सम्पादकिय

दुर्घटना न्यूनीकरण आवश्यक

१. पटक-पटक सवारी दुर्घटना हुने गरेको पृथ्वी राजमार्गको धादिङमा शनिबार फेरि ठूलो दुर्घटना भएको छ। सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको यात्रुवस बिहान सबेरै त्रिशुली नदीमा खसेको थियो। स्थानीय प्रशासनले बताए अनुसार बस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। केही यात्रुलाई नदीले बगाएको आशंका गरिएको छ। २. दुर्घटनामा परेर सप्तरी… पुरा पढौ

ट्रान्सपरेन्सीको आग्रह

१. ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले प्रतिनिधि सभा र प्रादेशिक चुनावको पूर्व सन्ध्यामा राजनीतिक पार्टीरुलाई सम-सामयिक महत्वको आग्रह गरेको छ। त्यो आग्रह हो - पार्टीरुले जारी गर्ने घोषणा पत्रमा भ्रष्टाचार विरोधी प्रतिबद्धा उल्लेख गरोस्। सो आग्रह संस्थाले विहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। २. ट्रान्सपरेन्सीले आÇनो विज्ञप्तिमा निर्वाचन खर्च पूर्ण रुपमा पारदर्शी बनाउने, आचारसंहिताको कार्यान्वयन गर्ने, राजनीतिमा अपराधीकरण निर्मूल पार्ने र भ्रष्टाचार… पुरा पढौ

अदुवा निकासीमा अवरोध

१. नेपाल र भारतको बीच आयात-निर्यातको व्यापार शदीयौँ पुरानो हो। तर यो आयात निर्यातको व्यापार नेपालको लागि सहज छैन। नेपालले पटक-पटक समस्या झेल्नु परेको छ। अहिले अदुवाको सिजन हो। तर नेपाली कृषकहरूले अदुवा निकासी गर्न नपाएर समस्या झेल्दै छन्। कृषकहरूको अदुवा त्यसै कुहिएर जाने अवस्था आएको छ। २. अघिल्लो वर्ष नेपाली अदुवामा विषादी भेटिएको भनेर प्रचार गरियो र चार महिनाभन्दा… पुरा पढौ

उम्मेदवारको सूचीमा महिला

१. मङ्सीर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पार्टीहरूले आ-आफ्नो उम्मेदवार खडा गरेका छन्। ३२ जिल्लाहरुमा जेजसरी उम्मेदवारी दर्ता भएका छन्, त्यसलाई उत्साहजनक भनिएको छ। दर्ताप्रक्रिया शान्तिपूर्वक भएको छ ।चुनावको वातावरण तातिन थालेको छ । तर दलहरुले उम्मेदवार उठाउने क्रममा नेताहरुले महिलाहरुलाई बेवास्ता गरेकामा कहीँ कतै चिन्ता र आक्रोश पनि व्यक्त भएको छ । २. आधा… पुरा पढौ

शान्ति सुरक्षाको व्यवस्था

१. प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि उम्मेदवारको मनोनयन कार्य भएकाले अब निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका कसैले पनि गर्नु परेन। देश निर्वाचनका लागि अघि बढि सकेको छ। अबको पहिलो आवश्यकता शान्ति सुरक्षाको हो। सरकारले शान्ति सुरक्षाको स्थिति सुदृढ पार्नु नितान्त आवश्यक छ। २. सामान्य हिसाबले देशमा शान्ति सुरक्षाको स्थिति राम्रो नै देखिन्छ। तर काठमाडौंमा नेपाल… पुरा पढौ

चुनावको सरगर्मी

१. देशमा फेरि एकपटक निर्वाचनको माहोल व्याप्त हुँदैछ। हिजो कार्तिक ५ गते आगामी मंसीर १० गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूका लागि उम्मेदवारी दर्ता गरिएपछि एकाएक निर्वाचनको वातावरण तातिएको छ।निर्वाचन आयोगले उत्तरी क्षेत्रमा छिटो हिउँ पर्ने र जाडो हुने भएकोले १० गते नै निर्वाचन गर्ने निर्णय गरेको हो।अन्य जिल्लाहरूमा भने मंसीर २१ गते निर्वाचन हुँदैछ। २. यो निर्वाचनबारे व्यापक… पुरा पढौ

सालिकको विवाद

१. पोखरा लेखनाथ महानगरपालिकाले पोखरालाई स्मार्ट सिटी बनाउने क्रममा पोखारका विभिन्न चोकहरुमा भएका आइल्याण्ड भत्काएर सानो छरितो आइल्याण्ड बनाउन थालेको छ। ट्राफिक व्यवस्थापनका लागि पहिलेका आइल्याण्ड उपयुक्त नभएकोले भत्काउनु परेको बताइएको छ। त्यसरी भत्काउने र बनाउने क्रममा पृथ्वीचोकमा आइपुग्दा विवाद उत्पन्न भएको छ। २. पृथ्वीचोकमा केही वर्ष पहिले नेपालका प्रथम शहीद लख थापाको सालिक निर्माण गरी स्थापना गरिएको थियो। आइल्याण्ड… पुरा पढौ

समानुपातिक निर्वाचन पद्धति

१. राजनैतिक पार्टीरुले आइतवार समानुपातिक तर्फको बन्द सूची आयोगमा बुझाए पछि एकातिर चुनाव प्रचारले गति लिएको छ भने अकोर्तिर बन्द सूची के हो कस्तो हो भन्ने सम्बन्धमा सोध्ने र जिज्ञासा राख्नेहरुको संख्या पनि उत्तिकै रहेको छ। समानुपातिकबाट केन्द्रमा ११० जना र सातओटै प्रदेश सभाका लागि २२० जना निर्वाचित हुनेछन्। २. समानुपातिकमा विभिन्न क्षेत्र र समुदायका निश्चित प्रतिशतमा उम्मेदवार बनाउनु पर्ने… पुरा पढौ

गैरआवासीय नेपालीहरुको विश्व सम्मेलन

१. गैरआवासीय नेपालीहरुको विश्व सम्मेलन शनिवर काठमाडौंमा शुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको यो विश्व सम्मेलनमा ७७ मुलुकका शाखाका प्रतिनिधिहरुले भाग लिँदैछन्। "आवर वुमन, आवर युथ एण्ड सेकेण्ड जेनेरेशन फर स्ट्रगल फ्युचर" भन्ने नाराका साथ आयोजित विश्व सम्मेलन विगतको भन्दा ठूलो र महत्वपूर्ण छ। २. करिब डेढ दशक पहिले स्थापना भएको यो गैरआवासीय नेपालीहरुको संगठन शुरुमा त्यति प्रभावकारी… पुरा पढौ

राष्ट्रपति र प्रधानमन्त्रीबीच विवाद नहोस्

१. विगतमा जम्बो मन्त्रिमण्डल गठन गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सबैभन्दा पहिले आउँथ्यो भने अहिले उनले विगतको आफ्नै कीर्ति तोडेर अरु अगाडि बढेका छन्। यस अघि उनले गठन गरेको ५६ सदस्यीय मन्त्रीमण्डल पनि एउटा रेर्कर्ड थियो भने त्यसमा फेरि ८ जना मन्त्रीहरु थपेर उनले मन्त्रीहरुको संख्या ६४ पुर्‍याएका छन्। जुन एक रिर्कर्ड हो। २. यस पटक उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका… पुरा पढौ