लेख

काँग्रेसको नेतृत्व र समाजवादी साख

केही दिन अगाडि हो विवेकशील साझा पार्टीे डा. गोविन्द के.सी. को अनशनको सर्न्दर्भलाई लिएर नेपाली काँग्रेसलाई "पानी माथिको ओभानो" नबन्न सम्झायो। विवेकशीलको यो भनाइ डर मिश्रति थियो भनेर बुझन गाह्रो छैन। कारण प्रष्ट छ- गोविन्द के.सी. को आन्दोलनमा देखिएको काँग्रेसजनहरुको अभूतपूर्व सहभागिता। शायद डर रहृयो विवेकशीललाई कि कतै गोविन्द के.सी. को एजेण्डा काँग्रेसको एजेण्डा नबनोस्। यो सर्न्दर्भ यस अर्थमा यहाँ… पुरा पढौ

सकियो आषाढको चटारो

आषाढ महिना आम नेपालीको लागि व्यस्त हुने महिना हो। खेतीपातीको लागि चाहिने पानीको लागि मनसुन शुरु भइसक्ने महिना हो। जमीन अरु महिनामा बाँझै रहे पनि धान रोप्न माचामाच हुने महिना हो। आषाढ १५ त्यसैले दही च्युरा खाने दिन, हिलोमा टेक्नुपर्ने दिन अनि धान दिवसको रुपमा पर्व मनाउने दिन पनि हो। यही आषाढ महिनामा फलहरुमा राजा मानिने आँप बजारमा आउने र… पुरा पढौ

वी.पी. स्मृति दिवस र नेपाली काँग्रेस

महामानव विश्वेश्वरप्रसाद कोइराला नेपालको राजनीतिक आकाशका मूधन्य व्यक्तित्व हुन् । नेपाली काँग्रेसको राजनीतिक सिद्धान्तको मूल मन्त्र वि.पी. को समाजवाद हो । समाजवाद भन्नाले समाजमा रहेका आर्थिक विषमता हर्टाई समुन्नती ल्याउनुपर्छ भन्ने र देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्ताका साधनमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने राजनीतिक सिद्धान्त समाजवाद हो । साझा भनेको सबै नेपालीको समान… पुरा पढौ

मृत्यु संस्कार र सुधार

नेपालका राजनैतिक नेताहरु मध्ये सामाजिक मृत्युसंस्कारको सम्बन्धमा परिवर्तनकारी विचारका प्रवर्तक वि.पि. कोर्इराला हुन्। वी. पी. ले मृत्युपूर्व आफ्नो श्रीमती शुसिला कोर्इरालालाई म मरे पछि चुरा न फुटाउनु, सेतो सारी होर्इन रातो सारी नै पहिरिनु भनेका रहेछन्। वि.पि. को देहावसान भएपछि घाटमा लैजाने अवस्थामा उनका दाज्यू मातृका प्रसाद कोर्इरालाले आफ्ना माईला छोरा कमल कोइरालालाई जा यहाँ दागवत्ती दिने वेलाभयो, सुशीला र… पुरा पढौ

शान्तिक्षेत्रको प्रस्तावमा पुष्पलाल र वी.पी.

श्रावण महिनाको पहिलो हप्ता दुर्इ युगपुरुष वी.पी. कोइराला र पुष्पलालको स्मृति दिवस पर्दछ। यी दुवैसँगका भेट र संवादका विषयहरु जहिले पनि उपयोगी रहन्छन्। क.पुष्पलालसँग त मेरो लामो संगत भयो-सुखदुःखमा। उनीसँगका संगतले ममाथि स्थायी छाप पनि परेको छ। यस सम्बन्धमा मैले धैर्यताका साथ लेख्न सक्ने हो भने एउटा पठनीय पुस्तक बन्छ भन्ने लाग्छ। तर, त्यो धैर्यता र पूर्ण मेहनत गर्न नसक्ने… पुरा पढौ

सत्ता कब्जाको बाटोमा नेकपा सरकार ?

