सम्पादकिय

काङ्ग्रेस र एमालेको सहमति

१. सरकार गठनका सम्बन्धमा नेपाली काँग्रेस र एमालेबीच सात बुँदे सहमति भएपछि धेरैले सन्तोषको स्वास फेरेका छन्। पार्टीहरूबीच भएको सहमतिले गर्दा काँग्रेसका संसदीय दलका नेता सुशील कोइराला प्रधानमन्त्री पदमा निर्वाचित भएका छन्। संविधान सभामा हिजो भएको निर्वाचनमा कोइराला एकमात्र उम्मेदवार थिए। २. काँग्रेस र एमालेको त्यो सहमतिबाट काँग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएका छन् भनेनेता वामदेव गौतम उपप्रधानमन्त्री हुने भएका… पुरा पढौ

पोउवा सङ्घको ६० औं वाषिर्कोत्सव

१. पोखराको सर्वाधिक पुरानो सामाजिक एवं व्यावसायिक संस्थाको रूपमा ख्याति कमाएको पोखरा उद्योग वाणिज्य सङ्घले ६० औं वाषिर्कोत्सव मनाएको छ। पोखरा उद्योग वाणिज्य सङ्घ २०११ साल मङ्सिर २५ गते पोखरा व्यापार सङ्घको रूपमा स्थापित भएको थियो। त्यस बेलादेखि सङ्घले निरन्तर प्रगति गरिरहेको छ। २. पोखरा व्यापार सङ्घको रूपमा स्थापित भए पनि त्यस सङ्घले सुरुदेखि शैक्षिक र सामाजिक कामहरू गर्दै आएको… पुरा पढौ

सीमा अतिक्रमण रोक

१. केही समयदेखि भारतीय सीमा सुरक्षा फौज एसएसबीले नेपालको सीमामा बस्ने नेपालीहरूलाई दुःख दिँदै आएको समाचार बराम्बार आउने गरेको छ। अहिले पनि पसाजिल्लाको सीमावर्ती ठोरीमा भारतीय सीमा सुरक्ष फौजले दुर्इपटक धरपकड गरेको समाचार आएको छ। अहिले त्यसको ज्यादती चितवन र पसाजिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा बढी भएको छ। २. भारतीय सीमा सुरक्षा टोलीले हालै माइती नेपालको चेकपोस्ट रोक्न नेपाल छिरेपछि त्यसबाट… पुरा पढौ

संविधान बनाउने कुरा

१. संविधानसभाको निर्वाचन भएको डेढ महिना पूरा भएको छ। तर अहिलेसम्म सरकार बनाउन सकिएको छैन। सरकार गठन गर्न नै अझै कति समय लाग्ने हो, भन्ने सकिने अवस्था छैन। एक वर्षभित्रै संविधान बनाउने भनेर कराउने नेता र कार्यकर्ताहरूको स्वर सुक्न लागेको छ। तर संविधान बनाउने क्रममा एक कदम पनि अघि बढेको छैन। २. संविधानसभाको बैठक अनावश्यक खेर गइरहेको छ। बैठक बसेर… पुरा पढौ

सुशीलको समस्या

१. सरकारमा कहिले पाइला नहालेका नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला पार्टीको संसदीय दलको नेता भएका छन्। संविधानसभामा सबभन्दा ठूलो दलको नेता निर्वाचित हुनु प्रधानमन्त्री हुनु हो। त्यस हिसाबले सबैले सुशीललाई भावी प्रधानमन्त्रीका रूपमा हेरेका छन्। उनले पनि त्यही अनुसार सरकार गठनका लागि प्रयास गरेका छन्। २. संविधान निर्माणमा सहजता ल्याउन सर्वदलीय सरकारको आवश्यकता सबैले महसुस गरेको र भन्दै आएको कुरा… पुरा पढौ

अधिकारी दम्पतीको जीवनरक्षा गर

१. देशमा अहिले अन्तरिम काल छ। लामो समयदेखि यो अन्तरिम काल रहिरहेको छ। अन्तरिम काल लामो समय रहिरह्यो भने त्यसको परिणाम के हुन्छ भन्ने कुराको राम्रो उदाहरण अहिले हाम्रो देश भएको छ। राजनीति सिद्धान्त, मूल्य र मान्यताबाट टाढा गएको छ। शासन व्यवस्था लथालिङ भएको छ। जताततै अस्तव्यस्त छ। २.     समाजका कमजोर र दीनहीन पेलिएको पेलिएकै छन्। बलियाहरुले आÇनो शान र… पुरा पढौ

संविधान निर्माता विश्वनाथ रहेनन्

१. कुनै बेला विश्वका उत्कृष्ट संविधानमध्ये मानिएको नेपाल अधिराज्यको संविधान २०४७ का निर्माता तथा भूतपूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधन भएको छ। आफ्नै घरको छतमा लडेर टाउकोमा चोट लागेपछि औषधोपचारको क्रममा उनको निधन भएको हो। उनी ८४ वर्षका थिए। २. न्यायमूर्ति विश्वनाथ उपाध्यायलाई एक जना इमान्दार, निडर र निष्पक्ष न्यायाधीशका रूपमा चिनिन्छ। उनी न्याय निसाफ गर्दा एकदमै निश्पक्ष भएर निर्णय गर्दथे।… पुरा पढौ

नेताहरूको अपरिपक्वताको परिणाम

१. अघिल्लो संविधानसभामा भएको सहमतिको स्वामित्वलाई संविधानसभामा लैजान खोजेको प्रस्ताव अवरुद्ध भएपछि त्यो चर्चाको विषय भएको छ।नेपाली काङ्ग्रेस, एमाले र एकीकृत माओवादी पार्टीले त्यो प्रस्ताव लैजान खोजेका थिए भने राम्रपा नेपाल र राष्ट्रिय जनमोर्चालगायतका पार्टीले त्यसको विरोध गरेका थिए। २. नेपाली काङ्ग्रेस, एमाले र एकीकृत माओवादीले संविधान छिटो बनाउने भनी अघिल्लो संविधानसभाले निर्ण गरेको प्रस्तावको स्वामित्व यस सभाले लिनुपर्ने विचार… पुरा पढौ

शहीद दिवस

१. शहीद सप्ताहको आखिरी दिन आज शहीद दिवस हो। १९९७ सालको यही साता अमर शहीदहरू-शहीद शिरोमणि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल, श्रेष्ठ र दशरथ चन्दलाई राणा सरकारले फाँसी दिएको थियो। त्यही बेलादेखि देशमा राजनीति गतिविधि चर्केको थियो र २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो। २. त्यसअघि देशमा राणाहरूको पारिवारिक शासन थियो। देशमा प्रजातन्त्र थिएन। लेख्ने बोल्ने स्वतन्त्रता थिएन। देशको शासन… पुरा पढौ

अब नेता छान्ने पालो एमालेको

१. नेपाली काङ्ग्रेसले विधिवत् रूपमा आफ्नो संसदीय दलको नेता छानेको छ। नेपाली काङ्ग्रेसले राम्रोको लागि सर्वसम्मतिबाट नेता छान्ने प्रयास गरे तापनि आखिरमा निर्वाचन पद्धतिबाट नेता छान्ने काम सम्पन्न गरेको छ। अब नेता छान्ने काम एमालेको हो। एमालेमा पनि सर्वसम्मति गर्ने प्रयास भइरहेको छ। २. नेकपा एमालेको निकट भविष्यमा महाधिवेशन पनि हुने भएकोले नेताहरूले त्यस महाधिवेशनमा हुने चुनावलाई पनि दृष्टिगत गरी… पुरा पढौ