सम्पादकिय

असार १५ को मौलिकता

१. असार १५ नेपाली कृषकहरूका लागि ज्यादै रमाइलो दिन हो। कृषकहरू धेरै पहिलेदेखि असार १५ को प्रतीक्षा गर्दछन् र त्यस दिन खेतमा रमाइलो गरी हिलो खेलेर धान रोप्ने गर्दछन्। कृषकहरूले धान त असार १५ भन्दा पहिले र पछि पनि रोप्छन्। तर त्यस दिन रोप्नुको महत्व नै अर्कै हुन्छ। २. असार १५ रमाइलो दिन मात्र होइन, महत्वपूर्ण दिन पनि हो। त्यस… पुरा पढौ

दोस्रो चरणको चुनाव

१. आज प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुन गइरहेको छ। यस अघि वैशाख ३१ गते पहिलो चरणको निर्वाचन सम्पन्न भएको थियो। दोस्रो चरणको यो निर्वाचन भएपछि प्रदेश नं. २ मा आश्विनको २ गते मतदान हुने भएको छ। प्रदेश नम्बर २ मा निर्वाचन भएपछि स्थानीय तहको निर्वाचनको काम सबै पूरा भएको मानिनेछ। २. पहिलो चरणको निर्वाचन… पुरा पढौ

तराई र पहाडको सुधार्नुपर्ने व्यवहार

१. हाम्रो देशमा हिमाल, पहाड र तराई छन्। यिनीहरूमा विविधता छन्। विविधतामा एकता हाम्रो विशेषता भएको छ। यसमा हामीले गर्व गर्दै आएका छौँ। तर केही समयदेखि मधेसको मुद्दा चर्केर आएको छ। जति यो मुद्दा चर्केर आएको छ, उति त्यो मुद्दाप्रतिको हाम्रो दृष्टिकोण पनि फरक हुँदै आएको छ। हाम्रो मनस्थिति नै विभाजित हुन खोजे जस्तो भएको छ। २. मधेसमा बस्नेहरूले पहाडीयालाई… पुरा पढौ

चुनावमा गठबन्धन

१. स्थानीय तहको दोस्रो चरणको निर्वाचनको दिन नजिकै आएको छ। चुनावको दिन जति नजिक आएको छ, उति चुनावप्रति मानिसहरुको अभिरुचि बढ्दै गएको छ। पहिलो चरणको चुनावमा भन्दा यो दोस्रो चरणको चुनावमा मतदाताहरु खुलेर आएका छन् र उम्मेदवारहरुलाई आफ्नो स्थानको लागि आवश्यक कुराको माग गर्दैछन्। २. पहिलो चरणको चुनावमा काठमाडौं लगायतका ठाउँमा एमाले र राप्रपाको गठबन्धन तथा भरतपुरमा माओवादी केन्द्र र… पुरा पढौ

दुर्घटनाले त्रास फैलायो

१. देशमा फेरि एकपटक यातायातका क्षेत्रमा दुर्घटनाका घटना बढ्न थालेका छन्। दिनहुँ दुर्घटनाको समाचार आइरहेको छ। कहिलेकाहीँ एकै दिनमा ३/४ ठाउँमा पनि दुर्घटना भएका छन्। दुर्घटनाबाट कतिपयको मृत्यु भएको छ भने केही घाइते भएर अंगभ· भई अपा· भएका छन्। कोही लामोसमय अस्पतालको बेडमा बसेर औषधोपचार गराइरहेका छन्। २. यो २/४ दिन यता पोखरा, नारायणगढ र धादिङको दुर्घटना सम्भिmयो भने सर्वसाधारणको… पुरा पढौ

