सम्पादकिय

पूर्व प्रम भट्टराईको आरोप

१. पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्रीत्वकालमा राष्ट्रपति डा. रामवरण यादवले चारपटक सत्ता हत्याउन (कु गर्न) खोजेको आरोप लगाएका छन्। आफू सत्ताबाट बाहिरिएको एक महिनापछि उनले लगाएको त्यो गम्भीर आरोप अहिले राजनीति र सञ्चार क्षेत्रमा चर्चाको विषय बनेको छ। २. उनले राष्ट्रपतिमाथि लगाएको त्यो आरोपलाई राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले टिप्पणी गर्न लायक पनि नभएको भनेका छन्। त्यस्तै उनकै… पुरा पढौ

मुसरर्र्फ पक्राउ

१. पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसरर्र्फर्लाई अदालतले पक्राउ आदेश दिएपछि नेपालमा त्यसको थरिथरिका प्रतिक्रिया व्यक्त भइरहेका छन्। केहीले अदालतले चुनावको मुखमा आएर त्यसरी पक्राउ आदेश दिन नहुने बताउँदैछन् भने कतिपयले त अदालत पनि पूर्वग्रही भएको आशड्ढा व्यक्त गरेका छन्। अदालतले उनलाई उनी राष्ट्रपति छँदा करिब ६ वर्ष पहिले अदालतका न्यायाधीशलाई बर्खास्त गरेको आरोप लगाएको छ। २. पाकिस्तानको अदालतले राजनीतिक नेताहरूमाथि… पुरा पढौ

नयाँ वर्षको शुभकामना

१. आज वैशाख १ गते। विक्रम सम्वत् फेरिने दिन। विक्रम सम्वत् २०६९ हामीबाट बिदा भएर गएको छ र २०७० को आगमन भएको छ। नेपालीहरूले आज नयाँ वर्षको पहिलो दिन विभिन्न कार्यक्रमहरू गरी मनाइरहेका छन्। आज हाम्रो पनि वर्ष फेरिने दिन हो। हाम्रो पनि पहिलो दिन हो। यस अवसरमा हामी हाम्रा सम्पूर्ण पाठक, विज्ञापनदाता, लेखकलगायत सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।… पुरा पढौ

जलस्रोतको विकास र पार्टीको प्रतिबद्धता

१. नेपाल उद्योग वाणिज्य महासङ्घको लामो प्रयासपछि नेपालका राजनीतिक दलहरूले जलविद्युतको विकासमा अवरोध नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्। महासङ्घले आफ्नो ४७ औं वाषिर्क साधारणसभामा त्यो प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको हो। हस्ताक्षर गर्नेमा एमाओवादी, नेपाली काङ्ग्रेस, एमाले, मधेसी जनअधिकार फोरमलगायत छन्। २. घोषणा पत्रमा जलविद्युतलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र घोषणा गर्ने र त्यस क्षेत्रमा बन्द, हडतालजस्ता क्रियाकलापबाट मुक्त गर्ने, आर्थिक… पुरा पढौ

उदाहरणीय महिला प्रधानमन्त्री थ्याचर

१. हृदयघातका कारण सोमबार निधन भएका बेलायतका पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको हिजो राजकीय सम्मानका साथ अत्येष्टि गरियो। उनी लामो समयदेखि स्मरण शक्ति गुम्ने रोगबाट पीडित भएकीले केही समयदेखि कुनै सार्वजनिक समारोह आदिमा सहभागी भएकी थिइनन्। २. महिलाहरू कमजोर हुन्छन्, उनीहरूले राजनीतिक पद सम्हाल्न सक्दैनन् भन्ने बेलामा उनी बेलायतको पहिलो प्रधानमन्त्री भइन्। उनको शासन कस्तो होला, के होला भनी बडो आलोचनात्मक… पुरा पढौ

