लेख

संघीय शासन प्रणाली र प्रदेश सरकार

राजनीतिक अभ्यासको विश्व इतिहासमा संघीयताका विभिन्न मोडल र अवधारणहरु विकाशित भैरहेका छन। यसमध्ये संघीयताको पछिल्लो अभ्यास नेपालमा स्थापित संघीयतालाइ लिन सकिन्छ। अहिलेसम्म २८ मुलुकमा कार्यान्वयन भैरहेको संघीय शासन प्रणाली भन्दा नेपालको संघीय शासन प्रणालीको आफनै विशिष्ठता र मौलिकतामा आधारित प्रणालीका रुपमा विकशित हुदैछ। संविधानको मौलिक विशिष्ठता अनुरुप संघीयताको अभ्यास भइरह'दा प्रदेशको विषयमा केही भ्रमहरु सृजना गर्न खोजि'दै छ  र प्रदेश … पुरा पढौ

लोकतन्त्रको चीर हरण गर्दै ओली सरकार

वि.सं.२०७४ सालको संसदीय निर्वाचनमा प्रचण्ड बहुमत प्राप्त गरी पार्टीको स्थिति मजबुत बनेपछि तत्कालीन एमाले नेता केपी ओली आफू प्रधानमन्त्री बन्न निकै हतारिए। सम्पूर्ण मत गणना सम्पन्न नहुँदै र सांसद सदस्यको शपथ नखाँदै उनी प्रधानमन्त्रीमा नियुक्त भए। प्रधानमन्त्री बन्नु अघि राष्ट्रिय सभा गठनको सर्न्दर्भमा जारी भएको अध्यादेश प्रकरणमा बहुमतीय पद्धति स्थापित गर्न आफ्नै पार्टीका नेतालाई मात्रै गुहारेनन् राष्ट्रपति पदको समेत दुरुपयोग… पुरा पढौ

सुविधा भोगी नेता र प्रशासक

नेता भनेका कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व्यक्ति हुन्, कुनै समाजमा नेतृत्व दिन सक्ने व्यक्ति, अगुवा नेता हो। राज्य, सङ्घ, संस्था कार्यालय आदिका माथिल्लो तहको प्रबन्धक, राज्यको शासन वा प्रबन्ध गर्ने व्यक्ति, शासन कर्ता, शासन गर्ने, शासन चलाउने व्यक्तिहरु प्रशासक हुन्। राज्यको शासन चलाउने अधिकार नेता र प्रशासकहरुमा नै निहित हुन्छ। यिनीहरु देशका शासक हुन् भने सर्वसाधारण… पुरा पढौ

रोकिएन असारे विकास

वि.सं. ०७४/०७५ आर्थिक वर्ष पनि सकियो। समृद्धिको लागि ल्याइएको ०७५/०७६ को बजेट कार्यान्वयन गर्ने दिन पनि शुभयो। आषाढे विकास रोकिएन, आषाढ महिनामा पूँजीगत खर्च वृद्धि भएको देखाउन कार्यालय प्रमुख प्राविधिक, लेखा अधिकृत, ठेकेदारहरू रातिसम्म कार्यालयमा व्यस्त रहे तर पनि सरकारी आँकडा अनुसार ७०% हाराहारी मात्र पूँजीगत खर्च भएको तथ्याड्ढ प्रस्तुत गरेका छन्। यहाँ ती गरिएका कामहस्तरीय छन् छैनन् , गुणस्तरका… पुरा पढौ

व्र्रतमा अल्झिएको महिला अधिकार

प्रत्येक महिला दिदी बहिनीहरुको दिनचर्या हेर्ने हो भने वर्ष भरि नै व्यस्त भएको देखिन्छ। अझ भनौ ३६५ दिन पनि कमी नै हो कि भने जस्तो पनि लाग्छ। गाउँघरका महिलाहरुको कुनै पनि बेला हात खालि भएको देखिँदैन। त्यसो त शहर भित्रको महिलाहपनि हर समय काममा नै व्यस्त भएको पाईन्छ। तर दुःखको कुरा के भने विहान देखि बेलुकासम्म गरेको कामको भने आजको… पुरा पढौ

