सम्पादकिय

सहमतिमा सबै आउनु आवश्यक

१.  सरकार आफ्नै नेतृत्वमा हुनुपर्दछ भनेर अडान लिइरहेका ठूला राजनीतिक पार्टी रूले अन्ततः निर्वाचन प्रयोजनका लागि प्रधानन्यायाधीशको नेतृत्वको सरकार गठन गर्न सहमत भएका छन्। मधेसवादी दललगायत ठूला तीन दलले प्रधानन्यायाधीशको नेतृत्व स्वीकारेर समाचार बाहिर आएपछि सर्वसाधारणले सन्तोषको श्वास फेरेका छन्। २.     ती चार दलले चुनावी सरकारको नाम अन्तरिम चुनावी मन्त्रिपरिषद् राख्ने, मन्त्रिपरिषद्मा अध्यक्षसहित ११ सदस्य रहने र चुनावी सरकारले आगामी… पुरा पढौ

फागुन ७ गते प्रजातन्त्र दिवस

१. आजको दिन नेपालको इतिहासमा विशेष उल्लेखनीय रहेको छ। आजकै दिन अर्थात् २००७ सालको फागुन ७ गते नेपालमा एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त भइ प्रजातन्त्रको उदय भएको थियो। प्रजातन्त्रको उदय भएको त्यस घटनालाई युगान्तकारी घटनाको रूपमा इतिहासमा वर्णा गरिएको छ। २.     नेपाली काङ्ग्रेसको नेतृत्वमा त्यसबेला देशव्यापी आन्दोलन भएको थियो। राणा शासनको विरुद्धमा भएको त्यस आन्दोलनमा त्यसबेलाका राजा त्रिभुवनको पनि साथ… पुरा पढौ

प्रणय दिवस

१. आज युवायुवतीहरूको आकर्षक दिन प्रणय दिवस अर्थात अङ्ग्रेजीमा भ्यालेन्टाइन डे। प्रणय अर्थात प्रेम भन्ने शब्दले नै युवायुवतीमा एक किमिसको कौतुलहता ल्याउँछ। शरीरमा सम्वेदना प्रकट हुन्छ र एक अर्काप्रति आकर्षण पैदा गर्दछ। उनीहरू एक अर्कासँग हेलमेल गर्न चाहन्छन् र नजिक हुने प्रयत्न गर्दछन्। आजको दिन त्यसको लागि उपयुक्त समय मानिन्छ। २.  युवायुवती एक अर्कासँग नजिक हुन र हेलमेल गर्न एकले… पुरा पढौ

सहमतिको खोजी सकारात्मक

१. राष्ट्रपति डा. रामवरण यादवले चुनावी सरकारका लागि केही दिन यता सघन प्रयास गरिहेकाले राजनीतिमा आशाको किरण देखा परेको छ। राष्ट्रपति डा. यादवले ठूला पार्टीका नेताहरूलाई दिनदिनै आफ्नो निवासमा बोलाएर बैठक गराइरहेका छन्। उनको निरन्तरको प्रयासस्वरूप नेताहरू प्रधानमन्त्री छान्ने काममा सहमति नजिक पुग्न लागेको आभास भएको छ। २.     राष्ट्रपतिको यो प्रयासले गर्दा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आफूबाहेक अरु वैधानिक प्रधानमन्त्री… पुरा पढौ

पार्टीभन्दा देश ठूलो

१. राजनीतिक निकासको अभावमा देशको अवस्था अन्यौलग्रस्त छ। सहमति गछौर्ं भन्ने नेताहरू सहमतिको लाइन छोडेर आन्दोलनतिर लागेका छन्। उनीहरू आन्दोलनबाट नै एकले अकोर्लाई बाध्य पार्ने मनस्थितिमा छन्। तर उनीहरूले एकले अर्कालाई कहिलेसम्म बाध्य पार्ने हुन्, त्यो कसैले भन्न सक्ने अवस्था छैन। त्यतिबेलासम्म देशले के कति क्षति व्यहोर्नुपर्ने हो, त्यो पनि भन्न सकिँदैन। २. राजनीतिक नेताहरू सामान्यतया असफल भएका छन्। संविधानसभाबाट… पुरा पढौ

