लेख

पोखरा उपत्यकाव्यापी सफाइ अभियानको सय हप्ता

पोखरा उपत्यकामा गत २ वर्ष जति पहिले  (सन २०१६ मे ५ वातावरण दिवस को अवसर पारेर ) पोखरा उपत्यकाव्यापीं सरसफाइ अभियान नागरिक समाज कास्कीकेा अगुवाइमा शुरु भएको थियो। यसमा व्यापक जनसहभागिता भएको देखिएको छ भने धेरै संघ संस्थाहरुले ऐक्यबद्धता प्रकट गर्दै सक्रिय संलग्नाता देखाएका थिए।  यसमा पोखरा लेखनाथ महानगरपालिकाले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको छ। यसमा धेरै सरकारी, गैरसरकारी निकाय, आमा… पुरा पढौ

विश्व शान्तिका अग्रदूत भगवान् बुद्ध

बि.सं.२०७५साल वैशाख १७ गते बुद्ध भगवान्को २५६२ औँ जन्म जयन्ती पर्व मनाइँदै छ। बुद्ध शब्दको अर्थ जान्ने बुझने, बुद्धिमान, विद्वान्, बिउँझेको जाग्रत, भन्ने बुझिन्छ भने नेपालको तराइको कपिलवस्तु लुम्बिनीमा मायादेवीको गर्भबाट जन्मेका राजा शुद्धोधनका छोरा शाक्य वंशज, बौद्ध धर्मका प्रवर्त्तक विश्व प्रसिद्ध एक महापुरुष विष्णु भगवान्का दस अवतार मध्य एक अवतार धारी देवता भगवान् बुद्ध हुन्। उनै भगवान् बुद्धले चलाएको… पुरा पढौ

सिर्द्धार्थ गौतम र बुर्द्धधर्म

आजभन्दा २५६२ वर्ष पहिले अर्थात् इसापूर्व ५६३ ताका नेपालमा हालको रूपन्देही जिल्लाको लुम्बिनीमा शाक्य वंशमा राजा शुद्धोधन र रानी मायादेवीबाट जन्मेका बालक सिर्द्धार्थ गौतमले चलाएको मतलाई बुद्ध धर्म भनिदै आइएको छ। यी बालक जन्मेको सातौं दिनमा यिनको न्वारान नहुदै अर्थात् यिनको नामाकरण नहुदै यिनकी आमा मायादेवीको मृत्यु भएकोले यिनको पालनपोषण यिनकै सौतेनी आमा महाप्रजावती गौतमीले गरेकी थिइन्। न्वारान गर्ने समयमा… पुरा पढौ

वैदेशिक सहयोगः कति उचित

विगत केही समय यता युरोपियन युनियन निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक भईसकेपछि अनेकन टीकाटीप्पणीहरु बाहिर आइरहेका छन्। नेपालका बारेमा अन्य मित्रराष्ट्रहरुले कस्तो धारणा बनाउँछन् र त्यसबाट समग्र नेपालको कूटनीतिक क्षेत्रमा, परराष्ट्र नीतिमा कति प्रभाव पार्न सक्दछन् भन्ने चाख लिएर अध्ययन गर्ने समूहको कुनै कमी छैन। विश्वरंगमञ्चमा शक्तिसम्पन्न राष्ट्रहरुले कम विकसित मुलुकहरुबारे आफ्नो अनुकुलको प्रभाव पार्न भूमिका खेलिरहेका हुन्छन्। नेपालको राजनीतिमा पनि… पुरा पढौ

गौतम बुद्धको धम्म र धर्मनिरपेक्ष राज्यको कुरा

एकल जाति र एकल धर्मको विँडो गाडिरहेको पञ्चायती राजनीतिक व्यवस्था र २०४६ सालको जनआन्दोलनले पञ्चायती राज्यलाई अन्त्य गरेर बहुदलीय व्यवस्था पुनस्र्थापित गरेपनि, अधिनायकवादी पञ्चायती राजनीति चलाउनेहरुकै  हैकमवादी संस्कार लिएर आएका नेताहरुले २०४७ सालको संविधानमा पनि, जनसागरको धर्मनिरपेक्ष आवाज र सडक प्रदर्शनलाई हृयाकुला मिचाइ गरेर, नेपाललाई त्यही पञ्चायती संविधानको "हिन्दू राष्ट्र’ नै घोषणा गर्‍यो। तर नेपाल बहुदलीय लोकतन्त्र भएकोले, अभिव्यक्ति स्वतन्त्रता… पुरा पढौ

