सम्पादकिय

वामपन्थी नेता कर्माचार्यको निधन

१. नेपाल कम्युनिष्ट पार्टीका एकमात्र जीवित संस्थापक नरबहादुर कर्माचार्यको बुधबार काठमाडौंमा निधन भयो। उनी ८९वर्षका थिए। उनी लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित थिए। केही दिनदेखि उनको उपचार काठमाडौंको मोडेल अस्पतालमा भइरहेको थियो। उपचारकै क्रममा उनको निधन भएको हो। २. वामपन्थी नेता कर्माचार्य नेपाल कम्युनिष्ट पार्टीका संस्थापक थिए। पुष्पलालको नेतृत्वमा गठित कम्युनिष्ट पार्टीका उनी सदस्य भएका थिए। उनी गीत गाएर मानिसहरूलाई… पुरा पढौ

न्याय माग्दा मानसिक अस्पताल

१. 'न्याय माग्दा मानसिक अस्पतालमा पाँच साता’ भन्ने कुरा अहिले राजधानी र मोफसलका सहर बजारमा चर्चाको विषय भएको छ। न्याय र मानव अधिकारको नाम लिएर नथाक्ने प्रधानन्यायाधीश समेत भएका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको प्रशासनले न्याय माग्नेलाई पागलखानामा पठाउला भनेर धेरैले सोच्न पनि सक्दैन, तर त्यसो भएको छ। २. गोर्खा जिल्लाका नन्दप्रसाद अधिकारी र उनकी धर्मपत्नी गंगामायालाई बालुवाटारमा अनसन बस्न खोज्दा… पुरा पढौ

एमाओवादीको विवाद सुल्झियो

१. डा. बाबुराम भट्टराईले एकीकृत माओवादी पार्टीको उपाध्यक्ष पदबाट राजीनामा दिएपछि पार्टीका जुन विवाद उत्पन्न भएको थियो, त्यो सुल्झेको छ। विवाद सुल्झाउन पार्टीको एकीकृत विस्तारित बैठक बोलाइएको थियो। विवाद त सकियो, अब त्यसले कसलाई नाफा भयो, कस घाटा भयो भन्ने सम्बन्धमा चर्चा हुन थालेको छ। २. डा. भट्टराईको राजीनामाले सोचेभन्दा धेरै नै तर· उत्पन्न गर्‍यो। राजीनामाको विवाद सुल्झाउन पार्टीको विस्तारित… पुरा पढौ

वामपन्थी नेता पुष्पलाल

१. हिजो हामीले जननेता बीपी कोइरालालाई सम्झेका थियौं भने आज वामपन्थी नेता पुष्पलाल श्रेष्ठको सम्झनामा २/४ पंक्ति कोर्ने प्रयास गर्दैछौं। यी दुवै नेता नेपालको राजनीतिका शिखर धरोहर हुन्। वामपन्थी नेता पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीमा प्रमुख संस्थापक हुन्। उनले कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरेका थिए। २. कम्युनिष्ट पार्टीको स्थापना र त्यसको प्रचार-प्रसारमा पुष्पलालले सर्वाधिक प्रयास गरेका थिए। २०१७ सालको 'कु… पुरा पढौ

जननेता बीपीको सम्झना

१. जननायक बीपी कोइराला राजनीतिक आकाशमा कहिले नअस्ताउने तारा भएर रहेका छन्। उनले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको औचित्य र आवश्यकताबारे अहिले पनि व्याख्या र विश्लेषण गर्ने गरिन्छन्। राष्ट्र र राष्ट्रियता कमजोर भएको र विदेशी चलखेल बढेको बेलामा राष्ट्रियताका पक्षधरहरूले उनलाई झल्झली सम्झने गर्दछन्। २. बीपी कोइराला मात्र १८ महिना शासन सत्तामा रहे। त्यो १८ महिनामा उनले धेरै राम्रा विचार, नीति… पुरा पढौ

