सम्पादकिय

पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा

१. नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा आज पर्यटकीय नगरी पोखरामा सुरु हुन गइरहेको छ। केन्द्रीय साधारणसभा १० गतेसम्म चल्नेछ। साधारणसभामा देशभरिका एक हजार बढी सभासद्ले भाग लिने भएकाले यसलाई यहाँ महत्त्वका रूपमा हेरिएको छ। पर्यटकीय नगरी पोखरा सहभागीहरूको स्वागत गर्न उत्सुकतापूर्वक प्रतीक्षा गरिहेको छ। २. केन्द्रीय साधारणसभाले मुलुकको अन्यौलपूर्ण वातावरणका बारेमा आम सञ्चारकर्मी तथा राज्यको चौथो अ· मानिएको पत्रकारिता क्षेत्रको… पुरा पढौ

अख्तियार प्रमुख बनाउने कुरा

१. अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि उच्चस्तरीय राजनीतिक समितिले लोकमानसिंह कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको कुरा बाहिर आएपछि त्यो विवादको विषय भएको छ। कार्की अख्तियारका अभियुक्त र दरबार पक्षधरका रूपमा चिनिन्छन्। त्यस्तो व्यक्तिलाई समितिले किन सिफारिस गर्‍यो, रहस्मयी भएको छ। २. उच्चस्तरीय राजनीतिक समितिमा उनको नाम एकीकृत माओवादीले प्रस्ताव गरेको हो। लोकमान सिंह कार्कीले ऐतिहासिक आन्दोलन दबाउन शक्ति… पुरा पढौ

निर्वाचन आयोगमा छिटो पदपूर्र्ति गर

१. आन्तरिम चुनावी मन्त्रिपरिषद्ले सोमबार पूर्णता पाएको छ। यसअघि मन्त्रिपरिषद्का अध्यक्षसहित तीनजना मन्त्री थिए। अहिले पहिले बताइएअनुसार एघार जना सदस्य रहेका छन्। जसमा एक जना महिला छन्। मन्त्रिपरिषद्का सदस्यहरू सबै पूर्ण प्रशासक छन्। अब पालो रहेको छ, निर्वाचन आयोगका पदाधिकारीहरूको। २. निर्वाचन आयोग पदाधिकारीविहीन छ। त्यहाँका पदाधिकारीहरूको सबैको म्याद पूरा भएर बाहिर गएका छन्।त्यहाँ कर्मचारीहरू दृष्टिगत गरेर सरकार र उच्चस्तरीय… पुरा पढौ

सरकारको प्रारम्भिक काम

१. प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम मन्त्रिपरिषद् गठन भएको एक साता पुग्न लागेको छ। अन्तरिम मन्त्रिपरिषद् गठन भएपछि नेताहरूले देश अब चुनावी माहौलमा प्रवेश गरेको बताउन थालेका छन्। उनीहरूले आफ्ना कार्यकर्ताहरू त्यहीअनुसारको निर्देशन पनि दिएका छन्। २.     उच्चस्तरीय राजनीतिक समितिले संविधानसभाको निर्वाचन आगामी असार ४ गते तोक्न सरकारलाई सुझाव दिएको सार्वजनिक भएको छ। तर नेताहरूको कुरा जति अघि बढिरहेको छ,… पुरा पढौ

समाजसेवी लिगलको निधन

१. पाल्पा तानसेनका ख्यात्रि्राप्त समाजसेवी भुयुमान लिगलको गत शुक्रबार प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा निधन भयो। उनी ९२ वर्षका थिए। केही समयदेखि उनी निमोनियालगायत विभिन्न रोगबाट पीडित थिए। एक महिना पहिलेदेखि आइसीयूमा राखी उनको उपचार भइरहेको थियो। उनका पाँच छोरा र दुर्इ छोरी छन्। २. तानसेनमा भुयुमान लिगलको आफ्नो छुट्टै पहिचान थियो। समाजसेवा भनेपछि उनी हुरुक्क भएर लाग्दथे। वृद्ध उमेरमा पनि… पुरा पढौ

