सम्पादकिय

फेरि चुनावका कुरा

१. चुनाव सम्पन्न गर्नका लागि प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भएको दुर्इ महिना बितेको छ। यो दुर्इ महिनामा चुनावसम्बन्धी केही कामहरू भएका छन्। तर चुनावको वातावरण बनिसकेको छैन। चुनाव अझ पनि हुने हो कि होइन भन्ने निश्चित साथ भन्न सकिने अवस्था छैन। २. चुनाव नजिक आएकैले होला पार्टीरूले कार्यकर्ता तानातान गर्दैछन्। एउटा पार्टीका कार्यकर्ता र नेता अर्को पार्टीका प्रवेश… पुरा पढौ

बुद्धजयन्तीको कार्यक्रम सुरु

१. घुमीफिरी फेरि बुद्ध जयन्ती आएको छ। यसपटकको २५५७ औं बुद्धजयन्तीको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम शनिबार प्रारम्भ भएको छ। सञ्चारमाध्यममा भगवान बुद्ध र बुद्ध धर्मका सम्बन्धमा चर्चा परिचर्चा थालेका छन्। मैत्री, अहिंसा र शान्तिमा आधारित धर्मको उपादेयता सम्बन्धमा लेख, प्रवचन र धर्मदेशना प्रारम्भ भएको छ। २. पोखरामा बुद्ध जयन्ती समारोह समितिको संयोजनमा सप्ताहव्यापी कार्यक्रम प्रारम्भ भएको छ। शनिबार पहिलो दिन युवा… पुरा पढौ

नेपाललाई माया गर्ने गुरुको निधन

१. नेपालमा केही विदेशीहरू छन् जो नेपाल र नेपाली भनेपछि हुरुक्क हुन्छन्, नेपाल आउँछन् र नेपाल र नेपालीको सेवामा समर्पित भएर लाग्छन्। त्यसरी समर्पित भएर लाग्नेहरूले विभिन्न क्षेत्रको उन्नति र विकासमा महत्त्वपूर्ण सघाउ पुर्‍याइरहेका छन्। त्यसरी समर्पित भएर सेवा गर्नेमध्ये एक हुन् शिक्षक भर्गिस थोमस। २. भर्गिस थोमस आफ्नो जन्मथलो भारतको केरलाबाट २२ वर्षको कलिलो उमेरमा नेपाल आए। गोरखाको अमरज्योति… पुरा पढौ

पाकिस्तानमा नयाँ सरकार बनाउने तैयारी

१. पाकिस्तानमा तालिवानीलगायतको केहीको धम्कीको बाबजुत त्यहाँको नेशनल एसेम्बली र प्रान्तीय चुनाव शनिबार सम्पन्न भएको छ। आइतबार बिहानदेखि नै मत परिणाम आउन थालेको छ। मतदानको परिणाम सबै घोषणा गरिएको छैन तर घोषित परिणाम अनुसार पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टीको सरकार बनाउने निश्चय भएको छ। २. पाकिस्तानको इतिहासमा राष्ट्रपति आसिफ अलि जर्दारीको पाकिस्तान पिपुल्स पार्टीले पहिलो पटक आफ्नो पदावधि पूरा गरेको… पुरा पढौ

राष्ट्रियताको चिन्ता

१. अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखका लोकमानसिंह कार्कीलाई नियुक्त गरिएको विषय अझ पनि चर्चाको शिखरमा छ। त्यो नियुक्तिका विषयमा जति चर्चा बढ्दै गएको छ, उति त्यसले विदेशी चलखेल रहेको प्रष्ट्याएको छ। त्यो नियुक्तिमा भारतको भूमिका रहेको जो कोहीले पनि भन्ने गरेका छन्। २. पहिले हाम्रो राजनीतिमा राष्ट्रियताको खूब चर्चा हुने गर्दथ्यो। राजनीति गर्नु राष्ट्र र राष्ट्रियताको संरक्षण गर्नु हो भन्ने… पुरा पढौ

