सम्पादकिय

सरकारी शिक्षण अस्पताल

१. सरकारले वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी.सँग नौ बुँदे सहमति गरेर प्रशंसनीय काम गरेको छ। सरकारले गरेको त्यो सहमतिले नेपाल कम्युनिष्ट पार्टीभित्र निकै असन्तुष्टि जन्माएको छ। त्यसरी असन्तुष्ट हुनेहरुले प्रधानमन्त्री ओलीलाई डा. केसीसँग पराजित भएको समेत आरोप लगाएका छन्। उनीहरु मनमोहन अधिकारीको नाममा स्थापित अध्ययन संस्थान खुलाउन नपाएकामा रुष्ट भएका छन्। २. प्रधानमन्त्री ओलीको प्रयासबाट भएको त्यो सहमतिले चिकित्सा शिक्षामा… पुरा पढौ

प्रशंसनीय सहमति

१. २७ दिनपछि आमरण अनशन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी. र सरकारबीच विहीवार नौ बुँदे सहमति भएको छ। त्यो सहमति पछि डा. केसीले आफ्नो अनशन तोडेका छन्। त्यो सहमति पछि अब चिकित्सा शिक्षाको क्षेत्रमा विद्यमान विकृति हट्ने र क्रमशः सुधार हुने अपेक्षा गरिएको छ। २. सरकारमा बसेका नेताहरू र सत्तारुढ पार्टीका नेताहरूको अभिव्यक्ति हेर्दा यत्ति छिटो सहमति हुने कसैले… पुरा पढौ

धर्मचक्र प्रवर्त्तन दिवस

१. आज आषाढ पूणिर्मा। आषाढ पूणिर्माको हाम्रो जनजीवनमा ठूलो महत्व छ। हिन्दूहरुले यस दिवसलाई गुरु पूणिर्माका रुपमा मान्ने गर्दछन्। उनीहरु यस दिनमा केही सिक्ने र सिकाउने गर्दछन्। त्यसरी सिकेका शिष्यहरु एवम् चेलाहरु आफ्नो गुरुकोमा गएर गुरुप्रति आदरभाव र सम्मान व्यक्त गर्दछन्। २. अकोर्तिर बौद्धहरु यस दिनलाई पाँच संयोग परेको दिवसका रुपमा मान्दछन्। बौद्ध शास्त्रहरु अनुसार बोधिसत्व सिर्द्धार्थले आषाढ पूणिर्माको स्वच्छ… पुरा पढौ

सकारात्मक प्रयास

१. वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी.ले आमरण अनशन बसेदेखि जुन अन्यौल र विवादको वातावरण बनेको थियो, त्यसलाई हटाउने प्रयास भएको छ। डा. के.सी.ले उठाएका चिकित्सा शिक्षाको समस्या समाधान गर्न सरकार र के.सी. पक्षधर वार्ता टोलीका बीच मंगलबारदेखि वार्ता प्रारम्भ भएको छ। २. तिनीहरु बीच वार्ता नै नभएको र डा. के.सी.को स्वास्थ्य स्थिति पनि बिगँ्रदै गएकोले सर्वत्र चिन्ता छाएको थियो। त्यसमा… पुरा पढौ

यो अन्यौलको स्थिति

१. देश अहिले अन्यौलको स्थितिबाट गुज्रिरहेको छ।  कहाँ कहिले के हुन्छ, भन्न सकिने स्थिति छैन। नेताहरुको बोली कठोर बन्दै गएको छ। एकले अकोर्लाई हिलो छ्याप्ने गरिएको छ। खास गरेर सत्तारुढ पार्टीनेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका बीच चर्को शब्दवाण प्रहार भइरहेका छन्। २. ती दुवै पार्टीका नेताहरु पहिले पनि त्यस्तै गर्दथे भनेर त्यसलाई सामान्यीकरण गर्न सकिन्छ। तर नेपाली जनताले… पुरा पढौ

सीमा अतिक्रमणमा ध्यान देऊ

१. भारतले नेपाली सीमा अतिक्रमण गरेको समाचार बराबर आउने गरेको छ। भारतले कहिले सीमानामा सडक बनाएर, बाँध बनाएर तथा यस्तै के के संरचना बनाएर नेपालको सीमा अतिक्रमण गर्ने गरेको छ। त्यस्तै अहिले पनि धनुषा जिल्लाको सीमावर्ती क्षेत्रमा अतिक्रमण गरिएको समाचार आएको छ। २. धनुषाको जटही नाकासँग जोडिएको दशगजा क्षेत्रमा भारतीय पक्षले आफ्नो चेक पोष्ट निर्माण गरिरहेको छ। नेपालको सशस्त्र प्रहरीको… पुरा पढौ

वी.पी.को सम्झना

१. आज फेरि एक पटक राष्ट्रले जननेता वी.पी. कोइरालालाई सम्झँदैछ। वी.पी. कोइराला राजनीतिका शिखर व्यक्तित्व थिए। उनी नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री थिए। उनी १८ महिना मात्र प्रधानमन्त्री भए, तर त्यो अवधिमा उनका कार्यहरु उल्लेखनीय रहेका थिए। त्यसका अतिरिक्त, उनलाई नेपाली साहित्यको शिखर धरोहरका रुपमा पनि लिने गरिएको छ। २. वी.पी. कोइरालाको यो विशेषता रहेको थियो कि उनले राजनीतिको थालनी गर्दादेखि… पुरा पढौ

छुवाछूत महारोग हो

१. महोत्तरी-बर्दिबास-४ का दलित महिला बुद्धमाया विश्वकर्माको नाम केही समययता बराबर पत्रपत्रिकामा आउने गरेको हो । उनको नाम पत्रपत्रिकामा आउने गरेको अरु कारणले होइन, उनलाई समाजले बहिष्कार गरेको कारणले यस्तो भेदभावपूर्ण समाजमा बसिरहनु भन्दा मर्नु बेस भनेर उनले आत्महत्या गर्न विष सेवन गरेकीले हो। २. पानी छोएको कारण बुद्धमाया विश्वकर्मा र उनकी छोरी मनीषालाई आफूलाई माथिल्लो जातका भन्ने गाउँलेहरुले कुटपिट गरी… पुरा पढौ

सरकार चौतर्फी दबाबमा

१. स्वास्थ्य शिक्षामा सुधारको माग राख्दै वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी. जुम्लामा गएर आमरण अनशन बसेको १८ दिन पुगेको छ । यो १८ दिनमा उनको स्वास्थ्य झन्-झन् बिग्रदै गएको छ। जति उनको स्वास्थ्य बिग्रदै गएको छ, उति उनको स्वास्थ्यको बारे धेरैले चिन्ता व्यक्त गर्न थालेका छन्। २. सरकार प्रधानमन्त्री के.पी. ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतका मन्त्रीहरु डा. के.सी. को आलोचनामा उत्रेका… पुरा पढौ

असार महात्म्य

१. असार महिना नेपालीहरुका लागि महत्वपूर्ण महिना हो। यो महिना एक दृष्टिले मात्र महत्वको भएको होइन। धार्मिक, सामाजिक, राजनीतिक, विकास निर्माणदेखि व्यापारिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ। यो महिना हाम्रो आर्थिक वर्षको आखिरी महिना भएकोले यसलाई आर्थिक फल पाउने महिना पनि भन्ने गरिन्छ। २. केही वर्षदेखि यस महिनालाई विकासे महिना पनि भन्ने गरिएको छ। विगत ११ महिनादेखि गर्न नसकेको विकास… पुरा पढौ