लेख

विभिन्न दृष्टिबाट कास्की

प्राचीन कालदेखि नै कास्की विभिन्न अर्थमा प्रसिद्ध छ। यसको नामाकरणको सम्बन्धमा विभिन्न मत रहेको पाइन्छ। विभिन्न स्रोतबाट प्राप्त जानकारी अनुसार पोखराको उत्तरी भागमा अवस्थित कास्कीकोटमा काश्यप ऋषिले तपस्या गरेकाले उनैको नाम अपभ्रंश भई कालान्तरमा कास्की नाम हुन गएको इतिहासकारहरु बताउँछन्। अझ यस थलोमा कछाड लगाउने तमु जातिको थलो भएकोले उनीहरुको पहिरन कास (कछाड) खिब (लगाउने) बाट अन्ततः कास्की भएको हो… पुरा पढौ

फेकोफनको नयाँ बाटो

नेपालका नागरिक संस्थाहरु मध्ये सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) फराकिलो सञ्जाल भएको संगठन मानिन्छ। सामुदायिक वनको प्रतिनिधिमूलक संगठन फेकोफनमा हाल रहेका २२ हजार भन्दा वढि सामुदायिक वनहरु मध्ये ८० प्रतिशत भन्दा बढी समूहहरु फेकोफनमा आबद्ध रहेका छन्। २९ लाख भन्दा बढी घरधुरीहरु सामुदायिक वनमा आबद्ध भई २२ लाख हेक्टर भन्दा बढी राष्ट्रिय वन व्यवस्थापन गरिरहेका छन्। फेकोफनको संरचना घरघरमा… पुरा पढौ

हाम्रो कर आतड्ढ

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा, चोक बजार, हाट, मेलापर्व, चोक चौतारो, खेत खलिहान, चिया पसल होस् या क्याफेटेरिया, स्कुल, कलेज, घर आँगन, भेटघाट होस् या मेलापात जाँदा, जन्ती जाँदा होस् या मलामी जाँदा जहीँ पनि अब 'सिंहदरबारको सम्पूर्ण सेवा घरघरमै, आगँन आँगनमै आउँछ रे, १९ वर्ष देखि रिक्त रहेका स्थानमा अब आफ्नै शासन गर्न आफैँले छानेर पठाएका जनप्रतिनिधिहरु आउँछन् रे अनि… पुरा पढौ

करै करमा जनताको सरकार बेकार

देश भनेको सबैको साझा घर हो। नेपालीको साझा घरमा अहिले नेपाल कम्युनिस्ट पाटी र वामपन्थी दुर्इतिहाई बहुमतको सरकार छ। जुन पाटीकै आधा त के ३३ प्रतिशत  महिला पनि सहभागी छैनन्। वर्तमान समयमा हामी सबै नेपालीहरुले भोगिरहेको  करको प्रसंगले हरेक नेपालीमा नकारात्मक प्रभाव पारिसकेको छ। हामी नेपालीहरुले कम्युनिस्टहरु प्रति हेर्ने दृष्टिकोण प्रष्ट हुँदै गइरहेको छ। देशभरिका सातसयत्रिपन्न स्थानीय तहमध्ये ४ सय… पुरा पढौ

सामुदायिक विद्यालय सुधार्ने हो ?

अहिले सामुदायिक विद्यालय सुधारको बहस जारी छ। इतिहासकै सशक्त ओली सरकारको समृद्ध नेपालको लक्ष्य सामुदायिक विद्यालय सुधारसँग जोडिन सकेन भने त्यो फगत एक नारा मात्र हुनेछ। सामुदायिक विद्यालय सुधार्ने भनेर सरकारले बेला बेलामा नभनेको पनि होइन, कार्यक्रम नल्याएको पनि होइन तर कार्यान्वयन र अनुगमनको पाटो फितलो हुनाले जनताको प्रत्यक्ष लगानी र सहभागितामा स्थापित विद्यालयहरू रित्तिंदै मात्र होइन जीर्ण बन्दै जाँदा… पुरा पढौ

