सम्पादकिय

कुमारका लागि कुटनैतिक प्रयास आवश्यक

१. नेपालका बहालवाला कर्णल कुमार लामालाई बेलायत सरकारले युद्धवादीलाई यातना दिएको अभियोगमा थुनामा राखेर कारबाही गरिरहेको छ। नेपाल सरकारले आफूसँग एक बचन नसोधी त्यसरी एकतर्फी कारबाही अगाडि बढाएकोमा गम्भीर आपत्ति जनाएको छ भने प्रमुख राजनीतिक दलहरूले पनि उत्तिकै चासो र चिन्ता व्यक्त गरेका छन्। २.     प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एउटा स्वतन्त्र र सार्वभौम देशका सैनिक जवानलाई त्यसरी थुनेर कारबाही गर्नु… पुरा पढौ

आज माघे सङ्क्रान्ति

१. आज माघे सङ्क्रान्ति हो। माघे सङ्क्रान्ति नेपालीहरूको सामाजिक एवं सांस्कृतिक पर्व हो। आजको दिनमा धार्मिक तीर्थस्थलहरूमा मेला लाग्छन्। सबै जातजातिका मानिसहरू मेला हेर्न जान्छन्। ठण्डा मौसम सिद्धिएर न्यानो मौसम सुरु हुने दिन भएकोले आजको दिनमा सबैले रमाइलो मान्छन् र सबैको मुहार हँसिलो हुन्छन्। २. ठण्डा मौसम सिद्धिएर न्यानो मौसम सुरु भएको दिन भएकोले चिसोबाट बच्नुपर्ने कतिपय रोगी विरामीहरूले राहतको… पुरा पढौ

पृथ्वी जयन्ती

१. आज नयाँ नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती हो। उनी १७७९ साल पुस २७ गते गोरखामा जन्मेका थिए र २० वर्षो उमेरमा राजा भएका थिए। उनी राजा भएको बेलामा नेपाल साना-साना राज्यमा विभाजित थियो। गोरखा पनि एउटा सानो राज्य थियो। तर उनको नेतृत्वमा गोरखा एक सबल र सक्षम राज्य बन्यो। २.     वरपरका अन्य राज्यहरू आपसमा झगडा गरी कमजोर भएका… पुरा पढौ

हत्यारालाई कडा कारबाही गर

१. ढिलै भएपनि प्रहरीले पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तहरूलाई पक्रेर अनुसन्धान गरिरहेको समाचार सार्वजनिक भएपछि सबै खुसी भएका छन्। फेरि त्यो समाचार यस्तो बेला आएको छ, जुन बेला युद्धबन्दीलाई यातना दिएको अभियोगमा बेलायत सरकारले बेलायतमा नेपालका बहालवार कर्णल कुमार थापालाई थुनेर कारबाही अगाडि बढाएको छ। २.     पत्रकार थापालाई आठ वर्ष पहिले द्वन्द्वकालमा २०६१ असार १२ गते माओवादीले नियन्त्रणमा लिएर २७… पुरा पढौ

ठगी यसरी पनि हुन्छ

१. समाजमा रहेका बेरोजगार युवाहरूलाई रोजगारीको अवसर देखाएर लोभ्याउने विज्ञापन आजभोलि पत्रपत्रिकामा धेरै देखिन्छन्। ती विज्ञापनको आधारमा केही युवाले रोजगारी पाएका हुन्छन् भने केही विज्ञापन ठग्नकै लागि प्रकाशित भएका पनि देखिन्छन्। ठग्नैकै लागि प्रकाशित विज्ञापनबाट बेरोजगार युवा धेरै ठगिएका घटना बराबर बाहिर आएका छन्। तर प्रशासनको ध्यान त्यतातिर गएको छैन। २.     प्रशासनले उचित ध्यान नदिँदा ठग्नेहरूले ठगिरहेका छन्, ठगिनेहरू ठगिएका… पुरा पढौ

महिला हिंसाको विरोध

१. महिला हिंसाका विरुद्धका अधिकारकर्मीहरू सडकमा उत्रिरहेका छन्। सडकमा उत्रनेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ। काठमाडौंमा सीमित त्यो आन्दोलन जिल्लाहरूमा फैलिँदैछ। हिजो पोखरामा पनि विभिन्न सङ्घसंस्थाहरुको आयोजनामा एउटा विरोध र्‍याली निकालिएको थियो। विरोध र्‍याली अन्य जिल्लाहरूमा प्रदर्शन भइरहेका समाचार आइरहेका छन्। २. एकातिर महिला हिंसाको विरोधमा र्‍याली र जुलुस प्रदर्शन भइरहेका छन् भने अर्कोतिर महिला हिंसाका घटना पनि बढ्दै गएका छन्।… पुरा पढौ