सम्पादकिय

उम्मेदवारीका लागि कार्यकर्ता काठमाडौंमा

१. राजनीतिक पार्टीहरूको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा र शीष नेताहरूको घरमा राजनीतिक कार्यकर्ता हप्तौंदेखि धाइरहेको समाचार बराबर आउने गरेका छन्। ती कार्यकर्ता आगामी संविधानसभाको निर्वाचनमा आफनो उम्मेदवारी सुनिश्चित गर्न राजधानी गएका हुन्। त्यसरी जाने कार्यकर्तामा काङ्ग्रेस, एमाले र एकीकृत माओवादीका अत्यधिक रहेका छन्। २. त्यसरी त्यहाँ कार्यकर्ता आफै मात्र गएका होइनन्, आफनो उम्मेदवारीको लागि बल दिन सक्ने अरु कार्यकर्ता पनि उनीहरूले… पुरा पढौ

राजदूत शर्माको राजीनामा

१. एकीकृत माओवादीले आफ्नो सिफारिसमा कतारका लागि राजदूत बनाइएकी मायाकुमारी शर्मालाई राजीनामा गराउने निर्णय गरेको छ। एमाओवादी पार्टीको त्यो निर्णयले परराष्ट्र क्षेत्रमा काम गर्ने धेरैले सन्तोषको सास फेरेका छन्। त्यसको साथै कतारमा रहेबसेका नेपालीहरूले पनि अब राजदूतावासले आफ्नो दुःखकष्ट सुन्ला भन्ने आशा गरेका छन्। २. राजदूत मायाकुमारी शर्मा कतार गएकी एक डेढ वर्ष भएको छ। उनी कतार जाँदादेखि नै विवादास्पद… पुरा पढौ

भारतीय मिचाहापनको नमुना

१. भारतले धेरैपटक मिचाहापनको प्रदर्शन गरेको छ। नेपालले समयमै त्यसको जवाफ नदिएपछि त्यसले आफ्नो मिचाहापनको बराबर पुनरावृत्ति गर्ने गरेको छ। अहिले हालै भारतीय प्रहरीहरू बर्दीका साथ हतियार लिएर नेपालमा पसी बर्दीया जिल्लाको गुलरीया-८ को एक घरमा खानतलासी लिएको समाचार आएको छ। २. भारतीय प्रहरीहरू नेपाल प्रहरीलाई पत्तै नदिई बर्दी र हतियारसहित आएर गुलरिया-८ मञ्जुरप्रसाद श्रेष्ठको घरमा अपराधी लुकेको छ भन्दै… पुरा पढौ

सानो कुराको लागि ठूलो मूल्य

१. उच्चस्तरीय राजनीतिक समिति र नेकपा-माओवादी नेतृत्व मोर्चाबीच कुरा नमिलेपछि यहाँ चिन्ता छाएको छ। ती दुवै पक्षले सहमति हुन नसकेकोमा एकले अकोर्लाई दोष दिन थालेका छन्। तर राष्ट्रपति डा. रामवरण यादवले ती दुर्इलाई अझै मिलाउने प्रयास गर्ने बताएका छन्। २. नेकपा-माओवादी पार्टीको नेतृत्वको मोर्चाले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने र निर्वाचन सार्नुपर्नेलगायतका अडान राखेको छ। उच्चस्तरीय राजनीतिक समितिले… पुरा पढौ

नेताहरू सुरक्षित क्षेत्रको खोजीमा

१. संविधानसभाको चुनाव नजिकै आएको छ। त्यो चुनावको लागि उम्मेदवारी दिने दिन पनि अब ८/१० दिन मात्र बाँकी छ। हिजो मत्ता हस्ती जसरी हिँडेका नेताहरू अहिले चुनाव नजिक आएपछि आत्तिन थालेका छन्। उनीहरू चुनावमा आफू कहाँबाट उठ्ने, आफ्नो लागि कुन क्षेत्र सुरक्षित होला भनी भौतारिन थालेका छन्। २. वास्तवमा विगत चार वर्ष नेताहरू मत्ता हात्तीजस्तै भए। उनीहरूले जनताका नाममा आफूले… पुरा पढौ

