सम्पादकिय

पोउवा संघको महाधिवेशन

१. पोखराको सबभन्दा जेठो र ठूलो संस्थाको रुपमा रहेको पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशन आज प्रारम्भ हुँदैछ भने चुनाव भोलि शनिवार सम्पन्न हुन गइरहेको छ। चुनावको चहल-पहल केही दिनदेखि बढ्दै गएको छ। चुनावको चर्चाले पोखरा एक किसिमले तातेको छ। २. पोखरा उद्योग वाणिज्य संघ २०११ सालमा स्थापना भएको हो। यो संघ उद्योगी र व्यापारीहरुको व्यवसायिक संघ हो तापनि… पुरा पढौ

दुर्इतिहाइ सरकारको गति

१. प्रधानमन्त्री के.पी. ओलीले दुर्इतिहाइ बहुमतका साथ सरकार सञ्चालन गरिरहेका छन्। सरकारले दुर्इ तिहाई बहुमत पाउनु ठूलो कुरा हो त्यो दुर्लभ हुन्छ। त्यो दुर्लभ कुरा उनले पाएका छन्। यो सरकारले स्थायित्व पाउँछ र राम्रो कामगर्दछ भनी सबैले आशा अपेक्षा गरिरहेका छन्। त्यसमा पनि प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको नारा अघि सार्दा त्यसलाई सबैले उत्सकुतापूर्वक प्रतीक्षा गरिरहेका छन्। २.… पुरा पढौ

संविधानको पालना गरौं

१. एउटा राष्ट्रको जीवनमा संविधानले धेरै माने राख्दछ। संविधानले राज्यले अपनाउने राजनीतिक व्यवस्था यस्तो हुनुपर्दछ भनी प्रष्ट नीति निर्देशन गर्दछ। संविधानले आर्थिक गन्तव्यको निर्देशन पनि गरेको हुन्छ भने एक जना नागरिकको मौलिक हकको ग्यारेन्टी पनि गरेको हुन्छ। २. संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको क्षेत्र र अधिकार सुनिश्चत गरेको हुन्छ। हाम्रो संविधानले पहिलो पटक संघीय व्यवस्थाको अवधारणा ल्याएको छ। समाजवाद उन्मुख… पुरा पढौ

अरिगांलदेखि सावधान

१. प्रधानमन्त्री के.पी. ओली जेलनेल खाएका, तल्लो तहदेखि संघर्ष गर्दै पार्टीका अध्यक्ष भएका सशक्त नेता हुन्। सरकारमा पनि उनी त्यस्तै संघर्ष गर्दै प्रधानमन्त्री भएका हुन्। उनको बोली कडा छ, आक्रामक छ। त्यसै भएकोले राजनीतिमा ओलीको बोली भन्ने गरिन्छ। उनी उखान टुक्का भन्नमा पनि माहिर छन्। २. गत चुनावमा उनले माओवादी पार्टी’ग मिलेर चुनाव लडे। चुनावमा उनको पार्टीसबभन्दा ठूलो पार्टीभएर सत्ता… पुरा पढौ

महत्वपूर्ण प्रस्तताव पारित

१. संसदले दिनहुँ जस्तो विधेयक पारित गर्दछ। तर त्यो प्रस्तावको त्यति चर्चा हुँदैन। अस्ित संसदले पारित गरेको जनस्वास्थ्य सम्बन्धी विधेयक भने सर्वसाधारणले समेत वडो रुचिका साथ हेरेका थिए। तिनीहरुले त्यो प्रस्तावलाई हेरेको मात्र होइन, त्यसको सराहना पनि गरेका थिए। २. सर्वसाधारणले समेत अभिरुचि राखेर हेरेको प्रस्ताव हो ? विशिष्ट व्यक्तिको उपचार खर्च सम्बन्धमा । विशिष्ट व्यक्तिलाई राज्यको खर्चमा विदेशमा उपचार गर्न… पुरा पढौ

पोखरा वसपार्कको निर्माण कहिले ?

