लेख

गुरु महिमा

गुर्रुब्रह्मा गुर्रुर्विष्णुर्गुरुर्देवो महेश्वरः। गुरुः साक्षात्परब्रह्म तस्मै श्रीगुरवे नमः।। गुरुको महिमा के कति रहेछ भन्ने कुरो यो श्लोक नै काफी छ। अरु भनिरहनु र लेखिरहनु नै पर्दैन। तथापि गुरु पूणिर्माको सर्न्दर्भलाई लिएर गुरुका वारेमा केही शब्दहरु कोर्ने प्रयास मात्र गरिएको छ। सामान्यतया गुरु भन्नाले कुनै ज्ञान, विद्या, मन्त्र, यन्त्र,  र सीप सिकाउने अग्रज व्यक्ति भन्ने बुझिन्छ। वेदको ज्ञान सिकाउने व्यक्ति पनि… पुरा पढौ

महान् गुरु शाक्यमुनि बुद्ध र महषि व्यास

गुरु : शब्द र महत्व 'गुरु’ शब्दको महत्ता नबुझिएको, यसको महत्व स्खलन गरिएकोमा स्वामी रामाको ठूलो चित्त दुखाई छ। उनका लेखहरुको संगोल 'लिभिङ विथ द हिमालयन मास्र्र्टस’ मा एउटा लेख छ 'गुरु इज अ स्ट्रिम्स एण्ड च्यानल अफ नलेज’ (गुरु ज्ञानका प्रवाह र सागर हुन्)। यसमा गुरु शब्दको अर्थ गरिएको छ 'गु' को अर्थ अन्धकार र 'रु’ को अर्थ प्रकाश।… पुरा पढौ

सद्गुरुको पहिचान कसरी गर्ने ?

हरेक वर्ष आषाढ शुक्ल पूणिर्माका दिनलाई व्यास जयन्तीका रुपमा मनाउने गरिन्छ। कल्प अनुसार व्यास पनि फरक फरक हुन्छन्। यस कल्पका व्यास कृष्णद्वैपायन हुन्। यी  व्यासले मानव मात्रको कल्याणका लागि वेदलाई ४ भागमा विभाजन गर्नुका साथै १८ पुराण र उप पुराणहरुको रचना गरे। त्यसैले यी व्यासलाई हाम्रो संस्कृतिमा जगद्गुरु को रुपमा सम्मान पनि गरिएको छ र उनको आविर्भाव दिवस लाई गुरुपूणिर्माको… पुरा पढौ

सूर्यनाथको सामाजिक योगदान

'हुने विरुवाको चिल्लो पात’ भनेझैँ सूर्यनाथ अधिकारी असाधारण व्यक्तित्व भएका मानिस हुनुहुन्थ्यो। सानै उमेरदेखि सरल, मिलनसार, शान्तस्वभाव, अडिगविचार, तीक्ष्णबुद्धि र परिश्रमी स्वभावको हुनुहुन्थ्यो। सन्तानका लागि माता पिता भनेका परमेश्वरभन्दा पनि ठूला हुनहुन्छ। तर सूर्यनाथका निमित्त माता पिता कल्पनाका मूर्तिसमान मात्र रहन गए। उहाँले तीन वर्षको हुँदा पिता र ९ वर्षकै बाल्यकालमा मातालाई गुमाउनु पर्‍यो। माता पिता दुवै गुमाए पछि अनाथ… पुरा पढौ

शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

पृष्ठभूमि खगोलीय पिण्डहरु ब्रहृमाण्डमा अनादि कालदेखि नै आफ्नै तौर तरीकाले घुमिरहेका छन्। त्यसरी नै असख्य ताराहरु र केही ग्रहहरुले ब्रमाण्डीय उर्जा दिइरहेका छन् भने कहिले एकापसमा आफ्नो कक्षमा घुम्दाघुम्दै एक अर्कालाई प्रभाव पारिरहेका छन्। आकाशमा असंख्य ताराहरुमध्ये केही ताराहरु ठोक्किने र बीच आकाशमै हराउने पनि हुन्छन्। ग्रहहरु निकै नै परिवर्तनशील छन्। ब्रहृमाण्डमा सूर्य ग्रहलाई मूल ग्रह मानिन्छ। यसै ग्रहलाई अन्य… पुरा पढौ