गल्ती दोहोर्‍याउनु हुँदैन

१. चुनाव नजिक आएअनुसार राजनीतिक पार्टीका नेताहरू जनतासमक्ष आउन थालेका छन्। त्यसरी जनतासमक्ष आउन थालेपछि उनीहरूले कहिले हिजो संविधान बनाउन नसकिएको दोष अरु पार्टीकाथि यो पार्ने प्रयास गरेका छन् भने कहिले हिजोको गल्ति सच्याएर अघि बढ्ने प्रतिवद्धता दोहोर्‍याउने गरेका छन्। २. दोष अरुमाथि थोपार्नु त साधारण कुरा भयो। तर के दोष अरुमाथि थोपारेर आफू चोखो रहन सक्छ - उनीहरूको आफू… पुरा पढौ

पार्टीहरूलाई अन्तिम अवसर

१. राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार शीतल निवासमा संविधानसभा चुनावका लागि राष्ट्रिय सहमति जुटाउने उद्देश्यले बोलाएको सर्वदलीय बैठकले राजनीतिक पार्टीरूलाई नजिक ल्याउन सघाउ पुर्‍याएको छ। हिजो वैद्य पक्षधरहरू चुनावमा आउँदैनन् भन्नेहरू अहिले यस पार्टीकारे सकारात्मक देखिएका छन्। २. वैद्य पक्षीय नेकपा-माओवादीलगायतका दल पनि हिजोभन्दा केही नरम भएको जस्तो छ। चावटा माग राखी वार्तामा आएका छन्। उनीहरूले चुनाव चैतमा सार्नुपर्ने, मन्त्रिपरिषद्… पुरा पढौ

अफगानिस्तान साफ च्याम्पियन

१. काठमाडौंमा भएको साफ स्तरीय फुटबल खेलमा भारतलाई २-० ले हराएपछि अफगानिस्तान यहाँ चर्चाको शिखरमा पुगेको छ। जताततै अफगानिस्तान र त्यसका खेलाडीहरूका सम्बन्धमा चर्चा र छलफल भई रहेको छ। पहिलो पटक अफगानिस्तानले त्यो उपाधि जितेको हो। करिब १० वर्ष पहिले साफ प्रतियोगितामा सम्मिलित भएको त्यसको यो सफलताले एउटा इतिहास कायम गरेको छ। २. साफस्तरीय फुटबल खेलमा पाँच पटक भारतले जितेको… पुरा पढौ

रेग्मीको राष्ट्र सङ्घको यात्रा

१. अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी चुनावको संवेदनशील समयमा संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन जान लागेको कुरा विवादित बनेको छ। देशको यस्तो संवेदनशील बेलामा देश छोडेर बाहिर नजान उनलाई धेरैले दबाब दिँदैछन्। तर उनी भने गएरै छोड्ने मनस्थितिमा पुगेका छन्। २. राष्ट्र सङ्घको महासभा देशको प्रतिनिधित्व गरी जाने प्रतिनिधि मण्डलको नेतृत्व गर्नु निश्चय नै एउटा इतिहास हो। अवसर हो।… पुरा पढौ

बुद्ध नेपालमा जन्मेका हुन्

१. भारतको जी टीभीले 'बुद्ध’ नामक फिल्म प्रदर्शन गर्ने क्रममा बुद्ध भारतमा जन्मेका हुन् भनेपछि नेपालमा त्यसको तीव्र प्रतिक्रिया निस्केको छ। कतै त्यसको विरोधमा जी टीभी नै बन्द गरे भने कतै भारतीय दुतावास सामु गएर विरोध गरे। तर यसपटक त्यो भ्रमको खेती धेरै समय टिकेन। फिल्मका निर्माताहरुले भूल सच्चाएर तुरुन्त माफी मागे। २.     यस्तो घटना भएको यो पहिलो होइन। यसअघि… पुरा पढौ