, सदस्यहरूमा केन्द्रीय सदस्यहरू तुलबहादुर गुरुङ, टुकराज सिग्देल, चुडामणि जंगली, जगत विश्वकर्मा, एकबहादुर राना र सदस्य सचिवमा अञ्चल सचिव मायानाथ अधिकारी रहेका छन्।

कार्यदलले अञ्चलमा रहेका जिल्लाहरूका अध्यक्ष, अञ्चल कमिटी सदस्यसमेत रहेको टिम बनाएर कामलाई व्यवस्थित निर्णय गरेको अञ्चल सचिव अधिकारीले जानकारी दिए।

संविधानसभाको निर्वाचनलाई पार्टीपरिचालन अभियान २०७० मा खटिएका मुल अभियान्तालाई पूरै सघाउने गरी सहअभियान्तालाई एक महिनासम्म तोकिएको ठाउँमा खटाउने निर्णय गरेको छ।

जेठ २१ गते छुवाछूतमुक्त राष्ट्र घोषणा भएको दिनको सर्न्दर्भमा जातीय विभेद तथा छुवाछूतमुक्त उन्मूलन राष्ट्रिय दिवसलाई संविधानसभा निर्वाचनको लागि पार्टीपरिचालनको अभियान २०७० को सिलसिलामा जिल्ला जिल्लामा विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ।

बैठकले अञ्चल सदस्य एकबहादुर रानालाई केन्द्रीय कमिटीको वैकल्पिक सदस्यमा मनोनयन भएकोमा बधाई ज्ञापन गरेको छ।

बैठकले तनहुँ जिल्ला कमिटीले हरिराज कँडेल (राम्जाकोट), रामचन्द्र उपाध्याय (खैरेनीटार), रुद्रप्रसाद पौडेल (थप्रेक), थम आले (राईपुर) लाई जिल्ला कमिटीको सदस्यमा र कृष्णप्रसाद अधिकारीलाई वैकल्पिक सदस्यमा मनोनयन गर्ने निर्णयलाई अनुमोदन गरेको छ।

सुनको मूल्यमा रु. एक हजार ६०० ले वृद्धि
काठमाडौँ, ७ जेठ। केही सातादेखि क्रमिक रूपमा घट्दै आएको सुनको मूल्य म·लबार हृवात्तै बढेको छ। नेपाली बजारमा छापावाल सुन -पहेलो बहुमूल्य धातु)को मूल्य प्रतितोलामा रु. एक हजार ६०० ले वृद्धि भई रु. ५० हजार ३०० कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबार सुन प्रतितोला रु. ४८ हजार ७०० मूल्य निर्धारण गरी बजारमा कारोबार भएको जनाएको छ।

त्यसैगरी महासङ्घले आज तेजावी सुनको मूल्य प्रतितोला रु. ५० हजार ५० मूल्य निर्धारण गरेको छ। सोको मूल्य सोमबार रु. ४८ हजार ४५० मा कारोबार भएको थियो।असली चाँदीको मूल्यमा पनि प्रतितोला रु ३५ ले वृद्धि भई प्रतितोला ८६५ कायम भई कारोबार भएको महासङ्घले जनाएको छ। महासङ्घले आइतबारदेखि शुक्रबारसम्म सुन तथा चाँदीको मूल्य निर्धारण गर्ने गर्दछ। महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि आएको र त्यसको प्रभावले नेपालमा पनि अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा वृद्धि आएको बताए।

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा अघिल्ला दिन प्रतिऔँस एक हजार ३४५ अमेरिकी डलर रहेकामा आज प्रतिऔस ५० अमेरिकी डलरले वृद्धि भई एक हजार ३९५ अमेरिकी डलर कायम रहेको छ। प्रतिऔँस ३१ ग्राम सुन हुने गर्दछ। रासस

महायज्ञमा सहयोग जुटाउन सहयोग समिति गठन तीव्र
पोखरा, ७ जेठ।नौलो घुम्ती नेपालले पोखरामा आयोजना गर्न लागेको श्रीमद्भागवत् विराट ज्ञान महायज्ञमा सहयोग जुटाउन सहयोग समिति गठन कार्यलाई तीव्र पारिएको छ।

महायज्ञका लागि पोखराका विभिन्न वडा र गाविसमा प्रत्यक दिनजसो भेला गरी सहयोग समिति गठन कार्यलाई तीव्र पारिएको हो।

यसैक्रममा कास्कीको हेमजामा सम्पन्न भेलाले विष्णु श्रेष्ठ संयोजक र गङ्गा अधिकारी सहसंयोजक रहेको एक सय ५१ सदस्यीय सहयोग समिति गठन गरेको छ।

