सम्पादकिय

अम्बरेश्वर आश्रम सहयोगको पखाईमा

१. कास्की जिल्लाको पुरुन्चौर गाविसस्थित काउरेमा वि.सं. १९६६ सालमा स्र्वर्गद्वारी प्रभुको स्मृतिमा स्थापित शिवालय छ। ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको त्यस धार्मिक स्थलमा धेरै मठमन्दिर एवं स्मारक रहेका छन्। त्यसको नजिकै १००८ स्वामी डा. रामानन्द गिरीले २०५८ सालमा स्थापना गरेको अम्बरेश्वर सन्यास आश्रम छ। २. अम्बरेश्वर सन्यास आश्रम परिसरमा स्वामीको एक आश्रम छ भने त्यसको अगाडि पूर्व-पश्चिम लम्बिएको प्रवचन मण्डप… पुरा पढौ

पोखरामा पर्यटन विश्वविद्यालय

१. पोखरामा शुक्रबार सम्पन्न एक कार्यक्रममा पर्यटन विश्वविद्यालयको कुरा उठेपछि धेरै पोखरेलीले पर्यटन विश्वविद्यालयका सम्बन्धमा सोधखोज गर्न थालेका छन्। पर्यटन विश्वविद्यालय कस्तो हुन्छ, कसरी सञ्चालन हुन्छ आदि इत्यादि र त्यसको सम्भावनाका बारे धेरैले धेरै प्रश्न गर्न थालेका छन्। २. एबीसी टेलिभिजन पोखरा ब्यूरोको आयोजना र पोखरा उद्योग वाणिज्य सङ्घको सहकार्यमा आयोजित छलफल कार्यक्रममा पर्यटन विश्वविद्यालयको चर्चा चलेको हो। त्यस कार्यक्रममा… पुरा पढौ

विश्व सङ्गीत दिवस-२०७०

१. आज विश्व सङ्गीत दिवस। 'जीवनलाई सङ्गीतमय बनाऔं, विश्व सङ्गीत दिवस २०७० भव्य रूपले मनाऔं’ भन्ने मूल नाराका साथ आज विश्वभर सङ्गीत दिवस मनाउने कार्यक्रम छ। १३ वर्ष पहिले यो दिवस मनाउने चलन नेपालमा भित्रिएको हो भने १० वर्ष पहिलेदेखि पोखरामा यो दिवस मान्ने गरिएको छ। २. नेपालमा पहिलोपटक फ्रेन्च कल्चर सेन्टरको सहयोगमा सांस्कृतिक संस्थानले यो दिवस मनाएको थियो। फ्रान्समा… पुरा पढौ

मनसुनको पहिलो प्रकोप

१. यसपटक समयमै मनसुन सुरु भएकोमा एकातिर कृषकहरू खुशी भएका छन् भने अर्कोतिर मनसुनका कारण महाकाली नदीमा आएको भीषण बाढीले दार्चुला, बैतडी, डडेलधुरालगायतका जिल्लामा ठूलो क्षति भएको छ। खास गरेर महाकालीको बाढीले दार्चुलाको सदरमुकाम खलंगा बजारका घर र टहरा बगाएर धेरै भौतिक क्षति गरेको छ। २. मनसुनको पूर्व सन्ध्यामा जेठको तेस्रो साता देशको सबभन्दा पूर्र्वी जिल्ला ताप्लेजुङको थुम्कीबाट गाविसमा पहिरो… पुरा पढौ

न्यायाधीश र उसको मूल्य-मान्यता

१. नवनियुक्त केही न्यायाधीशहरु सपथ ग्रहणलगत्तै एमालेका नेताहरुलाई भेट्न एमाले पार्टीको मुख्यालय बल्खुमा पुगेको समाचार सम्प्रेषण भएपछि त्यसले नयाँ विवाद जन्माएको छ। त्यसरी बल्खु पुगेका न्यायाधीशहरु एमालेका कोराबाट न्यायाधीश भएको बताइएको छ। उनीहरुले पार्टीका हाइकमाण्डलाई कृतज्ञता ज्ञापन गरेको समाचार उल्लेख छ। २.     न्यायीक एवं कानुनी क्षेत्रमा काम गरेका योग्य व्यक्तिहरु न्यायाधीश हुन सक्दछन्। राजनीतिमा भागवण्डाको खेल चलेको बेलामा त्यो खेल… पुरा पढौ

