सम्पादकिय

सकारात्मक प्रयास

१. वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी.ले आमरण अनशन बसेदेखि जुन अन्यौल र विवादको वातावरण बनेको थियो, त्यसलाई हटाउने प्रयास भएको छ। डा. के.सी.ले उठाएका चिकित्सा शिक्षाको समस्या समाधान गर्न सरकार र के.सी. पक्षधर वार्ता टोलीका बीच मंगलबारदेखि वार्ता प्रारम्भ भएको छ। २. तिनीहरु बीच वार्ता नै नभएको र डा. के.सी.को स्वास्थ्य स्थिति पनि बिगँ्रदै गएकोले सर्वत्र चिन्ता छाएको थियो। त्यसमा… पुरा पढौ

यो अन्यौलको स्थिति

१. देश अहिले अन्यौलको स्थितिबाट गुज्रिरहेको छ।  कहाँ कहिले के हुन्छ, भन्न सकिने स्थिति छैन। नेताहरुको बोली कठोर बन्दै गएको छ। एकले अकोर्लाई हिलो छ्याप्ने गरिएको छ। खास गरेर सत्तारुढ पार्टीनेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका बीच चर्को शब्दवाण प्रहार भइरहेका छन्। २. ती दुवै पार्टीका नेताहरु पहिले पनि त्यस्तै गर्दथे भनेर त्यसलाई सामान्यीकरण गर्न सकिन्छ। तर नेपाली जनताले… पुरा पढौ

सीमा अतिक्रमणमा ध्यान देऊ

१. भारतले नेपाली सीमा अतिक्रमण गरेको समाचार बराबर आउने गरेको छ। भारतले कहिले सीमानामा सडक बनाएर, बाँध बनाएर तथा यस्तै के के संरचना बनाएर नेपालको सीमा अतिक्रमण गर्ने गरेको छ। त्यस्तै अहिले पनि धनुषा जिल्लाको सीमावर्ती क्षेत्रमा अतिक्रमण गरिएको समाचार आएको छ। २. धनुषाको जटही नाकासँग जोडिएको दशगजा क्षेत्रमा भारतीय पक्षले आफ्नो चेक पोष्ट निर्माण गरिरहेको छ। नेपालको सशस्त्र प्रहरीको… पुरा पढौ

वी.पी.को सम्झना

१. आज फेरि एक पटक राष्ट्रले जननेता वी.पी. कोइरालालाई सम्झँदैछ। वी.पी. कोइराला राजनीतिका शिखर व्यक्तित्व थिए। उनी नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री थिए। उनी १८ महिना मात्र प्रधानमन्त्री भए, तर त्यो अवधिमा उनका कार्यहरु उल्लेखनीय रहेका थिए। त्यसका अतिरिक्त, उनलाई नेपाली साहित्यको शिखर धरोहरका रुपमा पनि लिने गरिएको छ। २. वी.पी. कोइरालाको यो विशेषता रहेको थियो कि उनले राजनीतिको थालनी गर्दादेखि… पुरा पढौ

छुवाछूत महारोग हो

१. महोत्तरी-बर्दिबास-४ का दलित महिला बुद्धमाया विश्वकर्माको नाम केही समययता बराबर पत्रपत्रिकामा आउने गरेको हो । उनको नाम पत्रपत्रिकामा आउने गरेको अरु कारणले होइन, उनलाई समाजले बहिष्कार गरेको कारणले यस्तो भेदभावपूर्ण समाजमा बसिरहनु भन्दा मर्नु बेस भनेर उनले आत्महत्या गर्न विष सेवन गरेकीले हो। २. पानी छोएको कारण बुद्धमाया विश्वकर्मा र उनकी छोरी मनीषालाई आफूलाई माथिल्लो जातका भन्ने गाउँलेहरुले कुटपिट गरी… पुरा पढौ

सरकार चौतर्फी दबाबमा

१. स्वास्थ्य शिक्षामा सुधारको माग राख्दै वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी. जुम्लामा गएर आमरण अनशन बसेको १८ दिन पुगेको छ । यो १८ दिनमा उनको स्वास्थ्य झन्-झन् बिग्रदै गएको छ। जति उनको स्वास्थ्य बिग्रदै गएको छ, उति उनको स्वास्थ्यको बारे धेरैले चिन्ता व्यक्त गर्न थालेका छन्। २. सरकार प्रधानमन्त्री के.पी. ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतका मन्त्रीहरु डा. के.सी. को आलोचनामा उत्रेका… पुरा पढौ

असार महात्म्य

१. असार महिना नेपालीहरुका लागि महत्वपूर्ण महिना हो। यो महिना एक दृष्टिले मात्र महत्वको भएको होइन। धार्मिक, सामाजिक, राजनीतिक, विकास निर्माणदेखि व्यापारिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ। यो महिना हाम्रो आर्थिक वर्षको आखिरी महिना भएकोले यसलाई आर्थिक फल पाउने महिना पनि भन्ने गरिन्छ। २. केही वर्षदेखि यस महिनालाई विकासे महिना पनि भन्ने गरिएको छ। विगत ११ महिनादेखि गर्न नसकेको विकास… पुरा पढौ

सरकारको समझदारी

१. सरकारले समझदारी देखाएर काठमाडौंको वीर अस्पतालमा अनशन बसिरहेकी गंगामाया अधिकारीसँग शुक्रवार सम्झौता गरी उनको अनशन तोड्न सफल भएको छ। संझौता पत्रमा सरकारले गंगामायाको छोराको हत्याराहरुलाई पक्रेर कारवाही गर्ने वचन दिएको छ। हत्यारा भनिएका मध्ये रुद्र आचार्य आयरल्याण्डमा बसिरहेको छ भने फरार भनिएका जानुका पौडेल, भीमसेन पौडेल र परशुराम पौडेल नेपालभित्रै रहेको बताइएको छ। २. चार वर्षदेखि पटक-पटक अनशन बसिरहेका… पुरा पढौ

के.सी.सँग वार्ता गर

१. स्वास्थ्य शिक्षामा सुधारको माग राख्दै डा. गोविन्द के.सी. जुम्लामा आमरण अनशन बसेको १२ दिन भएको छ। यो अवधिमा उनको स्वास्थ्यमा समस्या देखिएको छ भने अकोर्तिर अको समर्थनमा नागरिक संघ, मानव अधिकारकर्मीहरु खुलेर बाहिर आएका छन्। उनको समर्थनमा धर्ना र र्‍यालीको आयोजना गर्ने पनि गरिएको छ। २. यसैबीच चिकित्सकहरुको छात्रा संलग्न नेपाल चिकित्सक संघले पनि स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा… पुरा पढौ

दुर्वयवहारको घटना

१. अहिले देशमा एकपछि अको घटनाहरु चर्चित र विवादित बन्दै आएका छन्। आफ्नो छोराको हत्यारालाई पक्रन गोर्खाकी गंगामायाले  आमरण अनशन जारीराखेकी छन् भने डा. गोविन्द के.सी. १५ औं पटक आमरण अनशन बसेका छन्। उनी यस पटक सुदूर पश्चिमको जिल्ला दाङमा गएर अनशन बसेका छन्। २. यसै क्रममा फेरि अको घटना चर्चित भएको छ। त्यो हो संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाप्रति… पुरा पढौ