लेख

राष्ट्रिय पर्व दशैँ: धर्म र संस्कृतिको सङ्गम

१. देव दानव संघर्ष सनातन हिन्दू धर्मावलम्बीहरु धेरै देवी देवताको पूजा आराधना गर्नेर्गर्छन्। त्यस मध्ये शिव र शक्ति उपासकहरु अझ धेरै पाइन्छन्। शिवलाई आशुतोष मानिन्छ। शिव चाँडै खुसी भएर फल दिन्छन्। देवी पनि यसरी नै लोक कल्याणको निम्ति प्रतिज्ञारत छन्। यसैले शिव-शक्ति सनातनी हिन्दूहरुका आराध्य देवता मानिन्छन्। आश्विन शुक्ल पक्षको नवरात्र देवी उपासनाको महिमा मानिन्छ। प्रतिपदाको दिन नवदुर्गा स्थापना गरेर… पुरा पढौ

बर्मा, रोहिंग्या र आन सान सुकी

बर्मा र रोहिंग्या जाति : म्यानमारभन्दा बर्मा नाम नेपाली जनज्रि्रोमा परिचित छ। यो देशसँग नेपाल शहरी एवं पठित व्यक्तिहरुमात्रै होइन ग्रामीण क्षेत्रमा बसोबास गर्ने किसान पनि परिचित छन्। भलै तिनीहरुले बर्माको भूमि नटेकेका किन नहुन् बर्मा घरायसी शब्द बनेको हो धेरै अगाडिदेखि नेपालीको लागि। बर्मासँग परिचित हुनु, नजिकपना महसुस गर्नुका केही कारणहरु छन्। पहिलो कुरा आफ्नो उद्यमशीलताको लागि धेरै नेपालीहरु… पुरा पढौ

अद्भूतपूर्ण जमरा

सामान्यतयाः मकै, गहुँ, जौका कलिला पहेंला टुसाहरूलाई जमरा भनिन्छ। धार्मिक संस्कारमा यसको प्रयोग त्यतिखेरै हुन्छ, जतिखेर मान्यवरको हातबाट दशैंमा टीका ग्रहण गरिन्छ। दसैं जस्तो चाडका लागि यो अपरिहार्य छ।  देवीदेवतामा विश्वास राख्नेहरुले फूलपाती अर्पण गरेर आफ्ना भावना चढाएका हुन्छन्। देवीदेवतालाई फूलपातीले पूजा गर्ने चलन नौलो होइन। पूजाआजमा नैवेध चढाइन्छ र प्रसाद भनेर ग्रहण गरिन्छ। तर दसैंमा छुट्टै फूलको प्रयोग नगरी… पुरा पढौ

अवकाशप्राप्त राष्ट्रसेवकको जीवनशैली

कर्मचारीले अवकाश धेरै किसिमबाट प्राप्त गर्दछन्। नेपालको सर्न्दर्भमा स्वास्थ्य सेवाका कर्मचारीको हकमा ६० वर्ष र अन्यका हकमा ५८ वर्ष  उमेर सम्म सेवा गरेपछि अनिवार्य अवकाश पाउने व्यवस्था छ। त्यस्तै विशिष्ट श्रेणीको मुख्य सचिवमा ३ वर्ष र सचिव पदमा ५ वर्ष सेवा अवधि भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था छ। संबैधानिक निकायका पदाधिकारीहरु र सबोर्च्च अदालतका प्रधान न्यायाधीश ६५ बर्ष उमेर पूरा… पुरा पढौ

नेपालको विविधता र समावेशीका प्रयासहरू

पछिल्लो जनगणनामा २०६८ अनुसार नेपालको जनसङ्ख्या २,६४,००,५०४ पुगेको छ। अहिले यो पौने तीन करोडको हाराहारीमा पुगेको अनुमान छ। हाल नेपालमा करिब १२५ जनजातिहरु छन्। ती मध्ये समूह विभाजन गर्दा सबैभन्दा ठूलो समुदाय खस आर्य हो। यो खस आर्य समुदाय ३१.२ प्रतिशत, आदिवासी जनजाति समूह २८.७ प्रतिशत, मधेशी समूह १५.३ प्रतिशत, दलित समूह १३.८ प्रतिशत, थारु ६.६ प्रतिशत छन् र अन्तिममा… पुरा पढौ