भेलामा सहभागी आमा समूह, टोल विकास संस्था, क्लबका प्रतिनिधिहरूले महायज्ञलाई सफल बनाउन सहयोग गर्ने र महायज्ञमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेलामा नौलो घुम्तीका अध्यक्ष पदमराज पहारी, महायज्ञ मूलआयोजक समितिका संयोजक मेहरमान श्रेष्ठ, कार्यकारी निर्देशक रामप्रसाद ज्ञवाली र वित्त तथा प्रशासकीय अधिकृत नारायणप्रसाद पौडेलले महायज्ञको उद्देश्यबारे जानकारी गराउँदै हेमजाबासीलाई महायज्ञमा सहभागी हुन चूलै निम्तो दिएका छन्।

कार्यक्रममा लागुपदार्थ तथा एचआईभी एड्स नियन्त्रण तथा रोकथाम समिति हेमजाका अध्यक्ष गोपालनन्दन गिरी र एमएसडियोका निर्देशक कृष्णबहादुर कुँवरले बोलेका थिए।

त्यसअवसरमा नौलो घुम्तीद्वारा तयार पारिएको लागुपदार्थ तथा एचआईभी नियन्त्रण र रोकथामसम्बन्धी जनचेतनामूलक वृत्तचित्र उज्यालोको खोजी प्रदर्शन गरिएको थियो।

म·लबार नै पोखरा उप-महानगरपालिका वडा नं  ५ मा सम्पन्न भेलाले कालिका थापाको संयोजकत्वमा एक सय एक सदस्यीय सहयोग समिति गठन गरेको छ।

भेलामा बोल्दै टोल विकास संस्था पोखरा नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्री र लागु पदार्थ तथा एचआईभी एड्स नियन्त्रण तथा रोकथाम समिति पोखरा-५ का अध्यक्ष मोहन कोइरालाले महायज्ञलाई सफल बनाउन आफूहरू पनि लाग्ने र अरुलाई पनि आव्हान गर्ने बताए।

भेलामा नौलो घुम्तीका अध्यक्ष पदमराज पहारीले सबै वर्ग र क्षेत्रबाट महायज्ञलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएकाले आफूहरू उत्साहित भएको बताए।

भेलामा महायज्ञ मूलआयोजक समितिका संयोजक मेहरमान श्रेष्ठ, कार्यकारी निर्देशक रामप्रसाद ज्ञवाली, वित्त तथा प्रशासकीय अधिकृत नारायणप्रसाद पौडेल र कार्यक्रम संयोजक मना ज्ञवालीले बोलेका थिए।

लागुपदार्थ परामर्श तथा पुनस्र्थापना केन्द्र निर्माण, गरिब, विपन्न, अशक्त, असहायका लागि निःशुल्क आवासीय उपचार सेवा र पोखराको धार्मिक तीर्थस्थल सीतापाइलाको संरक्षण र सर्म्वर्द्वन गर्नका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो।

पोखराको ड्यामसाइडमा हुने महायज्ञमा युवापण्डित दीनबन्धु पोखरेल प्रमुखवाचक रहने छन्।

ताओको सत्यता टीका ग्रहण कार्यक्रम
पोखरा, ७ जेठ।ताओ एशोसिएसन अफ नेपालको आयोजनामा पोखरा-७ मा ताओ सत्यता टीका ग्रहण कार्यक्रम म·लबार सम्पन्न भएको छ।

अन्नपूर्ण सामीप्य महिला समूह पोखरा-७ को पहलमा आयोजना भएको उक्त कार्यक्रममा २० महिला तथा एकजना पुरुषले उक्त टीकाग्रहण गरेका थिए।

कार्यक्रममा एसोसियसनका उपाध्यक्ष दीपकलाल पराजुली र कोषाध्यक्ष प्रकाश भट्टराईले टीका प्रदान गरेका थिए।

ताइवान ताओका सिनियर गुरु चाओ सिङचिङयोङले मानिस असल र राम्रो कर्म गर्‍यो भने स्वयं भगवान बन्न सक्ने कुरामा जोड दिए।

असल बन्नका लागि चुरोट, खैनी, मादकपदार्थ, जुवातासजस्ता दुर्र्व्यसनी सेवन नगर्नुका साथै हिंसा नगर्ने, शाकाहारी बन्ने र आफ्ना वचनलाई संयमित बनाउनेलगायतका असल कर्म गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

