गण्डकीको लाहन शाखा उद्घाटन

पोखरा, २४ असोज । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकले सिराहाको लाहनमा शाखा विस्तार गरेको छ । सो शाखा उद्घाटन गर्दै लाहन नगरपालिकाका प्रमुख मुनी शाह सुडीले बैंकलाई लाहनमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले सेवाग्राहीले सरल र सहज रुपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकको गतिविधि सहित भावी कार्यक्रमबारे जानकारी गराए ।

बैंक अध्यक्ष सुशील गौचनले आगामी दिनमा बैंकका शाखालाई गाउँ गाउँमा पुर्‍याउँदै वित्तीय पहुँच पुर्‍याउने जानकारी गराए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ सिराहा अध्यक्ष अशोक अमात्य, जेएस मुरारका क्याम्पसका क्याम्पस प्रमुख तुलसीराम पोख्रेल, बैंकका शाखा प्रमुख चन्द्रदीप पहाडीले बोलेका थिए ।

बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस, एटिएम, सि-आस्वा, आईपिएस, मोवाइल बैकिङ सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीयकार्यालय लगायत केही शाखाबाट ३६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालिन सेवा दिँदैआएको प्रमुख कार्यकारी अधिकृत थापाले जानकारी दिए ।

- एजेन्सी