प्राचीन कपिलवस्तुबारे चिन्ता

१. भगवान गौतम बुद्धले आफ्नो बाल्यावस्थादेखि युवावस्थासम्मको २९ वर्ष बिताएको राजा शुद्धोधनको दरबार भएको प्राचीन कपिलवस्तुबारेको भ्रम चिर्न जनजीवनको विभिन्न पक्ष लागेका छन्। सञ्चारमाध्यमहरुले पनि अब त्यस सम्बन्धमा केही न केही गरेर त्यो भ्रम निवारण गर्ने काममा लाग्नु खुशीको कुरा हो। अहिले ‘न्यूज-२४ ले’ पनि त्यस्तै एक अभियान सञ्चालन गरेको छ। २.     ‘न्यूज-२४ ले’ त्यो भ्रम हटाउन दश लाख जनाको… पुरा पढौ

पार्टीपरित्याग गर्ने नेताहरू

  १. देशमा चुनावी सरकार गठन भएको र निर्वाचन आयोगमा पदाधिकारीहरू नियुक्त पनि गरिएकाले चुनावको चर्चा हुने गरेको छ। सरकारले चुनावको घोषणा गरेको छैन। तर राजनीतिक नेताहरू कहा' गएर र कुन ठाउ'बाट चुनाव लडेर आफ्नो भविष्य सुनिश्चित होला भनेर यताउता चलमलाउन लागेका छन्। २. त्यसरी चलमलाउने क्रममा सानातिना कार्यकर्ता एउटा पार्टीकाट अकोर्मा जान थालेका छन्। केही दिन पहिले नेकपा-माओवादीका केही कार्यकर्ता एकीकृत माओवादीमा… पुरा पढौ

बिग्रदै छ कोरियाको स्थिति

१. कोरिया दुर्इ राष्ट्रमा विभाजित भएदेखि नै तिनीहरूको सम्बन्ध राम्रो हुन सकेको छैन। उत्तर कोरियामा कम्युनिष्ट शासन व्यवस्था छ भने दक्षिणमा लोकतान्त्रिक व्यवस्था छ। ती दुर्इ भिन्न शासन व्यवस्थाले तिनीहरूको सम्बन्ध साधारण हुन नदिएको भन्नेहरू पनि छन्। तर अहिलेको विवाद त्यो होइन। २. उत्तर कोरियाले बराबर परमाणु हतियारको परीक्षण गरिरहेको छ। त्यसको त्यो परमाणु हतियारको निर्माण र परीक्षणका सम्बन्धमा विभिन्न… पुरा पढौ

वार्ता परिणाममुखी हुनुपर्दछ

१.  अन्तरिम चुनावी सरकारले चुनावमा जान असन्तुष्ट भएका दलहरूसँग वार्ता गरी देशमा चुनावी वातावरण तयार गर्ने मन्त्रीस्तरीय वार्ता टोली गठन गरेको छ। वार्ता टोलीमा गृहमन्त्री माधव घिमिरे संयोजक तथा स्वास्थ्य मन्त्री विद्याधर मल्लिक तथा सूचना तथा सञ्चारमन्त्री माधव पौडेल सदस्य तोकिएको छ। २. वार्ता टोलीले आफ्नो काम के कसरी प्रारम्भ गर्ला, त्यो सबैको चासोको विषय भएको छ। नेकपा- माओवादीलगायतका केही… पुरा पढौ

मोहनविक्रम सिंहको अभिव्यक्ति

१.  शीर्ष नेताहरूको जिल्ला आगमनले निर्वाचन आएको अनुभूत गराएको छ। केही दिन पहिले मात्र नेपाली काङ्ग्रेसका शीर्ष तीनजना नेता पोखरा आएका थिए भने अहिले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह यहाँ आएका छन्। उनले आफूलाई अर्धभूमिगत अवस्थामा रहेको भन्दै सीमित पत्रकारहरूसँग राजनीतिको समसामयिक विषयमा आफ्नो विचार व्यक्त गरेका छन्। २. महामन्त्री सिंहले गलत प्रक्रियाबाट प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरिएकोमा त्यसलाई… पुरा पढौ