बगैँचा सहकारीको अवलोकन भ्रमण

पोखरा, २० कात्तिक । बगैँचा बचत तथा ऋण सहकारी संस्था लि. पोखरा-५, पस्र्याङलेे सहकारी अवलोकन तथा धार्मिक एवं ऐतिहासिक पर्यटकीयस्तरको चारदिने अवलोकन भ्रमण पूरा गरेको छ ।

सहकारी उपाध्यक्ष ताराप्रसाद पोखरेलको नेतृत्वमा गत कात्तिक १६ देखि १९ सम्म स्याङ्जा रुपन्देहीहुँदै पश्चिम महेन्द्रनगर टनकपुरसम्म भ्रमण गरिएको हो ।

सो क्रममा कैलाली टीकापुरस्थित सामूहिक केरा खेती तथा केराबाटै बनाइएका विभिन्न परिकारसम्बन्धी कृषि क्षेत्रको अध्ययन गर्नुका साथै बर्दियाको डल्लास्थित सामुदायिक सहकारीअन्तर्गत संचालित होम स्टे अवालोकन तथा सांस्कृतिक कार्यक्रमको समेत अध्ययन अवलोकन गरिएको थियो ।

यसैगरी, कर्णालीको पुल, बर्दिया राष्ट्रिय निकुञ्ज, महाकाली नदीमा भारले लगाएको बाँध, घोडाघोडी ताल, याक संग्रहालय एवं नवलपुरस्थित सिजी अन्नपूर्ण प्रालिद्वारा सञ्चालित धामको अवलोकन गरिएको जनाइएको छ ।

- एजेन्सी