लेख

फल दिने रूखको जरा काट्नुहुँदैन

'आफ्नो हातबाट जो चोट लाग्दछ त्यो चोट त्यति दुखदायी हुँदैन तर त्यही नै चोट अर्काको हातबाट लाग्यो भने अधिक दुःखदायी प्रतित हुन्छ।’ तसर्थ सकेसम्म अरुको भलो चिताउने काम गर्नुपर्दछ। त्यो गर्न सकिएन भने पनि बरु चुप लागि बस्न ठीक हुन्छ, बिगारिहाल्नुहुँदैन। आफ्नो मनमा जस्तो चिन्तन आउँछ, उस्तै नै जीवन बन्ने रहेछ जस्तो भमराले फूलहरूमा गएर फूल नबिगारिकन रस महमात्र लिन्छ,… पुरा पढौ

शान्तिको विवेचना

शान्ति, सुख, आनन्द, परमानन्द आदि शब्द उस्तै-उस्तै लागे तापनि केही न केही भिन्नता भने अवश्य नै पाइन्छ। शान्ति भन्नाले मनको स्वस्थ अवस्था सुख दुःख आदिबाट नविथोलिने मनस्थिति खलबली कचकच आदि नरहेको बेला, विषयवासनातिर मन नलोभिएको अवस्था कामक्रोध लोभ मोह आदिमा नजेलिएको स्थिति, ग्रहशान्तिको अवस्था क्रान्ति समाप्तिको स्थिति हो भने अनुकूल परिस्थितबाट हुने शान्तिको अनुभूति, हर्ष, आनन्द, अर्काको भलाई गर्न पाउँदाको… पुरा पढौ

भगवान र भक्तबीचको सम्बन्ध

भगवान र भक्तबीच सरल र सोझो सम्बन्ध छ। जहाँ भक्तहरू छन्। त्यहाँ भगवानको बास हुन्छ। भगवान सम्पूर्ण जन्म आदि विकारद्वारा रहित विशुद्ध, न प्राण न इन्द्रिय, न मन कुनै केही नभएर पनि जुनसुकै कार्य गर्न समर्थ भएकाले सर्व शक्तिमान हुनुहुन्छ। त्यस शक्तिमानको द्विलोक मष्तक हो। चन्द्र, र्सूय दुर्इ आँखा हुन्। सम्पूर्ण दिशाहरू कान हुन्, चार वेद उनको वाणी हो, वायु… पुरा पढौ

युवावर्गहरूमाथि सरकारी रवैया

स्वरोजगार कोषको आ.व. ०७६/६८ सालको नतिजा हेर्दा तीन जिल्लामा २७ जना युवामात्र स्वरोजगार बनेको देखिन्छ, -सौर्य दैनिक, कात्तिक २७, ०६९)।नेपालबाट वर्षेनी लगभग ५ लाख ५४ हजार युवा विदेशिने गरेको नेपालको एक आधिकारीक तथ्याड्ढले बताएको र यसरी युवाहरू यही दरमा विदेशिने क्रम चलिरहेमा २० वर्षपछि नेपालमा केवल बूढाबूढी मात्र रहनेछन्।र नेपाललाई विश्वमा बूढाबूढीको देश भनेर चिनिनेछ। -कायाकैरन, माघ ३, ०६९)। कायाकैरनको… पुरा पढौ

रामदेव गुरुको सानिध्यतामा योग

२०६४ सालबाट पोखरामा पूर्वअध्यक्ष शिव मल्लको अध्यक्षतामा पंतजलि योग प्रशिक्षण सुरु भएको हो। जसबाट धेरै पोखरेली दाजुभाइ, दिदीबहिनी योगको प्रशिक्षणमा भाग लिई यसबाट लाभान्वित भएका छन्। हाल पोखरामा कास्की पतंजलि योग समितिका अध्यक्ष दीपक सिग्देलको अध्यक्षतामा विभिन्न टोल गाउँ र सहर हुँदै यसले वृहत् रूप लिइसकेको छ। कास्की पतंजलि योग समितिका संस्थापक माहामन्त्री तर हालको अञ्चल प्रभारी राजु सुवेदी भन्नुहुन्छ-'योग… पुरा पढौ

