सम्पादकिय

आर्थिक विकास गर्ने कुरा

१. देशमा चुनावको हावा चल्न थालेपछि राजनीतिक नेताहरूको बोली फेरिन थालेको छ। केही नेताहरू अर्काे पार्टीबाई आलोचना गर्दैछन् भने कोही राजनीतिका कुरा जनताले सुन्दैनन् भनी आर्थिक विकासको प्रलोभन देखाउन खोज्दैछन्। उनीहरूमध्ये केहीले देशमा आर्थिक क्रान्तिकारी गर्ने र कस्तो हुन्छ भन्ने खाका प्रस्तुत गरेका छैनन्। संविधानसभाको चुनाव सम्पन्न भए यता चार जना राजनीतिक नेताहरू प्रधानमन्त्री भए। आफू प्रधानमन्त्री भएको बेलामा उनीहरूले… पुरा पढौ

चुनावको वातावरण

१. राजनीतिक दलका भरखरै गठित चुनावी मन्त्रिपरिषद्का सम्बन्धमा अनेक शड्ढा-उपशड्ढा व्यक्त गरिरहेकामा सर्वसाधारण धेरैले आर्श्चर्य व्यक्त गरेका छन्। सरकार गठन भएको भर्खरै डेढ महिना पुग्न लागेको छ। सरकारले चुनावका लागि आवश्यक तैयारी गरिरहेको बताएको छ र केही समयभित्र चुनावको मिति तोक्ने कुरा पनि उल्लेख गरेको छ। २. तैपनि नेताहरूले सरकारका विरुद्धमा अहिले नै विषय वमन गर्न थालेका छन्। चार दलका… पुरा पढौ

लोकतन्त्र दिवस सम्पन्न

१. वैशाख ११ गते नेपालको लोकतन्त्र दिवस। आज भन्दा सात वर्ष पहिले आजकै दिनमा लोकतन्त्रको स्थापना भएको थियो। २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलन दोस्रोले लोकतन्त्रको स्थापना गरेकोले यसको ठूलो महत्व छ। तर यसको जति महत्त्व छ भनिन्छ, उत्ति यो दिवस मान्नमा उत्साह र उम· देखिएन। २. २०६२/०६३ को आन्दोलनमा जनताले अपार एकता देखाएका थिए। त्याग गरेका थिए। २०६२/०६३ आन्दोलनका शीर्षनेता गिरिजाप्रसाद… पुरा पढौ

प्रचण्डको सम्पन्न चीन भ्रमण

१. एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्पन्न चीन भ्रमणका उपलब्धि सम्बन्धमा छापाहरुमा अझै टीका-टिप्पणी र समाचार छापिदैछन्। चीनले उनलाई दिएको आतिथ्य सत्कार र उनले चीनका नेताहरुसमक्ष राखेका प्रस्ताव आदिबारे विभिन्न विचार व्यक्त भइरहेका छन्। त्यसरी विचार व्यक्त गर्ने काममा कुटनैतिक व्यक्तिहरु पनि अघि सरेका छन्। २.     चीनले हाम्रा नेताहरुलाई त्यत्ति ठूलो सम्मान दिएकामा हामीले गर्व गर्नुपर्दछ। हाम्रा नेता प्रचण्डले… पुरा पढौ

पूर्व प्रम भट्टराईको आरोप

१. पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्रीत्वकालमा राष्ट्रपति डा. रामवरण यादवले चारपटक सत्ता हत्याउन (कु गर्न) खोजेको आरोप लगाएका छन्। आफू सत्ताबाट बाहिरिएको एक महिनापछि उनले लगाएको त्यो गम्भीर आरोप अहिले राजनीति र सञ्चार क्षेत्रमा चर्चाको विषय बनेको छ। २. उनले राष्ट्रपतिमाथि लगाएको त्यो आरोपलाई राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले टिप्पणी गर्न लायक पनि नभएको भनेका छन्। त्यस्तै उनकै… पुरा पढौ