औषधी विभागको साहसिक कार्य

१. भारतीय योगगुरु रामदेवको भारत उत्तराखण्ड स्थित दिव्य फार्मेसीबाट उत्पादित तथा पतञ्जली आयुर्वेद केन्द्रबाट बिक्री वितरण भइरहेका ६ वटा आयुर्वेदिक औषधीहरुलाई गुणस्तरहीन ठहर गरेका छन्। नेपालको औषधी व्यवस्था विभागले नमूना परीक्षण गरी सो ठहर गरेको हो। लोकप्रियताको शिखरमा पुगेका व्यक्तिको कम्पनीबाट उत्पादित औषधी गुणस्तरहीन ठहर भएकोमा यहाँ आर्श्चर्य जनाइएको छ। २. औषधी व्यवस्था विभागले नमूना परीक्षण गरी गुणस्तरहीन ठहर गरेका… पुरा पढौ

दोस्रो चरणको निर्वाचन

१. स्थानीय तह निर्वाचनको दोस्रो चरणको प्रक्रिया प्रारम्भ भएको छ। दोस्रो चरणको निर्वाचनमा विघ्नबाधा आइपर्ने हो कि भन्ने शंका उपशंका व्याप्त भएको बेलामा निर्वाचन प्रक्रिया शुरु भएको छ। निर्वाचनको लागि उम्मेदवारहरुले आफ्नो मनोनयन पत्र दर्ता गरेर चुनाव चिन्ह पनि पाएका छन्। २. चुनाव चिन्ह लिएर उम्मेदवारहरु आआफ्नै किसिमले चुनाव प्रचारमा पनि लागेका छन्। यो चुनावको जुन जुन पार्टीले विरोध गरेका… पुरा पढौ

विश्व संगीत दिवस

१. आज विश्व संगीत दिवस हो। संगीत भन्ने शब्दले नै मानिसलाई आकषिर्त पार्दछ। मानिसको मन लोभ्याउँछ। संगीत दिवस भन्नु रमाइलो दिवस हो। विभिन्न बाजागाजाकासाथ संगीत श्रवण गर्नुको आनन्द नै अकै हुन्छ। सूर र ताल तथा भाषा नबुझे पनि संगीतले अथाह किसिमले मानिसलाई मोहनी लगाउँछ। २. रात लामो हुँदै जानु यो महिनाको विशेषता हो। लामो रात कसरी बिताउने कतिपयका लागि समस्या… पुरा पढौ

जनस्वास्थ्यमा खेलवाड

१. हामीले खाने गरेको खाद्य सामग्री, तरकारी र फलफूल आदि गुणस्तरीय नभएको, तिनीहरूमा रासायनिक पदार्थ मिसाउने गरिएको र तिनीहरू खान योग्य नभएको कुरा जताततै चर्चा हुने गरेको कुरा हो। त्यसरी खान योग्य नभएको कुरा पनि सर्वसाधारणले खाँदै आएका छन् र खान बाध्य भएका छन्। २. 'स्लो प्वाइजन’को रूपमा काम गर्ने रासायनिक पदार्थ मिसिएका सामान के के हुन र तिनीहरू कस्ता… पुरा पढौ

दार्जिलिङमा फेरि गोर्खाल्याण्ड

१. दार्जिलङमा भाषिक आन्दोलन गरिरहेका आन्दोलनकारीहरुमाथि पश्चिम बंगाल सरकारले शनिबार गोली चलाउँदा तीन जना नेपाली भाषीहरु मारिएका छन्। ती निहत्था आन्दोलनकारीहरुमाथि त्यसरी निर्ममतापूर्वक गोली चलाएर तीन जना मारिएको घटनाले तीव्र प्रतिक्रिया उत्पन्न गरेको छ। त्यस घटनाको धेरै विरोध र भर्त्सना गरिएको छ। २. दार्जिलिङ शान्त थियो। पश्चिम बंगाल सरकारले आकस्मात दार्जिलिङमा बंगाली भाषालाई अनिवार्य गर्ने निर्णय गरेपछि दार्जिलिङबासीहरु त्यसको विरोधमा… पुरा पढौ