लेख

पोखरेली जुर्मुराउने कहिले ?

नव वर्ष २०७१ सालको सूयोर्दयसँगै 'फेवाताल संरक्षण गरौ’ भन्ने नारामा हुन लागेको लेकसाइड महोत्सवले आमपोखरावासी पर्यटन व्यवसायीमाझ खुसीको सञ्चार ल्याएको छ। विगत सालमा झै यसपालि पनि विभिन्न झाँकी बाजागाजासहित लेकसाइड बसुन्धरा पार्क दुलहीझैं रङ्गीने छ। ताल, ज·ल, हिमालबीचको पोखरामा साँच्चै नै स्वर्गीय आनन्दको अनूभूति बटुल्न सफल हुन्छन् देशी-विदेशी पर्यटकहरू। यही चैत्र २८ देखि २०७१ साल बैशाख २ गतेसम्म लाग्ने यो… पुरा पढौ

विकास, विरोध र वास्तविकता

मेरा श्रद्धेय पिता, प्रजातन्त्र सेनानी स्वर्गीय दयाशंकर पालिखेकै कारण मेरो जीवनमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकसँगको सामिप्यता प्राप्त गर्ने संयोग जुर्‍यो। पोखराको विकासको पर्याय हुनुहुन्छ, उहाँ। त्यसैले त २०३२ सालमा पोखरा विमानस्थलका लागि मात्र नभएर पोखराका अन्य पूर्वाधारको लागि पनि जग्गा अघिग्हणको काम भयो। युवा वयमा विमानस्थल सपना बुने पनि यथार्थमा त्यो कहिल्यै बदलिएन। संयोगले पर्यटन व्यवसाय अँगालेसँगै तत्कालीन  होटल सङ्घ… पुरा पढौ

रामनवमीको महत्व र राम ± सीताको पूजा अर्चना

२०७० चैत्र महिनाको २५ गते तदनुसार इ.सं. २१४ अप्रिल ८ तारिख चैत्र शुक्ल पक्षको नवमीको दिन, मर्यादा पुरुषोत्तम भगवान श्रीराम चन्द्रको जन्मदिन भएकोले यस दिनलाई राम नवमी भनिएको हो। हिन्दु जगतमा राम नवमीको महत्वपूर्ण स्थान रहेको छ। राम नवमीलाई भगवान श्री रामचन्द्रको जयन्ति भनिएको छ। वैद्विक सनातन धर्म मान्नेहरुको लागी ज्यादै पवित्र दिन भनिन्छ। राम नवमी धर्म±संस्कृतिको दिन भनि आएको… पुरा पढौ

शैक्षिक भ्रमणको यात्रा स्मरण

विगत दुर्इ वर्ष पहिले २०६८ कार्तिक को कुरा हो। विगतका संझनाले मलाई पछ्याई रहृयो किन भन्दा म त्यस बेला त्यस विद्यालयको वि.व्य.स.को अध्यक्षमा थिएँ। त्यसै वर्ष विद्यालयको ५० औ वर्ष पूर्ण भएको अवसरमा स्वर्णयमहोत्सव मनाउने तयारी भइरहेको थियो। स्वर्णयमहोत्सव मनाउन भन्दा पहिला कक्षा ९ र १० का विद्यार्थीले शैक्षिक भ्रमणमा जाने जिज्ञासा राखे त्यसै सर्न्दर्भमा शिक्षकहरुले व्यवस्थापन समितिका अध्यक्षलाई पनि… पुरा पढौ

चिन्तित छौ, किन परिवर्तन भइरहेको छैन ?

मेरो एउटा साथी प्रायः भन्ने गर्नुहुन्छ 'मानिसलाई पैसा र न्रि्राले कहिल्यै पुग्दैन’। हुन पनि हो, पैसा जति धेरै भयो उति मन बढ्छ र धेरै भन्दा धेरै कुराहरू गर्ने सोच, आँट र जाँगर आउँछ। त्यसैले जति सुत्यो उति सुतौं, सुतौं लाग्ने मानवीय बानीले कसैलाई पनि तृप्ती हुँदैन। बेलुकी ६ घण्टा सुते हुनेमा दिउँसो पनि त्यति नै घण्टा सुतियो भने पनि न्रि्रा… पुरा पढौ