डेकेन्द्रको मुद्दा अदालतमा

१. पत्रकार डेकेन्द्रराज थापाको हत्यासम्बन्धी मुद्दा अब अदालतमा दायर गरिएको छ। प्रहरी प्रतिवेदनको आधारमा सोमबार जिल्ला न्यायाधिवक्ताको कार्यालयले हत्यामा संलग्न नौ जना अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजायँ माग राखी मुद्दा दर्ता गरेको छ। मुद्दा अदालतमा पुगेपछि डेकेन्द्र हत्या केशको एक महत्त्वपूर्ण अ· पूरा भएको छ। २. खानेपानीसम्बन्धी वार्तामा बोलाइएका पत्रकार डेकेन्द्र थापालाई माओवादी कार्यकर्ताहरूले २०६१ असार १२ गते अपहरण गरी यातना… पुरा पढौ

शहीदको सपना के थियो, के भयो

१. शहीद सप्ताहको आखिरी दिन आज शहीद दिवस। राणा शासनको विरुद्धमा लागेर प्रजातन्त्रका लागि चार अमर शहीदहरुले आफ्नो ज्यानको बलिदान दिएका थिए। ती चार अमर शहीदमा शुक्रराज शास्त्री, दशरथचन्द्र, धर्मभक्त र गंगालाल श्रेष्ठ थिए। उनीहरूकै सम्झनामा माघ १६ लाई शहीद दिवसका रूपमा मनाउन लागिएको हो। २.     राणा प्रशासनलाई उनीहरुलाई फाँसी दिए पछि देशमा राणा शासनको विरुद्धमा असन्तोष बढेको थियो भने… पुरा पढौ

पत्रकारहरू विस्थापित

१. दैलेख जिल्ला फेरि एकपटक चर्चामा आएको छ। यसपटक दैलेखका पत्रकारहरू आफ्नो सुरक्षा नभएको भन्दै सुरक्षाको लागि र्सुखेतमा आएकाले दैलेख एफएम रेडियोहरू बन्द छन्। दैलेख सञ्चारविहीन भएको छ। आजको २१ औं शताब्दीमा पनि कुनै जिल्ला त्यस्तो हुनु दुर्भाग्यको कुरा हो। २. पत्रकार डेकेन्द्रराज थापाको हत्या प्रकरणको अभियुक्तहरू थुनुवामा परेपछि त्यहाँका माओवादी कार्यकर्ताले पत्रकारहरूलाई धम्क्याउन थालेका थिए। हत्या प्रकरण कारबाहीमा धेरै… पुरा पढौ

विश्व कुष्ठरोग दिवस

१. आज विश्व कुष्ठरोग दिवस हो। कुष्ठरोग निको हुन्छ। निको पार्न सकिन्छ। कुष्ठरोगीलाई हेर्ला गर्ने होइन, माया गर्नुपर्दछ भनेर अभियान सञ्चालन भएको ६० वर्ष भएको छ। यो ६० वर्षमा कुष्ठरोग निको पार्ने क्रममा धेरै प्रगति भएको छ। तर यसको पूर्ण रूपले निवारण भएको छैन। अझै पनि यो रोग देखा पर्ने गर्दछ। नेपालमा पनि यस क्षेत्रमा धेरै प्रगति भएको छ। २.… पुरा पढौ

दैलेखको सन्देश

१. अहिले फेरि एकपटक सबैको ध्यान दैलेख पुगेको छ। दैलेखमा अस्ित सोमबार सत्तारूढ एकीकृत माओवादी पार्टी र विपक्षी पार्टीहरूका बीच भिडन्त भयो। पटक-पटक भएको भिडन्तमा दर्जनौं कार्यकर्ता घाइते भएका छन्। दैलेखमा सोमबार एकीकृत माओवादी पार्टीो जिल्ला अधिवेशन आयोजना गरिएको थियो भने प्रतिपक्षी पार्टीहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दैलेख पस्न नदिन त्यहाँ बन्द र विरोध सभाको आयोजना गरेका थिए। २.     यसअघि… पुरा पढौ