चट्टानी अडानका पर्याय : गणेशमान सिंह

सम्वत् १९७२ कार्त्तिक २४ गते जन्मेका गणेशमान सिंह ८१ बर्ष १० महिना ८ दिन बाँचेर २०५४ असोज २ गते परलोक भएपछि हरेक वर्षको असोज २ गते यी गणेशमान सिंहको स्मृति दिवस धुमधामसँग मनाउने गरिएको छ। यिनले नेपाली राजनैतिक फाँटमा प्रजातन्त्र पुनस्र्थापनाको लागि गरेको योगदानको कदर गर्दै यिनलाई आन्दोलनका लोकनायक, जनआन्दोलनका महानायक तथा कमाण्डर, नेपाली काङ्ग्रेसका सवोर्च्च नेता तथा शीर्ष पुरुषजस्ता… पुरा पढौ

के माओवादी सानै हो त ?

जतिबेला कलेजको विद्यार्थी छँदा अध्ययन गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित के नेपाल सानो छ ? भन्ने निबन्धको सम्झना आइरहेको छ। सो निबन्धमा महाकवि देवकोटाले नेपाल विश्वको मानचित्रमा आकारका हिसाबले सानो होला तर यहाँ साहित्यकार, कलाकार तथा आविस्कारहरुको कमी छँदै छैन। केवल प्रतिभाहरुको विकासको निमित्त अनुकूल वातावरणको मात्र अभाव रहेको विस्तृत व्याख्या एवं विश्लेषण गरेका छन्। त्यसैगरी यहाँका हिमाल, पहाड, तराई,… पुरा पढौ

हिन्दू संस्कृतिमा सोह्र श्राद्धको महिमा

शास्त्र तथा कुलको आचरण अनुसार पितृहरूले पाउन् भन्ने उद्देश्यले श्रद्धापूर्वक गरिने पितृपूजा कर्मलाई श्राद्ध भनिन्छ। विक्रम संवत् अनुसार आश्विन महिनाको कृष्ण पक्ष सोह्र श्राद्ध पक्ष हो। स्र्वर्गे भएका बाबु बाजेहरू, दिवङ्गत भएका आफ्ना पुर्खा, प्रेतको अवस्थाबाट मुक्त भएका पूर्वज, सनातनी विश्वास अनुसार पितृलोकको निवासीलाई पितृ भनिन्छ। धर्मशास्त्र अनुसार जन्मजात तीन ऋण देव ऋण, ऋषिऋण र पितृ ऋण मध्ये तेस्रो ऋण,… पुरा पढौ

छिटपुट प्रसंग भाद्र महिनाको

भाद्र महिना नेपालको राजनैतिक साँस्कृतिक र सामाजिक परिवेशमा केही महत्वपूर्ण घटनाहरु भए। देशका विभिन्न ठाउँहरुमा बाढी पहिरोको प्रकोपले ठूलो भौतिक संरचनाहरुमा क्षति पुग्यो, धेरै जनहरुको क्षति भयो सडक भासिए यात्रुहरुले ठूलो शास्ती भोग्नु पर्‍यो। विपदको आवस्था धेरै सहयोगी हातहरु अगाडि आए पीडामा सहानुभूति र सहयोगहरु जुट्यो। अव हरेक वर्ष आउने यस्ता विपत्तिहरुको व्यवस्थापन गर्न नेपाल सरकारले छुट्टै निकाय गठन गरी… पुरा पढौ

संविधानका दुर्इ वर्ष : एक समीक्षा

संविधान जारी हुँदाको सम्झना : आउँदो असोज ३ गते संविधान जारी भएको २ वर्ष पुग्छ। २०७२ साल बैशाखमा गएको महाभूकम्पले दुःखित भएका नेपाली जनताले संविधान घोषणा हुँदा केही राम्रो उपलब्धि भयो भनेर राहत महसुस गरेका हुन्। दुःख बिर्साको हो, संविधानले। खबौ खर्च भएको थियो,  पहिलो संविधानसभाको निर्वाचनदेखि यसको अवसानसम्म। छ वर्षसम्म पनि एक थान संविधान दिन सकेन, संविधानसभा विघटन भयो।… पुरा पढौ