लेख

सर्न्दर्भ : विधान सम्मेलनको

अनेरास्ववियु यति बेला आफ्नो स·ठनलाई नीति र नियममा चुस्त र दुरूस्त राख्नको लागि समग्र संरचनालाई कस्तो बनाउने भन्ने सर्न्दर्भमा विधान सम्मेलनमा जुटिरहेको छ। यही साउन १८-२० गतेसम्म दाङमा सम्पन्न्ा हुन गइरहेको विधान सम्मेलनको तयारीमा अनेरास्ववियुका नेता तथा कार्यकर्ता पूर्णरूपमा लागिपरेका छन्। तर जुनरूपमा बाहिर चर्चामा हुनुपर्ने हो त्यो देख्न सकिएको छैन। यतिखेर नेतृत्व चयनको लागि सम्मेलन भइदिएको भए सम्पूर्ण देश… पुरा पढौ

गणतन्त्र नेपालमा सभासद बन्नको लागि न्यूनतम ‘स्नातक’

नेपाल सरकारले नयाँ नेपालमा आउँदो मङ्सिर ४ गते दोस्रो संविधानसभा चुनाव घोषणा गरेको छ। नेपालमा राजनीतिक दलको दर्ता संख्या एक सय ३९ पुगेको छ। राजनीतिक दल राजनीतिक पार्टीको लागि मात्र कि देश र जनताको लागि यो बहसको विषय बनेको छ। नेपालमा राजनीति दलमा भाग लिनको कुनै निश्चित मापदण्ड छैन। नेपालमा गणतन्त्र आएपछि राजनीतिक छताछुल्ल भएको छ। 'पुरानो कोट लगाऊ नयाँ… पुरा पढौ

होशियार ⁄ हामी कसैलाई छाड्ने छैनौं

शिक्षक साथीहरु, लेक्चर साथीहरु, कर्मचारी साथीहरु जसजसले नेपाल सरकारको तलब खाएर देशको सेवा गरी आफ्नो परिवार पाल्नु भाको छ तपाइहरु राजनीतिबाट नितान्त टाढा बस्नु पर्दछ अर्थात् आफ्नो जिम्मेवारीबाट राजनीतिक पार्टीको झण्डा उचाली जिन्दावाद, मुर्दावाद भन्न मिल्दैन। शिक्षक साथीहरु, लेक्चर साथीहरुको कामै पढाउने हो। स्कुल, क्याम्पसमा हुँदा पनि पढाउने हो घरमा आएपछि पनि भोलिको पढाउने बारेमा तयारी गर्ने हो। तपाइहरुले विद्यार्थी… पुरा पढौ

केदारेश्वर महादेवमणि र बोलबम

पोखरामा बोलबम र केदारेश्वर महादेवमणि पर्यायवाची जस्तै भएको छ । यस वर्ष पनि साउन महिना सुरु भएपछि बोलबमको चर्चा सुरु भएको छ । ११ वर्षदेखि बैदामस्थित केदारेश्वर  महादेवमणि मन्दिर तथा बोलबम समितिको संयुक्त आयोजनामा बोलबम धार्मिक शिव पदयात्रा हुँदै आएको छ । शिव पदयात्रामा भक्तजनको उपस्थिति वषर्नी बढ्दो छ । वर्षका १२ वटा महिनामध्ये विशेषगरी साउन भगवान शिवको महिमाको महिना मान्ने गरिन्छ । साउन महिनाको… पुरा पढौ

पोखरा सहरलाई सडक बाल समस्यामुक्त कसरी गर्न सकिन्छ ?

पोखरा सहर पर्यटकीय नगरी भनेर देशविदेशमा प्रचार-प्रसार भएको छ। पोखरा पर्यटकीय सहरको रूपमा प्रख्याती पाउनुको सबभन्दा प्रमुख कारण, पोखराको प्राकृतिक सुन्दरता हो। त्यो प्राकृतिक सुन्दरतालाई अझै उचाईंमा पुर्‍याउन पोखराको वातावरणलाई स्वच्छ र मनमोहक बनाउनु हो, भन्ने कुरा सबैले स्वीकार गरेको छ। त्यस्तो स्वच्छ र मनमोहक वातावरण बनाउने अभियानमध्ये पोखरालाई सडक-बालकबालिका रहित सहर बनाउनु एक महत्त्वपूर्ण कार्य हो। पोखराको सडक बाल-समस्याले… पुरा पढौ