चातुर्मास अर्थात् वर्षावास

वर्षाऋतु समग्र सृष्टिमा नवचेतनाको संवाहक हो। वर्षाले जीव जगत्मा उत्साहको सञ्चार गरिदिन्छ। नयाँ तर· नयाँ, उम·का साथ असारको एकादशीदेखि कात्तिकको एकादशीसम्म जैनसन्यासीहरूका साथै हिन्दूसन्यासीहरू चातुर्मास व्रत वस्दछन्। चातुर्मासको शाब्दिक अर्थ चार महिनाको समय हो। यसमा असार, साउन, भदौ र कात्तिक महिना समावेश हुन्छ। यसो त चातुर्मास एउटा काल प्रक्रिया हो। तर आषाढ पूणिर्माबाट शुरु भएको चातुर्मासले आफ्नो छुट्टै महत्व लिएको… पुरा पढौ

गुरु महिमा

गुर्रुब्रह्मा गुर्रुर्विष्णुर्गुरुर्देवो महेश्वरः। गुरुः साक्षात्परब्रह्म तस्मै श्रीगुरवे नमः।। गुरुको महिमा के कति रहेछ भन्ने कुरो यो श्लोक नै काफी छ। अरु भनिरहनु र लेखिरहनु नै पर्दैन। तथापि गुरु पूणिर्माको सर्न्दर्भलाई लिएर गुरुका वारेमा केही शब्दहरु कोर्ने प्रयास मात्र गरिएको छ। सामान्यतया गुरु भन्नाले कुनै ज्ञान, विद्या, मन्त्र, यन्त्र,  र सीप सिकाउने अग्रज व्यक्ति भन्ने बुझिन्छ। वेदको ज्ञान सिकाउने व्यक्ति पनि… पुरा पढौ

महान् गुरु शाक्यमुनि बुद्ध र महषि व्यास

गुरु : शब्द र महत्व 'गुरु’ शब्दको महत्ता नबुझिएको, यसको महत्व स्खलन गरिएकोमा स्वामी रामाको ठूलो चित्त दुखाई छ। उनका लेखहरुको संगोल 'लिभिङ विथ द हिमालयन मास्र्र्टस’ मा एउटा लेख छ 'गुरु इज अ स्ट्रिम्स एण्ड च्यानल अफ नलेज’ (गुरु ज्ञानका प्रवाह र सागर हुन्)। यसमा गुरु शब्दको अर्थ गरिएको छ 'गु' को अर्थ अन्धकार र 'रु’ को अर्थ प्रकाश।… पुरा पढौ

सद्गुरुको पहिचान कसरी गर्ने ?

हरेक वर्ष आषाढ शुक्ल पूणिर्माका दिनलाई व्यास जयन्तीका रुपमा मनाउने गरिन्छ। कल्प अनुसार व्यास पनि फरक फरक हुन्छन्। यस कल्पका व्यास कृष्णद्वैपायन हुन्। यी  व्यासले मानव मात्रको कल्याणका लागि वेदलाई ४ भागमा विभाजन गर्नुका साथै १८ पुराण र उप पुराणहरुको रचना गरे। त्यसैले यी व्यासलाई हाम्रो संस्कृतिमा जगद्गुरु को रुपमा सम्मान पनि गरिएको छ र उनको आविर्भाव दिवस लाई गुरुपूणिर्माको… पुरा पढौ

सूर्यनाथको सामाजिक योगदान

'हुने विरुवाको चिल्लो पात’ भनेझैँ सूर्यनाथ अधिकारी असाधारण व्यक्तित्व भएका मानिस हुनुहुन्थ्यो। सानै उमेरदेखि सरल, मिलनसार, शान्तस्वभाव, अडिगविचार, तीक्ष्णबुद्धि र परिश्रमी स्वभावको हुनुहुन्थ्यो। सन्तानका लागि माता पिता भनेका परमेश्वरभन्दा पनि ठूला हुनहुन्छ। तर सूर्यनाथका निमित्त माता पिता कल्पनाका मूर्तिसमान मात्र रहन गए। उहाँले तीन वर्षको हुँदा पिता र ९ वर्षकै बाल्यकालमा मातालाई गुमाउनु पर्‍यो। माता पिता दुवै गुमाए पछि अनाथ… पुरा पढौ