विस्तारित बैठक : भट्टर्राईको भविष्य

१. पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले एकीकृत माओवादी पार्टीने उपाध्यक्ष पद परित्याग गरेपछि माओवादी वृत्तमा तरह तरहका तर· उत्पन्न भएका छन्। भट्टर्राईले जुन स्थिति र परिस्थितिमा पद परित्यागको घोषणा गरे, त्यसले अनेक शड्ढा उपशड्ढा उब्जाएको छ। कसैले उनको पद त्यागलाई सहजतापूर्वक लिन खोजेका छन् भने कसैले त्यसलाई एक घुर्की सम्झेका छन्। २. पार्टीने सचिव र कोषाध्यक्ष पदपूर्ति गर्ने सम्बन्धमा धेरैपटक… पुरा पढौ

चुनावमा सबै पक्षको सहभागिता आवश्यकता

१. संविधानसभाको चुनावको मिति घोषणा भइसकेको छ। घोषित मितिअनुसार आगामी मंसिर ४ गते देशमा चुनाव सम्पन्न हुँदैछ। चुनावको मिति घोषणा भएको निकै समय बिते तापनि देशमा चुनावको माहौल बन्न सकेको छैन। राजनीतिक पार्टीहरू र पार्टीका नेताहरू आफैलाई पनि अझै चुनाव आएकोजस्तो देखिएको छैन। २.     कतिपयले अझ पनि चुनाव हुने कुरामा शंका व्यक्त गरेका छन्। नेकपा-माओवादीलगायतका केही दलहरू चुनावमा सहभागिता जनाउन… पुरा पढौ

सञ्जेलमाथि मुक्का प्रहार

१. समता स्कुलका अभियन्ता उत्तम सञ्जेलमाथि आइतबार केही गुण्डाहरूले आक्रमण गरेको खबरले मानिसहरू स्तब्ध भएका छन्। दुर्इवटा मोटरसाइकलमा आएकाहरूले काठमाडौंको बौद्धस्थित समता स्कुलको प्रा·णमा बसिरहेको बेलामा उनीमाथि अकस्मात आक्रमण गरेका थिए। गुण्डाहरूले उनको नाकमा मुक्का प्रहार गरी भागेका थिए। २. मुक्का प्रहारबाट उनको नाकको हाड धेरै ठाउँमा भाँच्चिएको चिकित्सकले जनाएका छन्। उनको धापासीस्थित ग्राण्डी अस्पतालमा नाकको शल्यक्रिया गरिएको छ। नाकको… पुरा पढौ

सबै पक्षलाई खुसी पार्ने बजेट

१. सरकारले के कस्तो बजेट ल्याउला भनी प्रतीक्षा गरिरहेका जनतासमक्ष अर्थमन्त्री शंकर कोइरालाले पाँच खर्ब १७ अर्ब रूपैयाँको वाषिर्क बजेट सार्वजनिक गरेका छन्। आँशिक बजेटको शृङ्खला चलिरहेको बेलामा यसपटक पूर्ण बजेट आएको छ। धेरैका लागि यही नै खुसीको कुरा हो। निजी क्षेत्र समेत खुसी भएका छन्। २. बजेटले सबैलाई खुसी पार्ने प्रयास गरेको छ। बजेटमा कर्मचारीहरूको तलब १८ प्रतिशत बढाएको… पुरा पढौ

सरकारको सहमति आपत्तिजनक

१. उच्चस्तरीय राजनीतिक समितिको शनिबार बसेको बैठकले अन्तरिम चुनावी मन्त्रिपरिषद्ले भारतसँग दीर्घकालीन महत्त्वका विषयमा दुर्इ पक्षीय सहमति गरेकोप्रति विरोध जनाएको छ। बैठकले त्यस्तो विरोध गरेपछि चार दलका शीर्ष १२ जना नेताले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर दबाब दिने भएका छन्। २. भारतले धेरै पहिलेदेखि लुम्बिनी र पशुपति नगरमा उसको अध्यागमन जाँच केन्द्र राख्ने, त्रिभुवन विमानस्थलको स्तरोन्नति गर्ने तथा जासुसी सूचना… पुरा पढौ