लेख

घाम अस्ताएपछि बिस्कुन् सुकाउनेहरु

स्थानीय तहको निर्वाचन हालै सम्पन्न भएतापनि प्रदेश नं. २ को मधेसी बाहुल्य क्षेत्रको निर्वाचन हुन बाँकी भएको अवस्थामा मधेसवादी राजपा निर्वाचनमा जाने कि नजाने अन्यौल अवस्थामा छन् । मधेसतिर उनीहरु यसको तयारी गर्ने कि बहिष्कार मै रहने भन्ने द्विविधाको अवस्थामा छन् भने अर्कातिर नेपालका प्रमुख दलहरु हारजितको समीक्षामा लागेका छन् । आफूले उठाएका उम्मेदवारहरु किन हारे, जनताले हामीलाई किन भोट दिएनन्, के… पुरा पढौ

शहरहरुको कथा व्यथा

अहिले विश्वका कैयन मुलुकहरु संघर्षरत छन्। विकास र समृद्ध भइसकेका मुलुकहरु आफ्नो देशको प्रतिष्ठा जोगाई आफ्ना नागरिकलाई पूर्ण सुरक्षित बनाइ, विश्व रंगमञ्जमा आफ्नो महत्व कायम राखिराख्न निरन्तर प्रयत्नशील रहेका छन्। अकोर्तर्फ विकासोन्मुख मुलुक छिटो भन्दा छिटो विकसित राष्ट्रहरुको समूहमा आफ्नो स्थान सुरक्षित बनाउन संघर्षरत छन्। धेरै मुलुकहरु आफ्नो आन्तरिक संघर्षलाई अन्त गर्न, कैयन मुलुकहरु आफ्नो मुलुकलाई आर्थिक रुपमा छिटो समृद्ध… पुरा पढौ

जनैपूणिर्माको प्रसङ्ग

श्रावण शुक्ल पूणिर्माको दिनमा पर्ने सनातन धर्मावलम्बीहरुको पावन पर्व जनैपूणिर्माले अन्य सबै मुख्य पर्वहरुको लहर लिएर आउने गर्दछ। हामीलाई थाहा छ नेपालमा यो पर्व मनाउने प्रचलनमा दुर्इप्रकारका तरिका प्रख्यात छन्। ती दुवै प्रचलनमा मुख्य जोड भने पवित्रतालाई नै दिइएको पाइन्छ।  विशेष गरी यस दिन पहाड क्षेत्रमा ब्राहृमण, क्षत्री लगायत अन्य केही वर्गमा यो दिन जनै फेर्ने दिन हो भने सनातन… पुरा पढौ

धर्मविज्ञानमा नागपञ्चमी

पौराणिक कालदेखि नै मानव जातिको पशुपंक्षीसित घनिष्ट सम्बन्ध रहदैं आएको छ। उड्ने पंक्षीहरुदेखि लिएर हिंडने, घ्रि्रने(सरीसृप) जीवहरुसँग हाम्रो अन्तरसम्बन्ध निकै नै छ। हजारौं जंगली जनावरहरुमध्ये केही घरपालुवा (कुखुरा, परेवा, हात्ती, घोडा, कुकुर आदि) बनिसकेका छन्। यतिसम्म कि हिंस्रक जनावरहरुलाई पनि आफ्नो अधीनमा राखेर मान्छेले फाइदा लिइरहेका छन्। कतिपय जीवहरुलाई चिडियाखानामा राखेर, केहीलाई घरमै पालेर पनि आफ्नो सोख मेटाएका छन्। आफ्नो… पुरा पढौ

आत्मसाक्षात्कारको प्रभावकारी साधना -क्रियायोग

एक दिन वीरगञ्जबाट एकजना अपरिचित व्यक्तिको फोन आयो। उहाँले कतैबाट मेरो फोन नम्बर पत्ता लगाएर फोन गर्नु भएको रहेछ। उहाँको जिज्ञासा थियो "क्रियायोग भनेको के हो , प्रक्रिया कस्तो छ र यो कहाँ प्राप्त गर्न सकिन्छ -।यस्तैगरी काठमाण्डौं र नेपालगञ्जबाट पनि जिज्ञासा सहितको फोन तथा चिठीहरु प्राप्त भइरहन्छन्।उहाँहरु सवैलाई मैले पोखराको गाईघाटमा रहेको योगदा सत्संग आश्रममा  सर्म्पर्क राख्न सल्लाह दिनुका… पुरा पढौ

