सम्पादकिय

राष्ट्रपतिको चिन्ता

१. एमालेका पूर्व महासचिव तथा जनताको बहुदलीय जनवादको सिद्धान्तकारका रूपमा लोकप्रिय भएका मदन भण्डारीको रहस्यमयी दुर्घटनाबाट मृत्यु भएको सम्बन्धमा बराबर प्रश्न उठ्ने गरेको छ। तै पनि सरकारले उच्च स्तरीय न्यायिक आयोग वा त्यस्तै केही गठन गरेर रहस्यमयी दुर्घटनाको सत्यतथ्य पत्ता लगाउने प्रयास गरेको छैन। २. लोकप्रिय नेता भण्डारीको २०५० साल जेठ ३ गते पोखराबाट चितवन जाँदै गरेको उनी चढेको जीप… पुरा पढौ

आपराधिक कार्य रोक्नु आवश्यक

१. हाम्रो समाजमा हत्या, अपराध र यौन अपराधका घटनाको श्रृङ्खला लामो हुँदै गएको छ। प्रहरी प्रशासन र केही सामाजिक संस्थाहरुले यसको रोकथामको लागि केही प्रयास गरेको भएतापनि यो रोकिएको छैन। यो घटना नरोकिएको मात्र होइन, यो बढ्दै गएको छ। यो घटना यत्ति बढ्दै गएको छ कि यसले सबैलाई चिन्तित पारेको छ। २. केही समयदेखि यो आपराधिक घटनाले नयाँ मोड लिएको… पुरा पढौ

बौद्धस्थलको संरक्षण

१. कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिकास्थित निग्लिहवामा अवस्थित कनकमुनि बुद्धको जन्मस्थल अंकित अशोक स्तम्भको सरकारले हालै कलात्मक छहारी बनाएर संरक्षण गरेको छ। दशकौंदेखि वेवारिसे जस्तै अवस्थामा रहेको सो स्तम्भलाई यसरी छहारी बनाएर संरक्षण गरेकोमा स्थानीयवासीहरु र त्यहाँ दर्शन अवलोकन गर्न जाने पर्यटकहरु लगायत सम्बद्ध सबै खुशी भएका छन्। २. सरकारले रु. ३० लाख खर्च गरेर ६ मिटर लामो, चार मिटर चौडा… पुरा पढौ

धर्म परिवर्तनको कुरा

१. धर्म हाम्रो समाजमा एक यस्तो विषय भएको छ जसको आधारविना जीवनयापन नै सम्भव छैन भन्ने एक पक्ष छ भने अर्को पक्ष धर्मको के काम ?  धर्ममा लागेर के पाइन्छ र ? भन्नेहरु रहेका छन्। वषौर्ं वर्षदेखि विवादरहीत रहँदै आएको धर्म अब विवादास्पद भएको छ। यसले अन्यौलको स्थिति सिर्जना गरेको छ। २. धर्म मान्नेहरु आफ्नै किसिमले गइरहेका छन्। उनीहरुलाई यताउताको… पुरा पढौ

विश्वासको संकट

१. सरकार र सत्तारुढ पार्टीका नेताहरुले देशको विकास र निर्माणका काममा तीब्रता ल्याएर देशलाई छिट्टै समृद्धिको शिखरमा पुर्‍याउने कुरा भनेका भनेकै छन्। दिनहूँ उनीहरुको आत्मविश्वासले युक्त भएको भाषण सुन्दा अब देशले छिट्टै फड्को मार्छ भन्नेमा शंका गर्ने ठाउँ छैन। त्यसमा प्रधानमन्त्री के.पी. ओली र एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रभावकारी भाषण सुन्दा त कसैले त्यसलाई इन्कार गर्न सक्दैन। २. तर… पुरा पढौ

काङ्ग्रेसमा पराजयको चर्चा

१. नेपाली काङ्ग्रेस चुनावमा नराम्ररी पराजित भएको सम्बन्धमा फेरि एक पटक चर्चा भएको छ। नेपाली काङ्ग्रेसका नेताहरूले यसबीच विभिन्न माध्यमहरूबाट आफ्नो विचार सार्वजनिक गरेका छन्। त्यसरी सार्वजनिक गरिएको विचार हेर्दा उनीहरू आपसमा पूर्वाग्रही भएका र किन चुनाव हारियो भन्ने कुराको निष्पक्ष निचोड निकाल्न नसकेको प्रष्ट देखिन्छ। २. ठण्डा दिमागले सोचेर सम्यक विचार गर्नेतिर उनीहरूको ध्यान गएको छैन। संस्थापन पक्ष आफनो… पुरा पढौ

आचारसंहिता र आचरण

१. चुनावको बेला उम्मेदवारहरुले र राजनीतिक पार्टीरुले मतदाता समक्ष विकास र निर्माणका काम गरेर देश र  जनतालाई समृद्ध बनाउने धेरै -धेरै आशा, वाचा र प्रतिबद्धताहरु व्यक्त गरेका थिए। त्यो श्रंृङ्खला अझै जारी छ । फरक यत्ति छ कि हिजो उम्मेदवार र पार्टीरुले त्यसो गरेका थिए भने अहिले मन्त्री परिषद् र मन्त्रीहरुले त्यस्तो प्रतिबद्धता व्यक्त गर्ने गरेका छन्। २. त्यस्तो प्रतिबद्धता मध्ये… पुरा पढौ

क्रिकेटमा सफलता

१. नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट टोलीसँग एक दिवसीय म्याच खेल्ने मान्यता प्राप्त गरी सोमवार स्वदेश फर्केपछि काठमाडौंमा उनीहरुको भव्य स्वागत गरिएको छ। उनीहरुले जिम्बावेमा विभिन्न क्रिकेट टोलीहरुसँग म्याच खेलेर त्यो मान्यता प्राप्त गरेका हुन्। उनीहरुको यो सफलतालाई नेपालको क्रिकेट खेलको इतिहासमा ठूलो महत्व प्रदान गरिएको छ। २. नेपाली क्रिकेट खेलाडीहरुले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्ष भयो। तर खेलाडीहरुले… पुरा पढौ

राष्ट्रपतिको दोस्रो कार्यकाल

१.राष्ट्रपति विद्या भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी छन्। एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले उनलाई उम्मेदवार बनाएको थियो भने काङ्ग्रेसले उनको विरोधमा कुमारी लक्ष्मी राईलाई प्रत्याशी बनाएको थियो। उनको दोस्रो कार्यकाल प्रारम्भ पनि भएको छ। पहिलो कार्यकालले खारिएकी उनको दोस्रो कार्यकाल अरु राम्रो हुने अपेक्षा गरिएको छ। २. उनी विद्यार्थी अवस्थादेखि नै राजनीतिमा लागेकी थिइन्। उनको नाम त्यसबेला… पुरा पढौ

सवोर्च्च नै विवादमा फस्यो

१. विवादै विवाद उत्पन्न हुने हाम्रो समाजमा फेरि अर्को विवाद उत्पन्न भएको छ। यस पटकको विवाद अन्त होइन। सवोर्च्च अदालतमा उत्पन्न भएको छ। अरुको विवाद मिलाउने या न्यायनिसाफ गर्ने सवोर्च्च अदालत आफैै विवादको भूमरीमा फसेको छ। विवाद पनि अरुहरुबीच होइन, स्वयं न्यायाधीश र प्रधानन्यायाधीश बीच उत्पन्न भएको छ। २. सवोर्च्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले योग्यता र उमेरको विवादमा मुछिएका… पुरा पढौ