रचना वाचनमा व्यस्त साहित्यिक पाठशालाहरू

पोखरा, ७ भदौ।शनिबार आयो कि बेफुसदी बढ्छ, पोखरेली साहित्यकार र साहित्यप्रेमीहरूको। विभिन्न अवसरमा आयोजना गरिने कार्यक्रम त भई नै रहन्छन् तर पोखरामा प्रत्येक शनिबार कम्तीमा एकदेखि तीन वटासम्म नियमित रचना वाचन हुन्छन्। साहित्य लेखनलाई जन्मजात गुण,र्र् इश्वरको वरदान, परिस्थितिको उपजजस्ता अनेक कुराको परिणति मान्नेहरू छन्। समग्रमा जीवन वरिपरि साहित्य लेखनको विषयवस्तु घुम्छ। नियमित शृङ्खलालाई साहित्यका पाठशाला मान्न सकिने प्राज्ञ सरुभक्तको… पुरा पढौ

स्व. भानुभक्त पहारीप्रति श्रद्धासुमन

मिति १९९५ साल फाल्गुण १५ गते मङ्गलबार पोखरा-६, बैदाम मुलथोकमा पिता शहदेव पहारी र माता हरिकला पहारीको कनिष्ठ सुपुत्रको रुपमा मध्यम वर्गीय किसान परिवारमा जन्म भएको थियो । सानै उमेरमा पिता शहदेव पहारीको दिवंगत भएकोले माता हरिकला पहारीको छत्रछायाँमा वहाँको लालनपालन भयो । सानै उमेरदेखि संस्कारित स्वभाव वहाँमा बिद्यमान रहेको थियो । तत्कालीन अवस्थामा शिक्षा दीक्षाको अभावका बाबजूद पनि वहाँले विद्वान गुर्रुवर्गको सानिध्यमा… पुरा पढौ

हरेलो पर्वः एक चर्चा

परिचयः नेपाल कुषि प्रधान देश हो। २०६८ सालको जनगणनामा कृषिमा आधारित जनताहरुको तथ्यांक सार्वजनिक नभए पनि हाल नेपालका वहुसंख्यक जनता कृषि व्यवसायमा निर्भर छन्। किसान जनताहरुले धुमधाम र विशेष लगाव साथ मनाउने पर्वहरुमा असारपन्ध्र, हरेलो, न्वागि खाने आदि पर्दछन्। असारपन्ध्र त हिजो आज राजनितिक पार्टीका किसान सम्वन्धि जनवर्गिय संगठन र पर्यटन सम्वन्धी व्यवसायीहरुले पनि मनाउन थालेका छन्। तर हरेलो र… पुरा पढौ

नारायणस्थानको विकासमा स्व. अधिकारीको योगदान

धमोर्रक्षति रक्षितः भन्ने मन्त्रलाई आत्मसात गर्दै सरकारी सेवा निवृत जीवनलाई भगवान लक्ष्मीनारायणमा अर्पित गर्ने महान सामाजिक, धार्मिक व्यक्तित्व नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रुद्रनाथ अधिकारी आज हामी सामु हुनुहुन्छ। होचो कद, हसिलो अनुहार, मृदुभाषी, ओजस्वी, नैतिकवान, सबैप्रति आदर र सम्मान दिन सक्ने सेतो सफा लवेदा सुरुवाल ढाकाको टोपी र कोटमा देखिनुहुने उहाँ रुद्रनाथ समाजका आस्थाका केन्द्र र विश्वास पात्र… पुरा पढौ

बैंक/वित्तीय संस्था, सहकारी र सरकारी नीति

कुनै समयमा नेपाल बैड्ढ, राष्ट्रिय वाणिज्य बैड्ढ, कृषि विकास बैड्ढ र नेपाल औद्योगिक विकास निगम गरी जम्मा चार वटा वित्तीय संस्थाहरूले नेपालको वैकिङ् क्षेत्रमा एकाधिकार हुँदा, सर्वसाधारणको निम्ति बैड्ढको उपस्थिति दुर्वल थियो। पर्याप्त धितो, सीप र चाहना हुँदा हुँदै पनि पू“जीको अभावमा कैयौं औद्योगिक, पर्यटकीय प्रतिष्ठान कृषि र्फमहरू विस्तापित भएभने विकसित भएको मानव उर्जा पनि सेलाएर गएका दिनहरू थिए। वाणिज्य… पुरा पढौ