ध्वनि प्रदूषण र हर्न निषेधको प्रयास

हाम्रो वातावरणलाई हामी मानवले नै  दिन प्रतिदिन प्रदूषित वनाउदैं गएका छौं। शहरीकरण यातायातका साधनहरुको विकास सँगै वढ्दै गएका भीड भाड , र कोलाहलले गर्दा कहाँ गएर लामो सास फेर्ने र शान्त सँग वस्ने होला भनि आत्तिने अवस्था आइसकेको छ। शहरबाट निस्कने होहल्ला , कोलाहल, , कर्कश आवाज, सवारी साधनबाट निस्कने आवाज , चर्को हर्न , कलकारखानाबाट निस्कने आवाज तथा हवाइजहाज… पुरा पढौ

स्थानचौर, फेदीखोलाको प्रसङ्ग र केशव-जमुना स्मृति ग्रन्थ

मानिसहरूले बसोबास गर्दै आएका कुनै कुनै स्थानहरू नामी र स्मरणीय हुन्छन्- हामी निकै टाढा पुग्दा पनि अपरिचित व्यक्तिहरूले त्यस्ता ठाउँका नाम लिएका हुन्छन्। भौगोलिक विशेषताका कारणले पनि कुनै ठाउँहरू नामी हुन सक्छन्। अनि त्यस्ता ठाउँमा रहने/बस्ने मानिसहरूको शिक्षा, सभ्यता र सीपले पनि अन्य स्थानमा बस्ने मानिसहरूलाई प्रभाव पार्न सक्छन्। त्यस्ता मानिसहरूले पनि आफ्नो जन्मस्थललाई लोकप्रसिद्ध गराउन सक्छन्। असल चरित्रका परिश्रमी… पुरा पढौ

नलाऊ भो चेली हरिया चुरा र गेरु वस्त्र

सम्पूर्ण महिला दिदी बहिनीहरु ! हजुरको हातमा टन्न हरियो चुरा छ। शरीरमा हरियै पहिरन हातमा मेहन्दी मनमा महादेवको कल्पना छ। यो साउन महिनामा प्राकृतिक हरियाली देखेर भन्दा पनि आमा दिदी बहिनीहरुको हातमा हरियो चुरा देखेर साउन महिना आएछ भनेर बुझिन्छ। यो हरियो शृङ्गार कतिले बुझेर लगाएका होलान् कतिले लहै लहैमा लगाएका छन्। साउन महिनालाई महादेवको प्रिय महिना मानिन्छ रे !… पुरा पढौ

डिमेन्सिया रोग लागेका नेपालका नेताहरु

भनिन्छ पैँसठी बर्ष लाग्दै गर्दा डिमेन्सिया रोगका लक्षणहरु प्रकट हुन्छन्छन्। यो कुरा केही ठीक भए पनि केही बेठीक हुन सक्छ। उसो ता त्रीयानब्बे बर्षका राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका निवर्तमान अध्यक्ष डा. गौरिशंकर लाल दास ज्येष्ठ नागरिक सम्बन्धी कार्यक्रम भएमा जहां पनि ठमठम हिंड्न हिचकिचाउंदैनन्।  अर्का एक थरी व्यक्तिहरु छन् जो सत्तरी बर्ष पुगेका छैनन् होला तर उनीहरुको सामाजिक क्षेत्रमा खासै… पुरा पढौ

वैचारिक तथा साङ्गठनिक यात्राका महारथीहरू वीपी र पुष्पलाल

नेपालको प्रजातान्त्रिक तथा वाम आन्दोलनका शिखर पुरुषहरू विश्वेश्वरप्रसाद कोइराला -वीपी) र पुष्पलाल श्रेष्ठ -पिएल) समकालीन योद्धा हुन्। यी दुवैको निधन भएको यो वर्ष ३५ र ३९ वर्ष व्यतीत भएको छ। विद्यार्थी जीवन कालमा मार्क्सवादबाट प्रभावित यी दुवै व्यक्तिहरूले नेपाली राजनीतिमा छुट्टाछुट्टै वैचारिक तथा साङ्गठिनक धार समात्दै आआफ्नो सङ्गठन निर्माण र विस्तार गरे। तत्कालीन अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस- पछि नेपाली… पुरा पढौ