१. नया संविधान निर्माण भएपछि देशमा नया संरचना बनेको छ । नया संरचना अनुसार निर्वाचन सम्पन्न भएको पनि एक वर्ष वितिसकेको छ । यस बीच पोखरा उपमहानगरपलिका पनि पोखरा महानगरपालिकामा स्तरोन्नति भएको छ । नया संरचना अनुसार गण्डकी प्रदेशको सरकार बनेको छ । पहिले झैँ पोखरा नगर योजना समिति पनि छ । २. पोखराको विकास निर्माणका लागि सबै अंगहरु पूरा भएको अवस्था छ । ती अंगहरुले… पुरा पढौ

सूचनामूलक पर्व तीज

१. केही दिनदेखि हाम्रो गाउँ, शहर बजारमा रंगीचंगी पोशाकमा महिलाहरूको आवतजावतले तीज आएको संकेत गरेको छ। त्यति मात्र होइन रेडियो, टेलिभिजनहरूले तीजका गीतहरू बजाएर तथा नाचहरू देखाएर घरका कोठाहरूको वातावरणसमेत तीजमय बनेको छ। तीज यति व्यापक भएको छ कि अब यसको प्रभावबाट कोही पनि टाढा रहन सक्दैन। २. तीज हिजो व्यक्ति र परिवारले आआफनै किसिमले मान्ने गर्दथे भने अहिले त्यसको… पुरा पढौ

लिम्पियाधुरा हाम्रो हो

१. केही दिनदेखि नेपालको नक्साको सम्बन्धमा चर्चा बढ्दै गएको छ। चर्चा अनुसार हेलो सरकारको टुइटमा राखिएको निशान छाप भएको नेपालको नक्सा त्रुटिपूर्ण छ। त्यस नक्सामा दार्चुला जिल्लाको कालापानीको टुप्पाको एक भाग लिम्पिया धुरा हटाइएको छ। जसले गर्दा नेपाली भूभाग ३१० वर्ग किलोमिटर खुम्चिन गएको छ। २. हेलो सरकार यस्तो ठाउँ हो जहाँ प्रधानमन्त्री के.पी. ओली विराजमान भएर त्यहाँ आएका राष्ट्र,… पुरा पढौ

प्रदेश सरकारका नौ मागहरु

१. प्रदेश सरकारहरुले आफ्नो सरकार सञ्चालनमा आउँदादेखि नै केन्द्र सरकारबाट आवश्यक अधिकार प्रत्यायोजन हुने आशा अपेक्षा गरेका थिए। प्रदेश सरकारहरुले केन्द्रतिर जतिसुकै हेरे पनि अधिकार नपाएपछि गुनासो गर्न थाले। गुनासो गरेर पनि केही नभएपछि उनीहरु केन्द्रप्रति रुष्ट पनि बने। २. प्रदेशका मुख्य मन्त्रीहरुले केन्द्र सरकारले संघीयता नचाहेको सम्म भनेर आरोप पनि लगाए। केही कुरामा केन्द्र र प्रदेशका बीच जुहारी पनि… पुरा पढौ

बलिको बोकाको खोजी

१. राजनीतिमा अझ भनौँ सरकारमा समय-समयमा बलिको बोका खोज्ने गरिन्छ। अहिले हाम्रो सरकारमा पनि बलिको बोका खोज्न थालिएको बुझिएको छ। सरकारमा कामकुराप्रति जनता निराशभएमा, विवाद धेरै उत्पन्न भएमा तथा सरकार असफलहुने अवस्थामा पुगेका राजनीतिका चतुर खेलाडीहरुले मन्त्रीहरुलाई बलिको बोका बनाउँछन्। २. दुर्इ तिहाइ बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीको सरकारले चमत्कारीक  काम गर्ने छ भनी जनताले आशा अपेक्षा गरेका थिए। सरकारको… पुरा पढौ