सम्पादकिय

क्रिकेटमा सफलता

१. नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट टोलीसँग एक दिवसीय म्याच खेल्ने मान्यता प्राप्त गरी सोमवार स्वदेश फर्केपछि काठमाडौंमा उनीहरुको भव्य स्वागत गरिएको छ। उनीहरुले जिम्बावेमा विभिन्न क्रिकेट टोलीहरुसँग म्याच खेलेर त्यो मान्यता प्राप्त गरेका हुन्। उनीहरुको यो सफलतालाई नेपालको क्रिकेट खेलको इतिहासमा ठूलो महत्व प्रदान गरिएको छ। २. नेपाली क्रिकेट खेलाडीहरुले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्ष भयो। तर खेलाडीहरुले… पुरा पढौ

राष्ट्रपतिको दोस्रो कार्यकाल

१.राष्ट्रपति विद्या भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी छन्। एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले उनलाई उम्मेदवार बनाएको थियो भने काङ्ग्रेसले उनको विरोधमा कुमारी लक्ष्मी राईलाई प्रत्याशी बनाएको थियो। उनको दोस्रो कार्यकाल प्रारम्भ पनि भएको छ। पहिलो कार्यकालले खारिएकी उनको दोस्रो कार्यकाल अरु राम्रो हुने अपेक्षा गरिएको छ। २. उनी विद्यार्थी अवस्थादेखि नै राजनीतिमा लागेकी थिइन्। उनको नाम त्यसबेला… पुरा पढौ

सवोर्च्च नै विवादमा फस्यो

१. विवादै विवाद उत्पन्न हुने हाम्रो समाजमा फेरि अर्को विवाद उत्पन्न भएको छ। यस पटकको विवाद अन्त होइन। सवोर्च्च अदालतमा उत्पन्न भएको छ। अरुको विवाद मिलाउने या न्यायनिसाफ गर्ने सवोर्च्च अदालत आफैै विवादको भूमरीमा फसेको छ। विवाद पनि अरुहरुबीच होइन, स्वयं न्यायाधीश र प्रधानन्यायाधीश बीच उत्पन्न भएको छ। २. सवोर्च्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले योग्यता र उमेरको विवादमा मुछिएका… पुरा पढौ

ओली शक्तिशाली प्रधानमन्त्री

१. प्रधानमन्त्री के.पी. ओलीले संघीय प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा जुन भारी समर्थन प्राप्त भयो, त्यसले उनलाई एक शक्तिशाली प्रधानमन्त्रीका रुपमा स्थापित गरेको छ। उनले प्रतिनिधि सभाको २७५ सदस्यमध्ये २०८ सदस्यको समर्थन प्राप्त गरेका छन्। उनको विपक्षमा नेपाली काङ्ग्रेस मात्र रहेकेा देखियो। उनको विपक्षमा ६० मत परेकेा थियो। २. चुनावमा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर चुनाव लडेकाले प्रधानमन्त्री… पुरा पढौ

चुनावको साता

१. देशमा जताततै राजनीतिको चर्चा छ।केही महिना पहिले स्थानीय तह, प्रदेश र संघीय चुनाव भएको थियो भने अहिले देशकै शीर्ष पदहरूको निर्वाचन हुनगइरहेको छ। यही हप्ता भित्र राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुख सबै पदहरूको निर्वाचन सम्पन्न हुँदैछ। त्यस हिसावले यो साता महत्वपूर्ण हुन गएको हो। २. सभामुखको पदमा निर्विरोध निर्वाचन भएको छ। सभामुख पदमा एमाओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित… पुरा पढौ

साहित्यका धरोहरको अवसान

१. नेपाली साहित्यका धरोहरकारुपमा स्थापित इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा मंगलवार भारतको दार्जिलिङस्थित आफ्नै घरमा निधन भएको छ । परदेशमा  जन्मेर तथा परदेशमै वसेर नेपाली भाषा र साहित्यको उन्नयनका लागि अथक प्रयाश गर्ने उनी समसामयिक साहित्यका अग्रज व्यक्तित्व थिए ।उनी नेपाली साहित्य आकाशमा सधैँ चम्किरहने छन् । २. उनले नेपाली साहित्यका किताबहरु रचना गरेरमात्र ख्याति कमाएका होइनन्, अपितु उनले नेपाली साहित्यमा आयाम नै… पुरा पढौ

सरकारको लागि अनुकूल वातावरण

१. ऋतु परिवर्तन भएको बेला छ। ठण्डा मौसम गएको छ। गर्मी मौसम आएको छैन। आजभोलिको मौसम सबैका लागि अनुकूल छ। प्रकृति खुल्ला छ। हिमाल राम्ररी देखिन्छ। फूलबारीमा फूलहरु फुलेका छन्। रुख विरुवामा पालुवा पलाउन लागेको छ। प्रकृति जति स्वच्छ र सुन्दर देखिन्छ, त्यस्तै गरी देशको राजनीति वातावरण पनि राम्रो देखिएको छ। २. एमाले र माओवादी सत्तारुढ भएका छन्। ती दुवै… पुरा पढौ

संसदको परीक्षाको घडी सुरु

१. नयाँ संविधान अनुसार निर्वाचित संघीय संसदका सदस्यहरुले काठमाडौंको संसद भवनमा आइतवार आयोजित विशेष समारोहमा शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण समारोहमा अधिकांश सांसदहरु दौरा सुरुवाल र कोट लगाएर सरिक भएका थिए भने केही आफ्नै जातीय भेषभूषामा सजिएर आएका थिए। संसद भवनको समारोह रंगिन देखिएको थियो। २. सांसदहरु विशेष खुशी देखिन्थे। यसमा पनि एमालेका सांसदहरु अरुभन्दा बढी नै उत्साही देखिन्थे।… पुरा पढौ

कर्णालीको उज्ज्वल भविष्य

१. विकासमा सबभन्दा पछि परेको भनिने प्रदेश नं. ६ को प्रदेश सभाले प्रदेशको नामाकरण तथा राजधानी तोक्नमा अन्य सबै प्रदेशहरुलाई उछिनेको छ। त्यस प्रदेश सभाको बैठकले आफ्नो प्रदेशको नाम कर्णाली र स्थायी राजधानी वीरेन्द्रनगर (सुखेत) तोकेको छ। त्यस प्रदेश सभाले त्यसरी प्रदेशको नाम र राजधानी तोकेपछि अरुलाई पनि आफ्नो प्रदेशको नाम र राजधानी तोक्न घच्घच्याएको छ। २ देशमा संघीयताको अवधारणा… पुरा पढौ

राजनीतिमा खेलकूदको प्रभाव

१. राजनीति राजनीति हो। खेलकूद, खेलकूद हो। यी दुवै बेग्लाबेग्लै विषय हुन्। त्यसैले यिनीहरुको के सम्बन्ध भन्नेहरु पनि छन् तर यिनीहरुको सम्बन्ध छ र कहिलेकाहीँ यिनीहरु एकले अकोर्लाई प्रभाव पार्दछन्। हालै दक्षिण कोरियामा सम्पन्न शीतकालीन ओलम्पिक खेलकूद त्यस्तै खेलकूद भएको छ, जसले समसामयिक राजनीतिलाई प्रभाव पारेको देखिएको छ। २. कोरियाको आपसी युद्ध पश्चात् १९५३ मा कोरिया प्रायद्वीप दुर्इ टुक्रामा विभाजित… पुरा पढौ