उनले ताओ टीका ग्रहणमा भाग लिएर कुनै धर्म परिवर्तन गर्नुनपर्ने र सत्यताको बोध तथा असल कर्मको बाटोमा स्वयंलाई चिनाउनका लागि उक्त कार्यक्रम गरिएको जनाए।

कार्यक्रममा सम्पूर्ण धर्म गुरुले भनेका कुरा असल भएको भन्दै मानिसले व्यवहारमा उतार्नुपर्ने कुरामा जोड दिएका थिए। कार्यक्रममा सड्ढलित १५ सय रुपैयाँ संस्थाका कोषाध्यक्ष कोशल्या थापा र संस्थाका अध्यक्ष गीता विष्टलाई हस्तान्तरण गरिएको थियो।

फोटो गोकुल जोशीको : संरक्षण गुरुङ र साहनीको
वि.सं. १९८७ सालमा तनहूँ जिल्लाको राईपुर गाउँमा जन्मिएर वि.सं २०१८ सालमा झापाको घैलाडुवामा दिवङ्गत हुन पुगेका कवि गोकुलप्रसाद जोशी पुग नपुग ३१ वर्षको आयु बाँच्न पाएका रहेछन्, तैपनि नेपाली साहित्यिक जगत्मा यिनी जनकविका रूपमा प्रख्यात भइसकेका छन्। नेपाली जनज्रि्रामा र नेपाली साहित्यमा उनी जनकवि गोकुल जोशी नामबाट चिनिएका छन्। उनी वि.सं २००७ सालको वरपरको समयदेखि मात्र नेपाली साहित्यिक क्षेत्रमा चिनिँदै आएका हुन्। उनका रचनाहरू उनकै जीवनकालमा छापिँदै आएका हुन्। उनको जीवन अवधिमा जे जति रचनाहरू छापिन सम्भव भए, तीमध्ये केही रचना अन्य साहित्यप्रेमी महानुभावको आत्मिक सहयोगबाट पनि प्रकाशित भएका छन्। परन्तु ती प्रकाशित कृतिहरूमा उनको वास्तविक फोटो छापिन नपाएको स्थितिलाई भने विडम्बना नै भन्नुपर्ने हुन्छ। हालसम्म उनको एक प्रकारको मात्र फोटो उपलब्ध छ। जाडो मौसममा लगाइने टोपीसहितको त्यस फोटोमा अध्यावधि माल्यार्पण गरिन्छ, यसै अनुरूप प्रत्येक वर्षका उनका जन्मोत्सवका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

वि.सं. २०६९ को चैत्र महिनाको सुरुमै विशेष कामको सिलसिलामा यो पंक्तिकार तानसेन पाल्पाको बाटो हुँदै बुटवल पुग्नुपरेको थियो। यसपटक लामो समयपछि साहित्यकार दिल साहनीसँग भएको व्यक्तिगत भेटघाट पनि स्मरणीय हुन पुगेको छ। साहनी गल्कोट बागलुङमा जन्मिएका र शिलाङ् आसाममा बसेर अङ्रग्रेजीमा एम.ए. र कानूनमा स्तानक शिक्षा आर्जन गरेपछि नेपाल फर्किआएका व्यक्ति हुन्। हाल बुटवल निवासी गल्कोटे साहनी त्रिभुवन विश्वविद्यालयको सेवाअन्तर्गत अङ्ग्रेजी विषयको सह-प्राध्यापक पदबाट निवृत्त भइसकेका छन्। आसाममा अध्ययन गर्दै जाँदा उनी वामपन्थी नेता पुष्पलालसँग परिचित हुन पाएका रहेछन्। वामपन्थी विचारधारको सैद्धान्तिक आस्था समान भएकै कारण पनि पुष्पलाल श्रेष्ठ र दिल साहनीका बीचमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा पत्राचार हुने गरेको यथार्थलाई साहनीले कुनै बखत पत्रपत्रिकाकै माध्यमबाट जानकारी गराएका पनि थिए।

यसपटक मैले थाहा पाएँ : दिल साहनीले धनकुटा जिल्ला निवासी सत्रबहादुर गुरुङ र पर्वत जिल्ला फलामखानी गाविसका शेरबहादुर गुरुङसँगको आपसी चिनजान र स्वदेश/विदेशको भेटघाटको आधारमा जनकवि गोकुल जोशीको फोटो फेला पारेछन्। उक्त फोटो प्राप्त गरेपछि उनले ‘शब्द-दूत’ भन्ने साहित्यप्रधान अर्धवाषिर्क पत्रिकामा ‘जनकवि गोकुल जोशीलाई खोज्दै जाँदा’ शीष्ाकको लेख छपाएका रहेछन्। त्यस साहित्यिक पत्रिकाको आवरण पृष्ठमा गोकुल जोशीको फोटो पनि सजाएका रहेछन्। त्यो फोटो देहरादुन -भारत) मा वि.सं. २०११ सालतिर खिचिएको रहेछ।

