सम्पादकिय

मोर्चाद्वारा आन्दोलन घोषणा

१. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पहिले दिएको समर्थन फिर्ता गरेको जनाएको छ। सरकार गठनका लागि काँग्रेस, माओवादी र मोर्चाबीच तीनबुँदे सहमति भएको थियो। मोर्चाले उक्त तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेको आरोप लगाएर आफूले दिएको समर्थन फिर्ता गरेको घोषणा गरेको छ। २. तीनबुँदे सहमतिमा मोर्चाले उठाउँदै आएको संविधान संशोधनको मात्र अविलम्ब पूरा गर्ने आश्वासन दिइएको… पुरा पढौ

नयाँ संरचना नयाँ उत्साह

१. सरकारले देशभरका स्थानीय तहको नाम र संरचनामा व्यापक परिवर्तन गरेको छ। सरकारले गाउँ विकास समितिलाई गाउँपालिका नामाकरण गरेको छ भने जिल्ला विकास समितिलाई जिल्ला विकास समन्वय समितिमा परिणत गरेको छ। परिवर्तित संरचनाअनुसार देशभरका स्थानीय तहको संख्या सात सय ४४ पुगेको छ। २. घोषित संरचनाअनुसार देशमा अब चार महानगरपालिका, १३ उप-महानगरपालिका, दुर्इ सय ४६ नगरपालिका तथा चार सय ८१ गाउँपालिका… पुरा पढौ

राप्रपाको नियति

१. राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। करिब १ महिना पहिलेमात्र एक भएको राष्ट्रिय प्रजातन्त्र पार्टीफेरि फुटेको छ। टुट्नु, फुट्नु र जुट्नु राप्रपाको नियति नै भएको छ। यसको स्थापनाकालदेखि नै यो प्रवृत्ति देखिँदै आएको छ। २. विगत इतिहासलाई मध्यनजर राखेर यसपटक राप्रपाका नेताहरुले अब एकताबद्ध भयो भने, कहिले फुट्ने अवस्था… पुरा पढौ

कञ्चनपुरले मुस्ताङ सम्झायो

१. कञ्चनपुरका युवा गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बल -एसएसबी) को गोलीबाट मृत्यु भएको एक साता पुग्न लागेको छ। आइतबार उनको राजकीय सम्मानका साथ अन्त्योष्टि पनि सम्पन्न भयो। उनको मृत्यु एसएसबीद्वारा भएकोले भारतले माफी माग्नु पर्दछ र क्षतिपूर्ति दिनु पर्ने कुरा उठाएको छ। तर भारतले यस सम्बन्धमा केही बोलेको छैन। २. भारत महान् भन्ने इतिहासमा लेखिएको छ। भारतले पहिले त्यस्तो… पुरा पढौ

मेची-महाकाली अभियान

१. एमालेले आफ्नो मेची-महाकाली अभियान फेरि शुरु गरेको छ। सप्तरी घटनापछि एमालेले केही दिनका लागि उक्त अभियान स्थगित गरेको थियो। हेटौंडाबाट त्यो अभियान फेरि शुरु गरी पश्चिमतिर अघि बढेको छ। स्थगित अभियान शुरु गर्दा पहिलेभन्दा धेरै उत्साह देखिएको छ र सहभागीहरु पनि बढेका छन्। २. अभियान निकट भविष्यमा हुन गइरहेको चुनावलाई मध्यनजर गरेर आयोजना गरेकाले पार्टीले यसलाई सकेसम्म भव्य र… पुरा पढौ

भारतले माफी माग्नुपर्दछ

१. नेपालमाथि भारतले महिनौं एकतर्फी रूपमा लगाएको नाकाबन्दीले नेपाल-भारतको सम्बन्धमा उत्पन्न तनाव क्रमशः सेलाउँदै गएको अवस्थामा बिहीबार कञ्चनपुरमा भएको घटनाले केही असहज बनाएको छ। कञ्चनपुरमा कर्ल्भर्टको विषयमा साधारण विवाद भएको बेला भारतीय सीमा सुरक्षा बल -एसएसबी) ले गोली चलाउँदा ३२ वर्षीय नेपाली गोविन्द गौतमको निधन भएको छ। २. भारतका सीमा सुरक्षा बलका सैनिकहरूले नेपाली भू-भागमा आएर बारबार धम्काउने र कुटपीट… पुरा पढौ

एनसेल कर छली प्रकरण

१. एनसेल कर छली प्रकरणमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकलेे गरेको विवादास्पद निर्णय आएपछि त्यसले धेरै तर· उत्पन्न गरेको छ। एनसेल बिक्रीमा पुँजीगत लाभकर नतिरेकोमा बराबर त्यो विषय विवादमा आउने गरेको छ। सरकारमा बस्ने केही अधिकारीहरुले पनि बिक्रेता कम्पनि टेलिमासेनेराले कर तिर्नु नपर्ने भनेका थिए। २. सरकारमा रहेकाहरुको त्यही भनाइले गर्दा कम्पनीले नेपाल छाडिसकेको छ। एनसेल प्रकरण भनेको ३५ अर्ब राजस्व… पुरा पढौ

योगमायाको सम्मान गर्ने बेला

१. १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भयो। गत वर्षहरुमा भन्दा यसपटक नारी दिवस मनाउनेक्रममा विशेष उत्साह थपिएको अनुभूत गरिएको छ। गत वर्षहरुमा समान सहभागिताको कुरा ठूलो स्वरले उठ्ने गरेको थियो भने यसपटक नेतृत्वमा महिला भन्ने कुरा उठेको छ। २. राष्ट्रपतिमा विद्यादेवी भण्डारी, प्रधानन्यायाधीशमा सुशीला कार्की र सभामुखमा ओनसरी र्घर्ती आसीन भएर पनि नारीहरु उत्साही भएका हुन्।… पुरा पढौ

सप्तरी घटना निन्दनीय

१. सप्तरी जिल्लामा प्रमुख प्रतिपक्षी एमालेको मेची-महाकाली अभियानलाई अवरोध गर्नेक्रममा प्रहरीसँग भएको झडपमा सोमबार मोर्चाका चार जना कार्यकर्ताको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीका रञ्जन मेहता, दीगम्बर यादव, पीताम्बर मण्डल र आनन्द शाह रहेका छन्। तीमध्ये रञ्जन मेहताको घटनास्थलमा र अन्य उपचारको क्रममा धरान लैजानेक्रममा मृत्यु भएको छ। ११ बढी कार्यकर्ता घाइते भएका छन्। २. प्रमुख प्रतिपक्षी एमालेको अभियान त्यही… पुरा पढौ

निर्वाचनलाई सकारात्मक दृष्टिले लिनुपर्दछ

१. सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ। सरकारले संविधान संशोधन र निर्वाचनलाई साथसाथै लैजाने प्रयास गरेको थियो। तर प्रतिपक्षी पार्टीहरूको सहयोग नभएकोले संशोधनका कुरा स्थगित गरेर सरकारले निर्वाचनको घोषणा गरेको हो। निर्वाचन देशकै लागि के-कति आवश्यक छ भन्ने कुरा जनताको उत्साहले देखाएको छ। २. संविधान कार्यान्वयन गर्नु हाम्रो पहिलो आवश्यकता हो। त्यो पहिलो आवश्यकता पूर्ति… पुरा पढौ