गोरखा भर्तीकेन्द्रको औचित्यमाथि प्रश्न

१. गोरखा भर्ती केन्द्रका कारण आदिवासी जनजातिका ग्रामीण बस्ती मानवविहीन हुन गई मौलिक संस्कृति समेत लोप हुन गएको छ। गोरखा एकेडेमिक फोरम नेपाल नामक संस्थाले कास्कीको पर्यटकीय गुरुङ गाउँ घान्द्रुकमा शुक्रबार आयोजना गरेको गोष्ठीमा उक्त निचोड निकालिएको हो। २. गोरखा भर्तीको सांस्कृतिक असर विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले आदिवासी जनजाति बस्ती खण्डहर समेत भएकाले गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने… पुरा पढौ

देउवाको भारत भ्रमण

१. पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको ६ दिने भारत भ्रमणको महत्त्वपूर्ण कुरा पूरा भएको छ। उनले काङ्ग्रेस नेतृ सोनिया गान्धी र भारतका प्रधानमन्त्री मनमोहन सिंहलगायतका महत्त्वपूर्ण नेताहरूलाई भेटेका छन्। उनले आपसी हितका विभिन्न कुरा गरेका छन्। २. देउवाको भ्रमण एकीकृत माओवादी अध्यक्ष पुष्कमल दहालपछि भएकोले राजनीतिका विश्लेषकहरूले ती दुर्इ भ्रमणलाई तुलनात्मक रूपमा हेर्ने गरेका छन्। त्यसरी… पुरा पढौ

भारतको भाजपामा खैलाबैला

१. भारतको संसद्मा प्रमुख प्रतिपक्षी दल रहेको भारतीय जनता पार्टीका खैलाबैला मच्चिएको छ। भारतीय जनता पार्टीका शीर्ष नेता लालकृष्ण आडवाणीले पार्टीको विभिन्न पदबाट राजीनामा दिएपछि त्यो पार्टीका खैलाबैला मच्चिएको हो। उनको राजीनामा फिर्ता गराउन पार्टीका वरिष्ठ नेताहरू लागिपरेका छन्। तर उनले राजीनामा फिर्ता लिन मानेका छैनन्। २. भाजपाका शीर्ष-नेता आडवाणी केही समयदेखि पार्टीका गतिविधिहरूबाट असन्तुष्ट थिए। गोवामा आइतबार भएको कार्यसमितिको… पुरा पढौ

दलितमाथि सुनियोजित आक्रमण

१. रौतहट जिल्लाको पिपरिया दोस्तिया गाविसका दलित समुदायमाथि शुक्रबार राति आफूलाई उपल्लो जातिका बताउने समूहले सुनियोजित आक्रमण गरेका छन्। आक्रमणमा उनीहरुले बस्तीको ८५ वटै घरमा तोडफोड, कुटपिट र लुटपाट गरेका छन्। आक्रमणबाट दलितहरु केही घाइते भएका छन् भने दलितहरुको सामानहरु तोडफोड गरिदिएका छन्। २.     दलितहरु हिन्दूको मन्दिर प्रवेश गरेको विषयमा विवाद भएको बताइएको थियो। विवादकै कारण उपल्लो जातिकाले त्यहाँ त्यो… पुरा पढौ

नागरिक सभाको घोषणा

१. काठमाडौंमा नागरिक समाजमा अग्रजहरूको शनिबार भएको एक भेलाले नागरिक सभा घोषणा गरेको छ। राष्ट्रिय स्वार्थ र सार्वजनिक हितका लागि सरकार, राजनीतिक दल र नीति निर्माण तहमा दबाब दिन र सकारात्मक हस्तक्षेपका लागि संस्कृतिविद् रमेश ढुङ्गेलको नेतृत्वमा नागरिक सभा घोषणा गरिएको छ। २. मुलुकमा अहिले राजनीतिक, सामाजिक तथा शान्ति सुरक्षाको अवस्था नाजुक छ। नागरिकको आत्मसम्मान दिनप्रतिदिन गिर्दै गएको छ। राजनीतिक… पुरा पढौ