संसारभरका कम्युनिष्टहरुको एउटै उद्देश्य ढीलो चाँडो सत्ता कब्जा गर्नु हो। सत्ता कब्जा गर्न पुरानो सत्ताका सबै संरचनालाई ध्वस्त बनाउनै पर्छ। जुन नेपालका कम्युनिष्टहरुले गर्दै आएका छन्। कम्युनिष्टहरुको जीवन शैली दरवारीया बादशाहाको भन्दा कम छैन। विदेशीको ऋणमा करोडौँ पर्ने गाडी चढ्ने,सुकिला,मुकिला लुगा, सुरा सुन्दरी र आलीसान महलमा राज गर्ने नेपालका कम्युनिष्टहरु अहिले सत्ता कब्जाकै बाटोमा छन्। सत्ता कब्जा गर्न सफल हुनु… पुरा पढौ

पोखराको पहिचानः चौतारा, पोखरी र पाटन

सगरमाथाको देश, बुद्धको देश भन्नासाथ नेपाल बुझिए जस्तै पोखराको पनि छुट्टै पहिचान छ, चौतारा, पोखरी र पाटन। प्राचीन कालदेखि नै आनन्ददायक विश्रामस्थलको प्रतीक चौतारा, पोखरा नामाकरणलाई सहयोग पुर्‍याउने पोखरी, विशाल चौर (पाटन) जस्ता क्रीडास्थलले पोखरालाई जीवन्त बनाउँदै आएको छ। यहाँको भूगोल, सौर्न्दर्यता र प्राकृतिक सम्पदा अमूल्य छन्। अन्तर्राष्ट्रिय परिवेशमा यस्ता पर्यावरणीय संयोग कतै जुटेको पाइदैन। वायुलाई शुद्ध गर्ने, सुन्दरता थप्ने… पुरा पढौ

माननीय रवीन्द्र अधिकारीलाई खुल्ला पत्र ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीज्यू, तपाईर्ंसँग आमजनताको जुन अपेक्षा र भरोसा थियो, मन्त्री भएको छोटो समयमा नै त्यसमाथि धेरै नै प्रश्न चिह्नहरू खडा भएका छन्। लोकगायक प्रवीण गुरुङ्को सवारी दुर्घटनालाई लिएर तपाईले त्यतिबेला ठूलो चुनौती र साहसका साथ तत्कालीन शाहज्यादा पारस शाहलाई कारवाहीको चर्को आवाज उठाउनु भएको थियो। राजाको  शासनको बेलामा पारसका विरुद्ध चुर्इक्क बोल्न नसक्ने अवस्थामा तपाईले… पुरा पढौ

राष्ट्रहरु तेस्रो विश्वयुद्ध उन्मुख ?

अहिलेको विश्वमा निकै परिवर्तनहरु भइरहेका छन्। उच्च प्रविधिको विकास सँगै आतंकवादले नयाँ नयाँ प्रयोग गरी राष्ट्रहरुलाई चुनौतीका चाङहरु थपिदिएका छन्। राजनीतिक रुपमा पनि मुलुकहरूको धु्रवीकरण हुने प्रक्रियामा समेत परिवर्तनको आभास देखा पर्दैछ। शीतयुद्धका संभावनालाई नकार्न नसक्ने स्थिति देखापर्दैछ। एक राष्ट्रले अको राष्ट्रको गतिविधिलाई नियाल्ने, चासो दिने र आवश्यक परे हस्तक्षेप गर्ने प्रचलन बढ्दो छ। वाकयुद्धमा कोही मुलुक पनि कोही भन्दा… पुरा पढौ

बजेट कार्यान्वयन र सालतमामी : एक समीक्षा

नेपालमा प्रजातन्त्र आगमनसँगै वि.सं २००८ माघ २१ गते सरकारले प्रशासनको विभिन्न पक्षलाई सुदृढ एवम् सबल बनाउने उद्देश्यअनुरूप विभिन्न ठोस कदम चाल्ने क्रममा सरकारी बजेट प्रणाली लागु गरेको प्रारम्भिक इतिहास छ। स्याहा स्रेस्ता प्रणाली अपनाउँदै आएकोमा २०१८ सालमा नयाँ स्रेस्ता प्रणाली लागु भएको हो। बजेट व्यवस्थाको एक प्रमुख कदम आर्थिक वर्ष २०१३/२०१४ मा प्रारम्भ गरिएको हो। यही वर्षदेखि बजेटलाई साधारण र… पुरा पढौ