सकियो एसएलसी

केही दिनअघि मात्र ठूलो तामझाम, उत्साह र सकसको साथ देशभरका ५ लाख ६६ हजार भन्दा बढी विद्यार्थीको सहभागितामा २०७० सालको एसएलसी परीक्षा सकिएको छ। समग्रमा यो वर्षको एसएलसी परीक्षा केही छिटपुट घटनाबाहेक विगतमा भन्दा अझ मर्यादित र सहज वातावरणमा सम्पन्न भयो भन्दा अतियुक्त नहोला। नेपाली शिक्षा प्रणालीको तथा कथित फलामे ढोका भनेर चिनिने एसएलसी परीक्षा दिएर सकरात्मक नतिजाको प्रतीक्षामा बसेका… पुरा पढौ

सहकारी मार्फत दिगो आर्थिक विकास तथा सामाजिक न्याय

उपलब्ध प्राकृतिक स्रोत साधनको समुचित उपयोग विना कुनै पनि देशको आर्थिक विकास सम्भव हुँदैन । जनताको जीवनस्तरमा सुधार गर्दै अत्याधिक उपलब्धितर्फ उन्मुख नभएसम्म समृद्धि हासिल हुन सक्दैन । समृद्धि हासिल गर्नेक्रममा अपनाइने आर्थिक क्रियाकलापहरुबीच हुन सक्ने शोषणका स्वरुपहरुलाई निस्तेज नगरेसम्म समाजमा समुदायमा सामाजिक न्याय बहाल रहन सक्दैन । सिङ्गो समाज यही सामाजिक न्यायको अभावमा तड्पिइरहेको छ र वर्ग विभेदको खाडल झनै गहिरिंदो छ ।… पुरा पढौ

द्वन्द्वात्मक अवस्था र संक्रमण कालको अन्त्य अनिवार्य

२०५२ साल माघमा नेकपा माओवादीले ४० सुत्रीय माग राखेर तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष ज्ञापन पत्र बुझाए र माग पूरा नभएको भन्दै सशस्त्र जनयुद्धमा जाने उद्घोष गरे। फाल्गुण १ गतेबाट तथाकथित सशस्त्र जनयुद्धको थालनी गरे। जनयुद्धको घोषणा गर्ने प्रचण्ड र बाबुराम माओवादीद्वारा प्रस्तुत ४० बुँदे मागलाई सम्बोधन नगर्ने तत्कालीन प्रधानमन्त्री र गृह मन्त्री खुमबहादुर खड्का १० वर्षे जनयुद्धका कारक… पुरा पढौ

भारतमा सहकारी अवलोकन भ्रमण

नेपालको सहकारी अभियानमा भारतको ‘इण्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभ’ क्ष्ँ’ऋइ को सहयोग विगत एक दशक अघिदेखि रहँदै आएको छ। नेपालको सहकारी अभियानको छाता स·ठन राष्ट्रिय सहकारी सङ्घ (ल्ऋँ ) को अनुरोधमा हरेक वर्ष ३५ देखि ४० जनासम्मको ५ समूहलाई सहकारीसम्बन्धी तालिम दिने गरेको छ। यसमा नेतृत्व विकास तालिमका लागि ३ वटा समूह रहने गरेको छ। पछिल्ला केही वर्षदेखि यी तीनमध्ये एउटा… पुरा पढौ

महिलाप्रतिको हिंसा र भेदभाव अन्त्य हुनुपर्दछ

शताब्दियौं देखि हामी हिन्दू जातिको धर्म संस्कृति र परम्परानुसार महिलाहरू पुरुषभन्दा तल्लो दर्जाका मानिँदै आएका छन्। हिन्दू दर्शन र संस्कृति अनुसार महिलाको भन्दा पुरुषको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। शिक्षा, रोजगार, आयआर्जन, कानुनी अधिकारको सर्न्दर्भमा महिलाहरूको न्यून पहुँच रहेको छ। महिलाहरूमाथि हुने यौनजन्य दुर्र्व्यवहार, कुटपिट, बलात्कार तथा वेश्यावृत्ति लगायतका शारीरिक, मानसिक एवं भावनात्मक दुर्र्व्यवहारलाई सामान्य रूपमा लिने गरेको पाइन्छ। सामाजिक… पुरा पढौ