कवि जोशीसहित पाँच जना साथी उभिएर खिचिएको संयुक्त फोटो भित्री पृष्ठमा रहेछ। त्यस फोटोमा बायाँबाट क्रमशः गोकुल जोशी, टेकबहादुर थापा, कलानिधि अधिकारी, शेरबहादुर गुरुङ र मोहनसिंह थापा उभिएका देखिन्छन्। तेस्रो स्थानमा उभिएका शेरबहादुर गुरुङ (१९८६-) हाल ८४ वर्षको हाराहारीमा छन्। साहनीको भनाइअनुसार उनी रूपन्देही बुटवलका स्थायी निवासी भइसकेका छन्। युवा अवस्थामा उनले  गोकुल जोशीको ‘एसियाको फूलबारी’ नामक कविता सङ्ग्रहको प्रकाशन कार्यमा पनि सहयोग पुर्‍याएका रहेछन्। यस्ता महत्त्वपूर्ण कवि र साहित्यसेवीहरूको फोटोको संरक्षण शेरबहादुर गुरुङले नै गरेका रहेछन्। ‘उनीसँग यो फोटो हालसम्म मौजूद छ’ दिल साहनी भन्दछन्। उनी अझै भन्छन्-

‘मैले र मसँगै गएका मेरा मित्र दुर्गाप्रसाद अधिकारीले शेरबहादुर गुरुङका देहरादूनका विद्यार्थीकालका फोटा, उनले लेखेका पुस्तक आदि वल्र्टाई-पल्र्टाई हेर्‍यौं। तर पनि हाम्रो रुचिको प्रमुख विषय गोकुल  जोशीको फोटो नै थियो। फोटो सामूहिक थियो। हामीले यस फोटोलाई आँखा गाडी गाडी हेर्‍यौं। मैले गोकुल जोशी बारेको लेख छापेर फोटो फर्काउने सर्तमा त्यसलाई प्राप्त गरेँ। मलाई थाहा छैन? गोकुल जोशीको उक्त फोटो कतै प्रकाशित भएको छ/छैन। यदि कतै प्रकाशित छ भने पनि यस फोटोलाई हामीले एउटा उपलब्धि नै ठान्नुपर्दछ।’

दिल साहनीले त्यस मौलिक फोटोबाट अर्को फोटो खिचाएर राखेका रहेछन्। उनले त्यस संयुक्त फोटोबाट गोकुल जोशीको मात्र छुट्टै फोटो बनाउन लगाएका पनि रहेछन्। साहनीको साथमा उक्त संरक्षित फोटो देखेर यस पंक्तिकारले पनि त्यसै फोटोबाट अर्को दुर्इप्रति खिचाएर आफ्नै साथमा ल्याएको छ। एकप्रति फोटो पोखराका प्रसिद्ध कलाकार यादव भुर्तेलका हातमा सौगातस्वरूप दिइएको छ। दुर्लभ फोटाहरू संरक्षण गर्न रुचि राख्ने देश विदेशका जनुसुकै व्यक्तिलाई उनले यस्ता फोटाहरू उपलब्ध गराउन सक्दछन्। तसर्थ नै गोकुल जोशीको फोटो पनि भावी पुस्ताका लागि संरक्षित रूपमा रहन सकोस् भन्ने सद्भावका साथ कलाकार भुर्तेलजीका नजरमा पुर्‍याइएको हो। अकोर्प्रति फोटो ‘गण्डकी साहित्य संगम’ नामक साहित्यिक संस्थालाई संरक्षणार्थ जिम्मा लगाउने सोच रहिरहेको छ।