मुसरर्र्फ पक्राउ

१. पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसरर्र्फर्लाई अदालतले पक्राउ आदेश दिएपछि नेपालमा त्यसको थरिथरिका प्रतिक्रिया व्यक्त भइरहेका छन्। केहीले अदालतले चुनावको मुखमा आएर त्यसरी पक्राउ आदेश दिन नहुने बताउँदैछन् भने कतिपयले त अदालत पनि पूर्वग्रही भएको आशड्ढा व्यक्त गरेका छन्। अदालतले उनलाई उनी राष्ट्रपति छँदा करिब ६ वर्ष पहिले अदालतका न्यायाधीशलाई बर्खास्त गरेको आरोप लगाएको छ। २. पाकिस्तानको अदालतले राजनीतिक नेताहरूमाथि… पुरा पढौ

नयाँ वर्षको शुभकामना

१. आज वैशाख १ गते। विक्रम सम्वत् फेरिने दिन। विक्रम सम्वत् २०६९ हामीबाट बिदा भएर गएको छ र २०७० को आगमन भएको छ। नेपालीहरूले आज नयाँ वर्षको पहिलो दिन विभिन्न कार्यक्रमहरू गरी मनाइरहेका छन्। आज हाम्रो पनि वर्ष फेरिने दिन हो। हाम्रो पनि पहिलो दिन हो। यस अवसरमा हामी हाम्रा सम्पूर्ण पाठक, विज्ञापनदाता, लेखकलगायत सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।… पुरा पढौ

जलस्रोतको विकास र पार्टीको प्रतिबद्धता

१. नेपाल उद्योग वाणिज्य महासङ्घको लामो प्रयासपछि नेपालका राजनीतिक दलहरूले जलविद्युतको विकासमा अवरोध नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्। महासङ्घले आफ्नो ४७ औं वाषिर्क साधारणसभामा त्यो प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको हो। हस्ताक्षर गर्नेमा एमाओवादी, नेपाली काङ्ग्रेस, एमाले, मधेसी जनअधिकार फोरमलगायत छन्। २. घोषणा पत्रमा जलविद्युतलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र घोषणा गर्ने र त्यस क्षेत्रमा बन्द, हडतालजस्ता क्रियाकलापबाट मुक्त गर्ने, आर्थिक… पुरा पढौ

उदाहरणीय महिला प्रधानमन्त्री थ्याचर

१. हृदयघातका कारण सोमबार निधन भएका बेलायतका पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको हिजो राजकीय सम्मानका साथ अत्येष्टि गरियो। उनी लामो समयदेखि स्मरण शक्ति गुम्ने रोगबाट पीडित भएकीले केही समयदेखि कुनै सार्वजनिक समारोह आदिमा सहभागी भएकी थिइनन्। २. महिलाहरू कमजोर हुन्छन्, उनीहरूले राजनीतिक पद सम्हाल्न सक्दैनन् भन्ने बेलामा उनी बेलायतको पहिलो प्रधानमन्त्री भइन्। उनको शासन कस्तो होला, के होला भनी बडो आलोचनात्मक… पुरा पढौ

प्राचीन कपिलवस्तुबारे चिन्ता

१. भगवान गौतम बुद्धले आफ्नो बाल्यावस्थादेखि युवावस्थासम्मको २९ वर्ष बिताएको राजा शुद्धोधनको दरबार भएको प्राचीन कपिलवस्तुबारेको भ्रम चिर्न जनजीवनको विभिन्न पक्ष लागेका छन्। सञ्चारमाध्यमहरुले पनि अब त्यस सम्बन्धमा केही न केही गरेर त्यो भ्रम निवारण गर्ने काममा लाग्नु खुशीको कुरा हो। अहिले ‘न्यूज-२४ ले’ पनि त्यस्तै एक अभियान सञ्चालन गरेको छ। २.     ‘न्यूज-२४ ले’ त्यो भ्रम हटाउन दश लाख जनाको… पुरा पढौ