सम्पादकिय

अख्तियार प्रमुखको चुनौती

१. नवनियुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यातले आफ्नो पदभार सम्हालेका छन्। यसअघि उनी कार्यवाहक प्रमुख भएर काम गरिरहेका थिए। उनी प्रमुखमा नियुक्त भएपछि अब उनले के कसरी काम गर्लान् भनेर चर्चा परिचर्चा शुरु भएको छ। २. अख्तियार प्रमुख बस्न्यातको लागि यो अवसर पनि हो, चुनौती पनि हो। अवसर त उनले पाइसकेका छन्। तर आफ्नो अगाडि आइपरेको चुनौतीलाई उनले… पुरा पढौ

गल्ती नदोहोरियोस्

१. अहिले २० वर्षपछि स्थानीय तह निर्वाचनको पहिलो चरणको मतगणना सम्पन्न हुन गइरहेको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालेको समाचार पनि आइरहेको छ। गाउँ सहरमा जताततै उत्साहको माहोल व्याप्त छ। २. चुनाव समग्रमा शान्तिपूर्वक भएको छ। शान्तिपूर्वक चुनाव सम्पन्न भएकाले पनि अहिले उत्साहको वातावरण पर्याप्त भएको हो। त्यसको लागि सरकार र निर्वाचन आयोग धन्यवादका पात्र भएका छन्। पहिलो… पुरा पढौ

महाभियोग  प्रस्ताव

१. प्रधान न्यायाधीश सुशीला कार्कीको विरुद्धमा सत्तारुढ दलका सांसदहरूले संसदमा महाभियोग प्रस्ताव दर्ता गरेपछि सरकार र सवोर्च्च अदालतकाबीच जुन असमझदारी उत्पन्न भएको छ, त्यो हट्ने संकेत देखिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले महाभियोग प्रस्ताव फिर्ता गर्ने विचार व्यक्त गरेपछि त्यस्तो सकारात्मक संकेत देखिएको हो। २. सत्तारुढ दलका दुर्इ सय ४९ सांसदहरूले वैशाखमा प्रधानन्यायाधीश कार्कीका विरुद्धमा संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेपछि… पुरा पढौ

उज्यालोतिर

१. हाम्रो देशको आकाशबाट अन्यौल र अनिश्चियको कालो बादल हट्दै गएको छ। हिजो संविधान बन्नै सक्दैन भन्नेहरूले संविधान बनेको देखेका छन्। हिजो चुनाव हुनै सक्दैन भन्नेहरूले चुनाव भएको देखेका छन्। त्यस्तै विद्युत्को क्षेत्रमा लोडसेडिङ जुन अभिषापको रुपमा आएको थियो, त्यो पनि हट्दै गरेको छ। २. त्यस्तै स्वास्थ्यको क्षेत्रमा पनि धेरै नीति नियम बन्दैछन्। हिजो ठूलावडाको स्वास्थ्यलाई मात्र ध्यान दिने सरकारले… पुरा पढौ

शताब्दी पुरुषको सम्मान

१. नेपालको संस्कृति र सम्पदाको क्षेत्रमा गहन अध्ययन, अनुसन्धान र अन्वेषण गरेर अतुलनीय योगदान गरेका सत्यमोहन जोशीलाई हालै सरकाले ‘वाङ्मय शताब्दी पुरुष’ घोषणा गरेपछि उनी एकपटक फेरि चर्चाको शिखरमा पुगेका छन्। यसअघि उनलाई शताब्दी पुरुष घोषणा गरिएको थियो। २. शताब्दी पुरुष सत्यमोहन जोशी १९७७ साल वैशाख ३० गते ललितपुरमा जन्मेका हुन्। २००३ सालमा शारदा पत्रिकामा आफ्नो रचना छापिएपछि उनी यस… पुरा पढौ