पाकिस्तानमा चुनाव

१. पाकिस्तानमा आगामी शनिबार त्यहाँको व्यवस्थापिका संसद्को लागि चुनाव हुँदैछ। पाकिस्तानमा यसअघि पनि चुनाव भएका छन्। अघिल्लो चुनावमा झैं यसपटक पनि हिंसाका घटना भएका छन्। दर्जनौं मानिस बम र बारुदका सिकार भएका छन्। तैपनि शनिबार चुनाव हुने निश्चित छ। २. गएको पटकको चुनावको प्रचारको क्रममा पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष वेनजीर भुट्टो गोलीको शिकार भएकी थिइन्। यसपटक पनि आततायीहरूले राजनीतिक नेताहरूलाई… पुरा पढौ

पञ्चायतको झल्को

१. नेपालमा पञ्चायती व्यवस्था तीस वर्ष रÞयो। त्यो तीस वर्षको लामो अवधिमा पञ्चायतले नेपाली समाजमा धेरै छाप छोडेको छ। त्यसबेला राजाको प्रत्यक्ष शासन थियो। राज्यले जे भने त्यो द्रुत हुन्थ्यो र त्यसलाई सबैले मान्नुपर्दथ्यो। अहिले चार दलको सिण्डिकेटको शासन छ र त्यसले जे निर्णय गर्दछ, त्यो निर्णय मान्नुपर्ने मान्यता स्थापित गर्न खोजिँदैछ। जसले पञ्चायतको झल्को दिएको छ। २. चार दलले… पुरा पढौ

चार पार्टीको सिण्डिकेट खारेज गर

१. संवैधानिक परिषद्ले विवादास्पद व्यक्तित्व भएका लोकमानसिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखमा नियुक्तिको सिफारिस गरेपछि त्यससम्बन्धी श्री विवाद चुलिएको छ। नागरिकसमाजका अग्रणी व्यक्तिहरू राष्ट्रपति डा. रामवरण यादवसमक्ष पुगेर निज विवादास्पद व्यक्तित्व भएका कार्कीलाई नियुक्ति नदिन आग्रह गरेका छन्। २.     नेकपा एमाले र नेपाली काङ्ग्रेसका दोस्रो र तेस्रो तहका नेता र कार्यकर्ताहरू त्यसको विरोधमा लागेका छन्। ती पार्टीका निकट रहेका… पुरा पढौ

वैशाख २३ गते

१. आज वैशाख २३ गते। कास्की जिल्लाको इतिहासमा एक त्रासदीको दिन। कालो दिन। आजभन्दा ठीक एक वर्ष पहिले वैशाख २३ गते शान्तसँग बगिरहेको सेती नदीमा अकस्मात भीषण बाढी आएको दिन। त्यो बाढीले जिल्लाको सानो तर रमाइलो पर्यटकीय क्षेत्र खारापानी पूर्ण रूपले उजाडिएको दिन। त्यस दिन आएको त्यो कालो बाढीले पोखराका होनहार विद्यार्थीलगायत देश विदेशी ६० भन्दा बढीलाई बगाएर मृत्युको मुखमा… पुरा पढौ

अरुण तेस्रो बनाउन दिने

१. एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अब अरुण तेस्रो जनविद्युत आयोजनाको काम अघि बढ्ने आश्वासन दिएका छन्। उनले उक्त आश्वासन इटहरीमा बुधबा आयोजित आमसभालाई सम्बोधन गर्दै दिएका हुन्। भारतीय कम्पनी सतलजले निर्माण गर्न लागेको अरुण तेस्रो राष्ट्रियताको कारण देखाएर केही वर्षदेखि रोकिएको छ। २. अरुण तेस्रो नेपालको त्यो आयोजना हो जसमा हिउँद र वर्षामा पानीको मात्रामा खास फरक आउँदैन। पानीको… पुरा पढौ