सम्पादकिय

ग्याँस उद्योगले सिकाएको पाठ

१. वीरगञ्जको सुपर ग्याँस उद्योगमा केही दिन पहिले आगलागी भई जनधनको ठूलो क्षति भए पछि ग्याँस उद्योग कहाँ रहनुपर्ने र कसरी रहनुपर्ने आदि इत्यादिबारे सोधखोज हुन थालेको छ। सरकारले ग्याँस उद्योग कहाँ कसरी रहनु पर्ने भन्ने सम्बन्धमा फाइल खोलेर त्यसको मापदण्ड हेर्दैछ । सरकारी प्रतिनिधिहरु ग्याँस उद्योग भएको स्थानमा निरीक्षणमा गएको समाचार सम्प्रेषण भएको छ। २. कतिपयले कसरी सोधखोज गरिन थालेको… पुरा पढौ

अबको ध्यान राष्ट्रिय सभाको गठनतिर

१. राष्ट्रपति विद्या भण्डारीले राष्ट्रिय सभाको गठनविधि सम्बन्धी अध्यादेश शुक्रवारका दिन प्रमाणीकरण गरेपश्चात राजनीतिमा केही हप्तादेखि चलेको जुहारी अन्त भएको छ। सरकारले सो अध्यादेश प्रमाणीकरणका लागि डेढ महिना पहिले राष्ट्रपति समक्ष पेश गरेको थियो। त्यसमा एमालेले विरोध गरेको कारण राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न ढिलाई गरेकी थिइन्। २. राष्ट्रपति भण्डारीले अध्यादेश सम्बन्धमा सबै पार्टीका शीर्ष नेताहरुलाई बोलाएर सबैको राय बुझेकी थिइन्।… पुरा पढौ

आलोपालो कस्तो होला ?

१. एमाले र माओवादी केन्द्रलाई मिलाएर एउटा पार्टीबनाउने प्रयासमा "आलोपालो" भन्ने शब्दले विवाद खडा गरेको छ। ती पार्टीका शीर्ष नेताहरुले चुनावी गठबन्धन गर्ने बेलामा सरकार र पार्टीको नेतृत्व उनीहरुले आलोपालो गरी गर्ने सहमति गरेका थिए। तर त्यो कुरा बाहिर आएमा त्यसले नराम्रो प्रभाव पार्ला भनी उनीहरुले त्यो कुरा गोप्य राखेका थिए। २. केही दिन पहिले ती दुर्इ पार्टीले काठमाडौंमा आयोजना… पुरा पढौ

शंकराचार्यका लागि प्रस्तुत हिमानन्द गिरि

१. नेपालकी एक महिला हिमानन्द गिरी महामण्डलेश्वरमा स्थापित भएपछि धार्मिक क्षेत्रमा उनी चर्चित बनेकी छिन्। महामण्डलेश्वरलाई धार्मिक क्षेत्रमा सेनापतिका रुपमा लिने गरिन्छ। त्यस्तो महत्वपूर्ण महामण्डलेश्वर पदमा आसीन उनै हिमानन्द गिरीले उत्तराखण्ड स्थित बद्रीनाथपीठ वदरिकाश्रमको शंकराचार्य पदको लागि प्रस्तुत भएपछि उनी चर्चाको शिखरमा छिन्। २. शंकराचार्य परम्परामा अझसम्म कुनै पनि महिला त्यस पदमा पुगेको रिर्कर्ड छैन। एक त अझसम्म कुनै पनि… पुरा पढौ

प्रदेशको राजधानी विवाद

१. जुन विषयमा पनि विवाद हुने गरेको हाम्रो राजनीतिक क्षेत्रमा अहिले प्रदेशको राजधानी कहाँ गर्ने भन्ने सम्बन्धमा विवाद बढ्दै गएको छ। धेरै महत्वाकांक्षा लिएर भरखरै निर्वाचित भएका जनप्रतिनिधिहरु मध्ये धेरैले आफ्नो सम्भाव्य स्थानलाई राजधानी बनाउन सम्बन्धित ठाउँका मानिसहरु उठाएर सडकमा उतार्ने समेत गरेका छन्। २. नीति निर्माताहरुले प्रदेशको राजधानी कस्तो हुनुपर्दछ र कस्तो ठाउँमा उपयुक्त हुन्छ भनी कहिले रेखाचित्र कोरेनन्।… पुरा पढौ