नेताहरूको चुनौती

१. यसपटक २० वर्षपछि स्थानीय तहको निर्वाचन भएर हो कि यो निर्वाचनमा धेरैको कमी कमजोरी देखिएको छ। धेरैलाई धेरै शिक्षा दिएको छ। निर्वाचन आयोगलाई निर्वाचनमा प्रयोग भएको मतपत्र ज्यादै भद्दा भएको र निर्वाचन शिक्षा अपुग भएको कुरा बताएको छ। माथिका नेताहरूलाई आफूले जे गरे पनि हुन्छ भन्ने भावना त्याग्न चुनौती दिएको छ। २. मतपत्र र निर्वाचन शिक्षाको अभावबारे धेरै लेखिएको… पुरा पढौ

मतगणना सुस्त

१. बहुप्रतिक्षित स्थानीय तह निर्वाचनको पहिलो चरणको निर्वाचन आइतबार सम्पन्न भएको छ। निर्वाचन सम्पन्न भएर त्यसको मतगणना शुरु भएको छ र मत परिणाम आउन पनि थालेको छ। तर मतगणना ज्यादै ढिलो गतिले भएकोमा जताततैबाट गुनासो आइरहेको छ। मतगणनाको यो गतिलाई ‘कछुवा गति’ भन्ने गरिएको छ। २. मतगणना ढिलो हुनुको मुख्य कारण मतपत्र अत्यन्त ठूलो हुनु हो। एक जना मतदातालाई मतपत्र… पुरा पढौ

बौद्ध सम्मेलनमा  राष्ट्रपति भण्डारी

१. राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धजयन्तीको उपलक्ष्यमा श्रीलंकामा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको समापन समारोहमा आइतबार प्रमुख अतिथिको आसनबाट बुद्ध धर्मको माध्यमबाट नेपाल र श्रीलंकाको सम्बन्ध ऐतिहासिक कालदेखि अविछिन्न रहेकोमा सन्तोष व्यक्त गरेकी छिन्। उनले यो सम्बन्धलाई अरु सुदृढ र विकसित पार्नुपर्नेमा पनि जोड दिइन्। २. श्रीलंका सरकारले संयुक्त राष्ट्रसंघले डेढ दशकदेखि मनाउँदै आएको राष्ट्रसंघीय ‘बैशाख डे’ को उपलक्ष्यमा त्यो अन्तर्राष्ट्रिय सम्मेलनको… पुरा पढौ

तालमेल जोसँग र जहाँ पनि

१. वैशाख ३१ को स्थानीय तहको चुनाव नजिकै आएको छ। उम्मेदवारका लागि २४ घण्टाको दिनरात पनि छोटोजस्तो भएको छ। उनीहरुलाई न रातको निद, न दिनको प्यास भएको छ। कार्यकर्ता पनि त्यसैगरी लागेका छन्। उनीहरु चुनाव प्रचारप्रसारको समीक्षा गर्दै भोलि के गर्ने भन्ने सम्बन्धमा छलफल गर्नमैव्यस्त छन्। २. कहाँ कसको तरंग आएको छ, त्यो भन्न गाह्रो छ। पार्टी र उम्मेदवार भने… पुरा पढौ

बुद्धजयन्तीको शुभकामना

१. आज वैशाख पूणिर्मा जसलाई हामी २५६१ औं बुद्धजयन्तीको रुपमा मनाउँदै छौँ। इशापूर्व ५६३ को वैशाख पूणिर्माको दिन सिर्द्धार्थ गौतमको जन्म भएको थियो। ३५ वर्षको उमेरमा उनले वैशाख पूणिर्माकै दिन बुद्धत्व प्राप्त गरेका थिए। उनले आफूले प्रतिपादन गरेको धर्मको ४५ वर्षसम्म प्रचारप्रसार गरेर ८० वर्षको उमेरमा यही तिथिमा उनको महापरीनिर्वाण भएको थियो। जसलाई त्रिसंयोग भन्ने गरिएको छ। २. गौतम बुद्धले… पुरा पढौ