डा. भट्टराईको कार्यकाल

१.     नेपालका तीन ठूला राजनीतिक पार्टीर मधेसी मोर्चाले चुनावी सरकार गठन गर्ने सम्बन्धमा महत्त्वपूर्ण सहमति गरेका छन्। त्यो सहमतिअनुसार तीन वटा महत्त्वपूर्ण काम भएका छन्। तीमध्ये एक संविधान संशोधन गरी चुनावका लागि बाधा अवरोध फुकाउने काम भएको छ भने अर्काे प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भएको छ। त्यसअघि सहमतिअनुसार काम चलाउ प्रधानमन्त्री डा. भट्टराई सरकारको बहिगर्मन भएको छ।… पुरा पढौ

एसएलसीका परीक्षार्थीलाई शुभकामना

१  यस वर्षको एसएलसी परीक्षा आजदेखि सुरु हुँदैछ। परीक्षा चैत ९ गतेसम्म सञ्चालन हुने छ। यस वर्ष परीक्षामा पाँच लाख ४७ हजार १६५ जना सहभागी हुने जनाइएको छ। तीमध्ये चार लाख ३० हजार ९७ जना नियमिततर्फ र एक लाख १७ हजार १६५ जना एक्जाम्टेड तर्फका छन्। हामी सम्पूर्ण परीक्षार्थीलाई सफलताको लागि अग्रिम शुभकामना व्यक्त गर्दछौं। २. विद्यार्थीका लागि यो परीक्षा… पुरा पढौ

सरकारको शिक्षा निर्देशिका

१.     लामो विचार विमर्शपश्चात् शिक्षा मन्त्रालयले हालै जारी गरेको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६८ विवादमा परेको छ। निजी विद्यालयका सञ्चालकहरूले सरकारी निर्देशिका नमान्ने धम्की दिएका छन्। सञ्चालकहरूले आफूले प्याब्सनमार्फत दिएको ३९ बुँदे सुझावको बेवास्ता गरेको गुनासो गरेका छन्। २. निर्देशिकामा एउटा कक्षामा कम्तीमा २२ जना, माध्यमिक तह सञ्चालन भएका विद्यालयमा कम्तीमा दुर्इ सय बीस जना, निम्न माध्यमिक तह… पुरा पढौ

नयाँ सरकारको सम्भावना

१. नयाँ सरकार गठन गर्ने कुरा धेरै भए। प्रधानमन्त्रीको नाम पटक-पटक प्रस्तावित भए। नयाँ सरकार जति छिटो हुन्छ भनियो, उति पर पुगेको छ। जति सरकार गठन गर्न ढिलाइ भयो, उति चुनाव पनि पर सरेको छ। चुनावको म्याद पनि दुर्इ पटक सरिसक्यो। अब तेस्रो पटक सर्न बाँकी छ। २. प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर जेठमा चुनाव गराउने कुरा चलेको पनि महिना दिन बित्न… पुरा पढौ

पोखराका कर्मठ नारीहरू

१. कलाकार मिलन शेरचनको ‘सुन्दर पोखराका कर्मठ नारीहरू’ शीर्षकको एकल फोटो प्रदर्शनी पोखराको महेन्द्रपुलस्थित पिएसएम आर्ट ग्यालरीमा सुरु भएको छ। सिर्जनशील कलाकार समूह पोखराद्वारा आयोजित त्यस प्रदर्शनी पाँच दिनसम्म चल्ने आयोजकहरुले बताएका छन्। २.     कलाकार मिलन शेरचन सुकेको झारपातबाट क्यानभासमा आकृति सिर्जना गरी बनाइने जापानी कला ‘हानानो ओसिवाना’ का सिद्धहस्त कलाकार हुन्। उनलाई हानानो ओसिवाना कला नेपाल भित्र्याउने पहिलो कलाकार… पुरा पढौ