डा.केसी प्रकरण : केही समीक्षा र सुझावहरु

गत एक/डेढ महिनाको अन्तरालमा नेपाली संचारमाध्यमको मुख्य समाचार विश्वकपका मेस्सी र नेपालका डा.गोविन्द के.सी.ले भरिएका छन्। स्वास्थ्य क्षेत्रको सुधारका लागि वर्षौ देखि अनवरत रुपमा लडिरहेका डा.के.सी.को सत्याग्रहको लडाइँ जारी छ। के.सी. को जीवनी अध्ययन गर्ने हो भने, उनले हालसम्म १०५ औँ पटक अनशन बसेेको र सो मध्ये चिकित्सा क्षेत्र सुधारको माग गर्दै जारी आनदोलनको १५ औँ संस्करणको जुम्ला आन्दोलन १५… पुरा पढौ

चिकित्सा शिक्षा डा. के. सी. र भविष्य

आजभोलि नेपालमा शिक्षा सम्बन्धी बहश चको रुपमा चलिरहेछ। प्राविधिक शिक्षामा पहुँच पुर्‍याउँदै अब ७०% ले प्राविधिक शिक्षा पढन पाउने र ३०% ले मात्र जनरल शिक्षा लिने व्यवस्था मिलाउने सरकारको भनाइ आएको छ। जुन गर्न सके राम्रो हो। हाल प्राविधिक शिक्षा तर्फको स्वास्थ्य क्षेत्रमा खास गरी के कस्ता जनशक्ति आवश्यक पर्ने, कति मेडिकल कलेज आवश्यक पर्ने र ती कलेजहरु सुगम दुर्गम… पुरा पढौ

काँग्रेसको नेतृत्व र समाजवादी साख

केही दिन अगाडि हो विवेकशील साझा पार्टीे डा. गोविन्द के.सी. को अनशनको सर्न्दर्भलाई लिएर नेपाली काँग्रेसलाई "पानी माथिको ओभानो" नबन्न सम्झायो। विवेकशीलको यो भनाइ डर मिश्रति थियो भनेर बुझन गाह्रो छैन। कारण प्रष्ट छ- गोविन्द के.सी. को आन्दोलनमा देखिएको काँग्रेसजनहरुको अभूतपूर्व सहभागिता। शायद डर रहृयो विवेकशीललाई कि कतै गोविन्द के.सी. को एजेण्डा काँग्रेसको एजेण्डा नबनोस्। यो सर्न्दर्भ यस अर्थमा यहाँ… पुरा पढौ

सकियो आषाढको चटारो

आषाढ महिना आम नेपालीको लागि व्यस्त हुने महिना हो। खेतीपातीको लागि चाहिने पानीको लागि मनसुन शुरु भइसक्ने महिना हो। जमीन अरु महिनामा बाँझै रहे पनि धान रोप्न माचामाच हुने महिना हो। आषाढ १५ त्यसैले दही च्युरा खाने दिन, हिलोमा टेक्नुपर्ने दिन अनि धान दिवसको रुपमा पर्व मनाउने दिन पनि हो। यही आषाढ महिनामा फलहरुमा राजा मानिने आँप बजारमा आउने र… पुरा पढौ

वी.पी. स्मृति दिवस र नेपाली काँग्रेस

महामानव विश्वेश्वरप्रसाद कोइराला नेपालको राजनीतिक आकाशका मूधन्य व्यक्तित्व हुन् । नेपाली काँग्रेसको राजनीतिक सिद्धान्तको मूल मन्त्र वि.पी. को समाजवाद हो । समाजवाद भन्नाले समाजमा रहेका आर्थिक विषमता हर्टाई समुन्नती ल्याउनुपर्छ भन्ने र देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्ताका साधनमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने राजनीतिक सिद्धान्त समाजवाद हो । साझा भनेको सबै नेपालीको समान… पुरा पढौ