दुर्लभ ठानिएका वस्तुलाई संरक्षणको आवश्यकता पर्दछ। संरक्षणको अभावमा असाधारण चिजहरूको छोटो समयमै ह्रास हुन सक्दछ। असावधानीका कारण कहिलेकाहीँ तिनको अस्तित्व समेत मेटिएर जान सक्दछ। हाम्रा सामान्य विवेकले पनि कहिलेकाहीँ संरक्षणका सवालमा महत्त्वपूर्ण दायित्व वहन गरिरहेको हुन सक्दछ। हाम्रो विवेकले हामीलाई लुकेछिपेको वस्तुलाई उजागर गराउन प्रेरित गर्दछ। अहिलेको प्रस·मा तीनजना व्यक्तिको विवेकपूर्ण व्यवहारलाई उदाहरणस्वरूप लिन सकिन्छ। पहिलो व्यक्तिका रूपमा नेपालको पूर्वी भाग धनकुटाबाट ओह्रालो लाग्दै मेघालय, शिलाङ् पुगेर जीविका चलाइरहेका सत्रबहादुर गुरुङलाई लिन सकिन्छ। यिनले दिल साहनीलाई बुटवलमा बसोबास गर्ने शेरबहादुर गुरुङको सम्झना सुनाइरहँदा रहेछन्। उनीसँग नाता सम्बन्ध रहेको कुरा पनि प्रत्येक पटकको भेटमा उनले सम्झाउँदा रहेछन्। यसैकारण शेरबहादुर गूरङको सम्झना दिल साहनीको मुटु र मस्तिष्कमा गाढा रूपमा खेल्दोरहेछ। सत्रबहादुर गुरुङको व्यवहार र बोली वचनका कारण बुटवल आइपुग्दा साहनीको विवेकले पनि उनीसँग भेटघाट हुनपाए हुन्थ्यो भन्ने अवसरको खोजी गदोर्रहेछ। संयोगवश एक दिन दुवैका बीच परिचय हुने अवसर जुटेछ। अनि चर्चा चलेछ, धर्मको, राजनीतिको, गोकुल जोशीको र उनका फोटाहरूको। यस्तो परिवेशका कारण शेरबहादुर गुरुङको कोठामा सीमित रहेको गोकुल जोशीको थप विवरण र फोटो बाहिर आउन सम्भव भएको रहेछ। धन्यवाद छ परिचयका खातिर दिल साहनीलाई घच्घच्याइरहने सत्रबहादुर गुरुङलाई, धन्यवाद छ प्रगतिशील भावनालाई सजीव राख्न सहयोग पुर्‍याउने  र जनकविको फोटो संरक्षण गर्ने शेरबहादुर गुरुङलाई र अन्त्यमा धन्यवाद छ नेपाली जनजीवनका मर्मस्पर्शी व्यक्ति दिल साहनीलाई, जसले भ्रमपूर्ण शैलीबाट संप्रेषण गरिएका समसामयिक विषयवस्तुलाई नेपाली जनज्रि्रोको भाषा र शैलीका माध्यमबाट जनता समक्ष स्पष्ट पारिरहन्छन्।

अन्तमा हामीले बुझ्नुपर्दछ, गोकुल जोशीको फोटोको मात्र संरक्षण भएर पुग्दैन, गोकुल जोशीका साहित्यिक रचनाहरूको पनि संरक्षण गरिनुपर्दछ। हामीले बुझ्नुपर्दछ प्रत्येक युगमा लेखन कलाको महत्त्व रहिरहन्छ, प्रत्येक युगमा साहित्यको महत्त्व रहिरहन्छ। साहित्यको माध्यमबाट हामीहरू परस्पर आदानप्रदान गरिरहन्छौं। ‘गहन साहित्य सागर जत्तिकै गहिरो हुन्छ’ भन्ने गर्दछौं। गहन एवं ग्रहणयोग्य अन्य भाषाका कृतिलाई हामी हाम्रो भाषामा अनुवाद गर्न/गराउन चाहन्छौं। अनि हाम्रो भाषाअन्तर्गत गहन ठानिएको कृतिलाई पनि अन्य भाषामा अनूदित भइदेओस् भन्ने आकांक्षा राख्दछौं। गोकुल जोशीका कृतिहरूलाई पनि नेपाली समाजमा अरू बढी व्यापक गराउँदै अन्य भाषिक समुदायमा समेत अनूदित गराउन सक्नुपर्दछ। यस्तो कार्यबाट मात्र महत्त्वपूर्ण साहित्यिक कृतिहरूको संरक्षण भइरहन्छ। यसप्रकार हामी साहित्यको माध्यमबाट एक किनारबाट अर्को किनारमा पुग्ने गर्दछौं। हामी वारिका मान्छेहरू पारि पुग्छौं। वर्तमानका हामीजस्तै हाम्रा भावी पुस्ताहरू पनि यसरी नै पारिबाट वारि र वारिबाट पारि गरिनै रहनेछन्। पुराना पुलहरू भत्किएर ह्रास हुँदै जाँदा नयाँ पुलहरू बन्ने छन्। अनि परस्पर सम्बन्धका (मानवीय सम्बन्धका) नदीहरू बगिरहनेछन्।