एमाले र माओवादी केन्द्रको एकता प्रयास

१. एमाले र माओवादी केन्द्रबीच एकता प्रयास भइरहेको सम्बन्धमा समाचार आइरहेका छन्। चुनाव भन्दा पहिले र माओवादी केन्द्रका नेताहरुले आफूहरुले चुनावका लागि गठबन्धन गरेको र चुनावको लगत्तै पार्टीएकीकरण गर्ने सहमति भएको जनाएका थिए। नेताहरुले गरेको त्यो गठबन्धन र सहमति गर्ने कुराले राजनीतिमा ठूलो तर· पैदा गरेको थियो। २. उनीहरुको त्यो गठबन्धनको प्रयास र त्यसपछि पार्टीएकीकृत हुन्छ भन्ने समाचारले स्थायी सरकार… पुरा पढौ

स्थानीय विकासको गति

१. स्थानीय तहको निर्वाचन भएको ६/७ महिना भएको छ। स्थानीय सरकार भनिएको स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो घोषणापत्रद्वारा धेरै सपना बाँडेका थिए। उनीहरूमध्ये केही आफूले पदभार ग्रहण गर्नासाथ जनताले परिवर्तन थाहा पाउने गरी काम गर्ने जनाएका थिए भने केहीले सय दिनमा एक एक काम गर्ने प्रतिबद्धता जनाएका थिए। २. विकास उन्नतिको सपना बाँड्न र प्रतिबद्धता व्यक्त गर्न हाम्रा राजनीतिक नेताहरू कोही… पुरा पढौ

राष्ट्रपति र सरकारबीच विवाद

१. सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सभाको गठन विधि सम्बन्धी विधेयक लामो समयदेखि राष्ट्रपति कार्यालयमा रोकिएकोमा चिन्ता व्यक्त गरेपछि  राष्ट्रपति र सरकारबीचको विवाद प्रष्ट रुपले बाहिर आएको छ। मन्त्री बस्नेतले सरकारले छिटो चुनाव सम्पन्न गराउने उद्देश्यले दुर्इ महिना पहिले नै त्यो विधेयक राष्ट्रपति समक्ष पेश गरेको बताएका छन्। २. यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले… पुरा पढौ

जलविद्युत योजना

१. नेपाल यो चुनावदेखि विकास निर्माण र समृद्धिको युगमा प्रवेश गरेको छ। चुनावको क्रममा ठूला पार्टीले प्रकाशित घोषणा पत्रमा यो कुरा प्रष्ट रुपमा उल्लेख गरेका छन्। चुनावमा प्रष्ट बहुमत ल्याएको एमाले र माओवादी गठबन्धनले पनि त्यो कुरा उल्लेख गरेकोले अब देश विकास निर्माण र समृद्धिको बाटोमा जान्छ, यो सबैको अपेक्षा हो। २. देशलाई विकास निर्माण र समृद्धिको बाटोमा लग्नका लागि… पुरा पढौ

सहयोगको भावना आवश्यक

१. भरखरै चुनाव जितेका एमाले र माओवादी केन्द्रको गठबन्धनका शीर्ष नेताहरु र चुनाव हारेका लोकतान्त्रिक गठबन्धनको सरकारमा रहेका शीर्ष नेताहरुको आपसी आरोप-प्रत्यारोप रुपी जुहारी चलेको सुन्दा देशमा फेरि एक पटक अनिष्ट हुन लागेको हो कि भन्ने परेको छ। ती दुवै पक्षको अरोप-प्रत्यारोपको स्वर चको हुँदै गएको छ। २. कम्युनिष्ट गठबन्धनका शीर्ष नेताहरु के.पी. ओली र पुष्पकमल दाहालले सरकारमा रहेका प्रधानमन्त्री… पुरा पढौ