अन्तर्राष्ट्रिय विमानस्थल – पोखराको सरोकार

एकपटक फेरि सरकारी संयन्त्रहरु कति अकर्मण्य हुन्छन्, लापरवाही गर्छन् र जे गरे पनि हुन्छ भन्ने सोच्ने प्रवृत्तिको पर्दाफास भएको छ। आज नागरिक उड्डयन प्राधिकरणको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी गरिरहेको काम कारवाही सम्बन्धमा पुनः गैरजिम्मेवारीपन एकपटक फेरि उजागर भएको छ। २०७५ साउन २१ गते पोखरा महानगरपालिका वडा नं. १४ लाई पत्र लेखी जग्गा अधिग्रहण गर्ने बारे सहयोग गर्न पत्राचार गरेको छ।… पुरा पढौ

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ

यतिबेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं। तीनै तहका निर्वाचित सरकारहरु लोकतान्त्रिक संविधान कार्यन्वयन गर्न व्यवहारमा उत्रिरहेका छन्। यो अत्यन्त सुखद अवसर हो, यसमा दुर्इमत छैन। यो जति सुखद अवसर छ त्यतिनै चुनौतीपूर्ण पनि छ। किनकि नेपाली धरतीमा संघीय लोकतान्त्रिक गणतन्त्र पहिलो पटक व्यवहारमा अनुवाद हँुदैछ। पार्टी र सरकारको सिंगो नेतृत्व पंक्तिले संघीय प्रणाली संचालनमा अनुभव हासिल गरेका छैनन्। तसर्थ नेपालको… पुरा पढौ

संघीयतामा न्यायालय र प्रेस

पृष्ठभूमि कुनैपनि मुलुकको शासन व्यवस्थाको मुख्य उद्देश्य न्यायको माध्यमबाट समाजमा शान्ति सुव्यवस्था तथा नागरिकको जीउधनको सुरक्षा गरी विकाशको गतिलाई अनुकूल वातावरण दिनु हो। यस्का लागि समय सापेक्ष कानूनहरुको निर्माण गरी न्यायिक निकायहरुको व्यवस्था गरिएको हुन्छ। न्याय र प्रशासन विनाको राज्य संयन्त्र चल्न सक्दैन। न्याय प्रदान गर्नका लागि स्वतन्त्र,निष्पक्ष र सक्षम न्यायपालिका हुनुपर्दछ। नागरिक स्वतन्त्रता,मानव अधिकार, र विधिको शासन लोककल्याणकारी राज्यका… पुरा पढौ

नागपञ्चमीको महत्व

श्रावण शुक्लपञ्चमीको दिन नेपालका हिन्दू धर्मावलम्बीको मूल ढोकामा टाँसेर संसारको रक्षा गर्ने नाग जात्रि्रति आदर सम्मान प्रकट गरी नागपञ्चमी पर्व मनाउँछन्। २०७५ सालको नागपञ्चमी पर्व श्रावण ३१ गते परेको छ। नागपञ्चमीमा घरको मूल ढोकामा नाग टाँस्ने प्रचलन छ। यो दिन ललितपुर दानघाट, धापाखेल नागदह नागपोखरी र टौदहमा मेला लाग्छ। यो दिन पोखरा १३ मा रहेको बुढुवा फाँटमा अवस्थित कमल पोखरीमा… पुरा पढौ

पोखरामा सवारी चाप

केही वर्षयता पोखरामा अत्यधिक सवारी चापको मारमा पैदलयात्रीहरु परेका छन्। पोखरा महानगरका मुख्यमुख्य चोक जस्तैः महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, सिर्जनाचोक, राष्ट्रबैंक चोक, बिरौटा चोक, हरिचोक, आदिमा निर्बाध रुपमा सवारी साधन चलाउन सकिने ती स्थानमा अहिले नरोकिकन चलाउन सकिने स्थिति छैन। अहिले ट्राफिक कार्यालय पोखरालाई पनि सवारी साधन नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको स्थिति छ। सीमित जनशक्तिका बावजूद पनि सडकको स्थितिको आधारमा पहिले… पुरा पढौ