लेख

रूपान्तरणको लागि शिक्षा

मानवमा अन्तरनिहित चेतनाको कारणले ऊ अन्य प्राणीभन्दा फरक छ। त्यो चेतनाले गर्दा उसले अग्रगामी विकासको परिकल्पना गर्न सक्छ र विश्वमा जति पनि विकास भएको छ त्यो मानवमा निहित त्यही गुणको कारण भएको हो। मानिसको चेतनालाई विकास गर्नेक्रम नै वास्तवमा सिकाइ हो। यसको व्यवस्थित रूप शिक्षा हो। शिक्षा के का लागि भन्ने विषयमा धेरै बहसहरू भएका छन्। यसै बहसमा विद्वानहरूले आफ्ना… पुरा पढौ

धनी कसरी हुने ?

धनी हुने केही तरिकाका बारेमा आज लेख्ने सोचेको छु। म पहिलाभन्दा निक्कै धनी भएको छु। धनी हुने तरिका मेरो आफ्नै जीवनको भोगाई हो। सबै मानिस धनी हुन चाहन्छन् त नभनौ तर धेरै मानिस धनी हुन अवश्य चाहन्छन्। तर थोरै मानिस मात्रै धनी हुन सफल हुन्छन् र धेरै मानिस यो प्रयासमा पछाडि नै पर्छन्। धनी हुने तरिका जान्नुभन्दा पहिला धनी किन… पुरा पढौ

मेरो कुरो

म मानुङ्मा जन्मिएको मान्छे भएकाले मलाई चिन्ने जान्ने मान्छेहरूले मानुङ्ङे र पुरानो थातथलो ‘खन’ भन्ने ठाउँ भएकाले मलाई खँदाल भन्छन्। म हिजोआज पोखराको बगरमा बनाइएको ‘भुइँको ठूलो मान्छे’ नामको ठूला मान्छेले पढ्ने र पढाउने घरमा पढाउँछु । मैले जे बोली बोल्छु, त्यही बोलीका कुराहरू पढाउँछु। अब कुरा बुझियो होला, म कहाँको मान्छे हुँ के-के-के काम गर्छु, के कुरा पढाउँछु भन्ने कुरा।… पुरा पढौ

श्रीमद्भागवद् गीतामा आत्माको महत्व

गीता सर्वशास्त्रमयी हो । यो उपनिषद्हरुको सारतत्व हो । ब्रम्हविद्या हो । यसका वक्ता अद्वैतस्वरुप भगवान श्रीकृष्ण श्रोता हुनुहुन्छ । मुमुक्षु धनन्जय (अर्जुन) जसलाई श्रीकृष्णको अर्को रुप पनि भनिन्छ । समायोजनकर्ता -लेखक) कृष्णद्वैपायन भगवान वेदव्यास । श्रीकृष्ण ब्रम्हविद्या वा आत्मविद्यास्वरुप गीताको विस्तृत व्याख्या गर्नु हुन्छ । श्रीकृष्णको आमोपदेशलाई अर्जुनले स्वीकार गर्नुभयो । श्रीकृष्ण भगवानका यिनै उपदेशलाई भगवान वेदव्यासले लिपीवद्ध गरी श्रीमद्भावगत गीताको स्वरुप दिनुभयो । गीताको लक्षज्ञानको प्रतिपादन हो ।… पुरा पढौ

वाषिर्क राशिफल-२०७०

मेष ≤ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईंको यो वर्ष ग्रह गोचरहरु मध्यम रहेको छ। आफूले गर्ने वैदेशिक/स्वदेशका कार्यमा निकै प्रयास गर्नुपर्ने छ। धन सम्पत्तिको आय आर्जनमा सामान्य तथा सफलता हात लाग्ने, शुभ समाचार प्राप्त हुनुका साथै पशु चौपाय बाहनादि खेतीपातीतर्फ लाभ मिल्ने छ। धर्म कर्ममा भने निकै बल गर्नुपर्ने हुन्छ। वैवाहिक शुभ कार्यमा भने मन… पुरा पढौ

