सम्पादकिय

असार महात्म्य

१. असार महिना नेपालीहरुका लागि महत्वपूर्ण महिना हो। यो महिना एक दृष्टिले मात्र महत्वको भएको होइन। धार्मिक, सामाजिक, राजनीतिक, विकास निर्माणदेखि व्यापारिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ। यो महिना हाम्रो आर्थिक वर्षको आखिरी महिना भएकोले यसलाई आर्थिक फल पाउने महिना पनि भन्ने गरिन्छ। २. केही वर्षदेखि यस महिनालाई विकासे महिना पनि भन्ने गरिएको छ। विगत ११ महिनादेखि गर्न नसकेको विकास… पुरा पढौ

सरकारको समझदारी

१. सरकारले समझदारी देखाएर काठमाडौंको वीर अस्पतालमा अनशन बसिरहेकी गंगामाया अधिकारीसँग शुक्रवार सम्झौता गरी उनको अनशन तोड्न सफल भएको छ। संझौता पत्रमा सरकारले गंगामायाको छोराको हत्याराहरुलाई पक्रेर कारवाही गर्ने वचन दिएको छ। हत्यारा भनिएका मध्ये रुद्र आचार्य आयरल्याण्डमा बसिरहेको छ भने फरार भनिएका जानुका पौडेल, भीमसेन पौडेल र परशुराम पौडेल नेपालभित्रै रहेको बताइएको छ। २. चार वर्षदेखि पटक-पटक अनशन बसिरहेका… पुरा पढौ

के.सी.सँग वार्ता गर

१. स्वास्थ्य शिक्षामा सुधारको माग राख्दै डा. गोविन्द के.सी. जुम्लामा आमरण अनशन बसेको १२ दिन भएको छ। यो अवधिमा उनको स्वास्थ्यमा समस्या देखिएको छ भने अकोर्तिर अको समर्थनमा नागरिक संघ, मानव अधिकारकर्मीहरु खुलेर बाहिर आएका छन्। उनको समर्थनमा धर्ना र र्‍यालीको आयोजना गर्ने पनि गरिएको छ। २. यसैबीच चिकित्सकहरुको छात्रा संलग्न नेपाल चिकित्सक संघले पनि स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा… पुरा पढौ

दुर्वयवहारको घटना

१. अहिले देशमा एकपछि अको घटनाहरु चर्चित र विवादित बन्दै आएका छन्। आफ्नो छोराको हत्यारालाई पक्रन गोर्खाकी गंगामायाले  आमरण अनशन जारीराखेकी छन् भने डा. गोविन्द के.सी. १५ औं पटक आमरण अनशन बसेका छन्। उनी यस पटक सुदूर पश्चिमको जिल्ला दाङमा गएर अनशन बसेका छन्। २. यसै क्रममा फेरि अको घटना चर्चित भएको छ। त्यो हो संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाप्रति… पुरा पढौ

गण्डकी प्रदेश

१. प्रदेश नम्बर ४ को संसदको शुक्रवार बसेको बैठकले ४ नं. प्रदेशको नाम गण्डकी प्रदेश राख्ने निर्णय गरेको छ। यसअघि प्रदेशको नामाकरण भएको थिएन। संसदमा सहभागी ५६ सांसद मध्ये ५४ जनाले गण्डकीको पक्षमा मतदान गरेका थिए भने २ जनाले विरोध गरेका थिए। राजधानीको नामाकरण गर्दा जस्तो सर्वसम्मत यसमा भएन। २. नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस लगायतका पार्टीगण्डकी नामाकरणको पक्षमा… पुरा पढौ

सुशीला कार्कीको आगमन

१. लोकतन्त्रको सुदृढीकरणका लागि सरकार, व्यवस्थापिका र स्वतन्त्र न्यायपालिका अनिवार्य हुन्छ। त्यसको साथै संसदमा बलियो प्रतिपक्ष पनि चाहिन्छ। राज्यको चौथो अंग मानिने सञ्चार क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुन्छ भने नागरिक समाज र मानव अधिकारवादी संघ संस्थाहरुको उत्तिकै आवश्यकता रहन्छ। २. देशमा भएको २०४६ सालको ऐतिहासिक जनआन्दोलन र २०६२/०६३ सालको दोस्रो जनआन्दोलनका बेला नागरिक समाज, मानव अधिकारवादी संस्था लगायत सञ्चारकर्मीहरुले महत्वपूर्ण… पुरा पढौ

राहतमा तत्परताको खाँचो

१. नेपालमा मनसुन शुरु भएको तीन हप्ता बितेको छ। तैपनि केही दिन पहिलेसम्म त्यत्ति धेरै वर्षा भएको थिएन। तर अब वर्षा राम्ररी भएको र वर्षाको साथै पहिरो जान पनि थालेको छ। पहिरोले एक दर्जन भन्दा बढी मानिसको ज्यान गएको जनाइएको छ भने कति परिवार घरवार विहीन भएर रहेका छन्। २. वर्षा हुनु, वर्षाका कारण पहिरो जानु, नदीनालामा बाढी आउनु र… पुरा पढौ

प्रम भ्रमणको उपलब्धि

१. प्रधानमन्त्री के.पी. ओली आफ्नो चीनको औपचारिक भ्रमण पूरा गरेर आज स्वदेश र्फकदै छन्। प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा १४ बुँदे संयुक्त विज्ञप्ति सार्वजनिक गरिएको छ। त्यस घोषणा पत्रमा नेपाल र चीनबीच विगतमा भएको कुराकानी र सहमतिलाई एक कदम अघि बढाउन समझदारी र सहमति पत्रमा हस्ताक्षर भएको छ। २. ती १४ बुँदामा नुवाकोटको ७ तले दरबार पुन निर्माण गर्ने, तेल भण्डारण… पुरा पढौ

जिल्ला सभापतिहरूको भेला

१. नेपाली काङ्ग्रेस जिल्ला सभापतिहरुको भेला हेटौडामा भइरहेको छ। जिल्ला सभापतिहरुको यो एक भेला हो तापनि राजनीतिक दृष्टिले यसको महत्व छ। चुनावमा पार्टीको लज्जाजनक पराजय पछिको यो ठूलो भेला हो। यसमा चुनावमा पराजयको कारण र पार्टीबा विद्यमान गुटबन्दीको अवस्थाको विस्तृत चर्चा गरी आगामी बाटो पहिल्याउने अपेक्षा गरिएको छ। २. चुनावमा पार्टीस्थानीय तहदेखि केन्द्रसम्म सबैमा नराम्ररी पराजित भयो। तर यो पराजयको… पुरा पढौ

प्रधानमन्त्रीको चीन भ्रमण

१. प्रधानमन्त्री के.पी. ओली ५ दिनको औपचारिक भ्रमण गर्न आज चीन जाँदैछन्। उनी चीनका प्रधानमन्त्री लि खछाङको निमन्त्रणामा त्यस तर्फ जान लागेका हुन्। उनी ८ गते आफ्नो भ्रमण पूरा गरेर स्वदेश र्फकने छन्। उनको भ्रमण टोलीमा ४ जना मन्त्री सहित १२० जनाको जम्बो टोली हुने जनाइएको छ। २. प्रधानमन्त्री के.पी. ओलीको चीन भ्रमणलाई नेपालमा ज्यादै महत्वका रुपमा हेरिएको छ। आफ्नो… पुरा पढौ