विभिन्न कार्यमा मह

'एक पाथी पित्तले भन्दा एक थोपा महले धेरै झिंगालाई आकषिर्त गर्न सक्छ।’  अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनको यो भनाइले महको महत्त्व दर्शाउछ। उत्प्रेरणा जगाउन भनिएका यस्ता उद्धरण सयौं छन्। यसैसित सम्बन्धित अर्को भनाइ छ, 'मह जम्मा गर्नु छ भने घार नभत्काउनुस्।’ यस उद्धरणले पनि राम्रो सम्बन्ध स्थापित गर्न अर्कालाई तथानाम गाली गर्न हुँदैन भन्ने सन्देश दिन्छ। मह र यसलाई पार्ने… पुरा पढौ

हाम्रो सक्रियता, औलो निवारणमा सफलता

मानव सभ्यताको विकाससँगै पृथ्वीमा अनेकौ प्रकारका जीव जन्तुहरु देखा परे। केही जीवजन्तुहरु मानव जीवनमा सहयोगीको भूमिकाका रुपमा देखा परे भने केही जीवजन्तुहरुले मानव जीवनमा विकराल स्थिति सृजना गरे। विकासको क्रमसँगै मानव निर्मित विभिन्न संरचनाहरु मध्ये केही संरचनाहरु मानवका लागी वरदान साबित भए भने केही संरचनाहरु विभिन्न प्रकारका कीटजन्य उत्पत्तिका लागी सहयोगी बने जुन मानवका लागि हानीकारक बन्न पुग्यो। फलस्वरुप लाखौँ… पुरा पढौ

चर्चामा भर्ना अभियान : समस्यामा विद्यार्थी टिकाउ

सरकारले विगतमा झैं यसपटक पनि नयाँ शैक्षिक सत्र २०७५ को शुरुमा "हामी सबैको इच्छा अनिवार्य आधारभूत निःशुल्क शिक्षा " भन्ने मूल नारासहित  विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ। यसका लागि शिक्षा विभागले ७५ ओटै जिल्ला शिक्षा कार्यालयहरुलाई र संघीय मन्त्रालयले ७५३ ओटै स्थानीय तहलाई निर्देशन गरिसकेका  पनि छन। यसपटक शैक्षिक सत्रको पूर्वार्ध बैसाख १… पुरा पढौ

विविधता व्यवस्थापन : नयाँ नेपालको दायित्व

मुलुकमा आर्थिक, सामाजिक, साँस्कृतिक तथा शैक्षिक दृष्टिले पछाडि परेका र पारिएका बर्गहरुको पहुँच, पहिचान, प्रतिनिधित्व, सक्षमता, अस्तित्व र स्थायित्व अभिबृद्धिगर्ने क्रियाकलाप नै विविधता व्यवस्थापन हो। नेपाल राज्यमा विविधता छ, विविधतामा सौर्न्दर्यता पनि छ। विधिताको सुन्दरतालाई राष्ट्रियतामा बदल्न सके मात्र विविधता व्यवस्थापन भएको मानिन्छ। विविधता नेपाल राज्यको मौलिक पहिचान हो र त्यसको व्यवस्थापन दायित्व। जन आन्दोलन २ बाट प्राप्त लोकतन्त्रको लाभांशका… पुरा पढौ

उपभोक्ता संरक्षण ऐन र स्थानीय तहको अधिकार

सयुक्त राष्ट्रसंघले सन् १९८५ मा उपभोक्ता संरक्षण दिर्ग्दर्शन जारी गरेको थियो। सो दिर्ग्दर्शनमा उपभोक्ताको सुरक्षाको अधिकार, आधारभूत आवश्यकताको अधिकार, छनौंटको अधिकार सूचनाको अधिकार प्रतिनिधित्वको अधिकार, उपचारको अधिकार, उपभोक्ता शिक्षाको अधिकार र स्वच्छ वातावरणको अधिकार प्रदान गरिएको थियो। यो दिर्ग्दर्शनका आधारमा नेपालले उपभोक्ता संरक्षण ऐन, २०५४ जारी गरेको र ऐनमा ०५४।१०।१५ मा लालमोहर लागी प्रकाशित भई २०५५ साल बैशाख १ गतेदेखि… पुरा पढौ