कलियुगमा बुद्धको जन्म नेपालमा

जसरी एडम स्िमथलाई अर्थशास्त्रका पिता मानिन्छ त्यसै गरी बौद्ध धर्मका पिता गौतम बुद्धलाई मानिन्छ। बुद्ध धर्मका प्रवर्तक या जननी गौतम बुद्धको जन्म इ.पू. ५६३ मा नेपालको लुम्बिनी अञ्चलको कपिलवस्तुमा भएको हो। यसको हजारौं प्रमाण हामी नेपालीसँग हुँदाहुँदै पनि कतिपय भारतीयहरू बुद्धको जन्मको विषयमा झुटो प्रचार गर्दै हिँड्ने गर्दछन्। कतिपय रङ्गे हात गलत प्रचार गरेको फेला पारे पनि त्यसको प्रतिरोध गर्न… पुरा पढौ

बास्तोलाका कुलदेवता र पूर्वजहरू

पूर्वजहरू जयनारायण, प्रतिमन, डण्डपाणी लक्ष्मीधर बास्तोला समेतका भाइहरू -किंवदन्ती अनुसार) १८४१ सालतिर जुम्ला जिल्लादेखि बसाइसराइ गरी कास्कीकोटको तोरिपानी भन्ने जग्गामा आई बसोबास गरिआएका थिए।त्यस अवस्थामा तत्कालीन कास्कीका राजा कुलमण्डल शाह तथा राजेन्द्रविक्रम शाहका कार्यकालमा राजाको दरवारमा पण्डित तथा पुजारीको रूपमा नियुक्त भइ कामकाज गरि आएको भन्ने १८६० सालको जयनारायण प्रतिमन डण्डपाणी बास्तोला समेतको पुजारी खोन्गी भन्ने तालुकदारले गरिदिएको अभिलेखबाट बाजेहरू… पुरा पढौ

कर्मचारी सरकारको चुनावी यात्रा

एकीकृत नेकपा माओवादीको हेटौंडामा भएको सातांै महाधिवेशनबाट एकाएक चर्चा आएको कमरेड प्रचण्डको फर्मुला नेपाली अन्योलग्रस्त राजनीतिमा एक पटक छ्या· मारेको छ। सवोर्च्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाइ यो देशलाई गति तथा निकास दिने काम अन्य दलको विरोधका बाबजुत पनि अन्ततः सार्थक सावित बन्यो। हाम्रो देशमा जुन महत्त्वपूर्ण कार्य हुन्छ, त्यो सबै मध्यराति नै हुन्छ। त्यस्तै, यसपटक सवोर्च्च… पुरा पढौ

गुरुङ जातिको परम्परागत ‘ट्होत्हे’ पूजा

 इन्द्र गुरुङ विश्वमा एउटै जाति, भाषा, धर्म, संस्कार र संस्कृति भएको राष्ट्र सायदै छ। हाम्रो देश नेपालमा पनि सदियौं वर्षदेखि बहुजातीय, बहुधार्मिक र बहुसंस्कार संस्कृति मान्ने बसोबास गर्दै आएका छन्। नेपालभित्रका विभिन्न आदिबासी, जनजातिका धर्म, संस्कार, संस्कृति र रीतिथितिमा केही विवादका विषयहरू होलान्। तर इमान्दारिताका साथ भन्नुपर्दा त्यस्तो अवस्था गुरुङ जातिमा पनि छ। जस्तैः- गुरुङ जातिभित्रको केही विवादहरूः क) धर्म… पुरा पढौ

उच्च रक्तचापबाट बचौं, स्वस्थ जीवन शैलीमा रहौं

पृष्ठभूमि ७ अप्रिल १९४८ मा विश्व स्वास्थ्य सङ्गठनको विधान पारित भएको दिनको सम्झनामा प्रत्येक वर्ष जनस्वास्थ्यको विशिष्ट पक्षमा ध्यानाकर्षण गराई जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य दिवस मनाइ'दै आएको सबैमा विदितै छ। स्वास्थ्य भनेको रोग तथा दुर्वलताबाट मुक्ति मात्र नभइ शारीरिक, मानसिक, सामाजिक एवं आध्यात्मिक रूपमा स्वस्थ्य रहेको आस्था हो भनी विश्व स्वास्थ्य सङ्गठनले परिभाषित गरेको छ र यो अवस्था… पुरा पढौ