हाम्रो राष्ट्रिय भेषभूषालाई जोगाऔं

हामी जुन समाजमा जन्म्यौं, हुक्यौर्ं त्यही समाजमा चलिआएको भेषभूषाको प्रयोग गर्नुपर्छ। मानव भएपछि शरीरका अ· प्रत्य· ढाक्नको लागि कपडा नभई नहुने अत्यावश्यक वस्तु हो। हामी नेपाली हौं हाम्रो राष्ट्रिय भाषा नेपाली हो। हामी नेपाली हौं। पुरुष जातिले लगाउने राष्ट्रिय पोशाक दौरा सुरुवाल, कोट टोपी हो। महिला वर्गले लाउने चोलो र फरिया, सारी र पटुका हो। हामी नेपाली भएर हाम्रो राष्ट्रिय… पुरा पढौ

खाम भाषा : एक टिप्पणी

म्याग्दी जिल्ला र पर्वत जिल्लाको उत्तरी भेकमा बसोबास गर्ने पुन जातिहरूको उदगम स्थल पनि हो। पुन जातिहरूको गाउँ घरमा बोलिने भाषा आफ्नो छुट्टै पहिचान बोकेको भाषा हो। जसको नामाकरण अहिलेसम्म छैन। हाम्रा बूढापाकाहरूले हाम्रो भाषा यही हो भन्दथे। हाम्रो गाउँ घरमा बोलिने यो भाषा अरुहरूले बुझ्नै सक्दैनन् र भन्ने गर्दछन्-'यो तिमीहरूको 'पुन’ भाषा हो हामी भन्ने गर्दछांै पुन भाषा हो।’… पुरा पढौ

लक्ष्यहीन ग्रामीण अर्थ अवस्था : नयाँ सम्भावना

नयाँ परिवर्तनकोशुभारम्भ गाउँबाट हुनुपर्दछ। गाउँको परिवर्तनमा सम्पूर्णता लुकेको हुन्छ। मुलुकको विकासको मेरुदण्ड भनेकै ग्रामीण क्षेत्रको विकास हो। मानवीय आवश्यकताहरू पूरा गर्ने मुख्य थलोको रूपमा ग्रामीण क्षेत्रका सम्भावनालाई गहिराईमा गई खोतल्नु आवश्यक छ। व्यवसायिक खेतीको अवधारणा अपनाउँदै ग्रामीण कृषि उत्पादनलाई अभियानको रूपमा अगाडी बढाउन सकेको खण्डमा अवश्य पनि सिङ्गो मुलुकको अर्थतन्त्र उकासिन सकारात्मक धक्का पुग्ने पक्का रहन्छ। बजेट विनियोजन गर्ने उच्च… पुरा पढौ

उपबुज्रुक शासन प्रणाली, बुझाइ र राष्ट्रिय सोच

शक्ति, सत्ता र वैधताका विषय, खोज र प्रचलनमा आवश्यकताभन्दा प्रखर र जानकार ठान्ने नेपाली राजनेता, विद्वान, नागरिक समाज र कर्मचारीतन्त्रको सोच, कार्यविधि, बुझाइ, योजना र नीतिहरूलाई अध्ययन गर्दा हाम्रो राष्ट्रिय सोच र सामाजिक चेतना कुन हद्सम्म द्विविधाग्रस्त रहेछ भन्ने प्रष्ट हुन्छ। राज्य संयन्त्रको सबैभन्दा माथिल्लो निकायमा बस्नेहरूको समेत बेथितिपूर्ण सोचाइ, बोलाइ र काम गराइले देश र जनतालाई कति असर गरेको… पुरा पढौ

मार्क्सवाद र आजको राजनैतिक अवस्था

मानव जातिको विकासको नियमहरु र त्यसलाई जान्ने ज्ञान पाउने दृष्टिकोण नै मार्क्सवाद हो । मानव समाजलाई हेर्ने बुझ्ने र व्याख्या गर्ने विज्ञान मार्क्सवाद हो । मार्क्सवादका श्रोतहरुमध्ये प्रथम हेगेलको द्वन्द्ववाद हो । हेगेल दार्शनिक थिए । यिनले द्वन्द्ववादका नियमहरु परस्परविरोधी तत्वबीचको बेमेल र एकता आदि मूलभूत नियमहरुको व्याख्या गरेका थिए । उनले चेतनालाई आदि तत्व हो भनी व्याख्या गर्दथे । उनी आध्यात्मवादी थिए । द्वन्द्ववादका नियमहरु मार्क्सले… पुरा पढौ