पूर्व प्रधानमन्त्रीकी श्रीमती पक्राउ

क्वालालम्पुर, १७ असोज। मलेसियाका पूर्वप्रधानमन्त्रीका श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ। कैयौँ अर्ब डलर भष्टाचार गरेको आरोपमा उनलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको हो। रोसमाहका अधिवक्ता के कुमाराएन्ड्रानले उनी पक्राउ परेको पुष्टि गरेको समाचारमा जनाइएको छ।

मलेसियाको भष्टाचारनियन्त्रण सम्बन्धी निकायले रोसमाहमाथि केही प्रश्नहरु उठाएपछि उनी पक्राउ परेको बताइएको छ। उनका श्रीमान् तथा मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई पनि भ्रष्टाचार र मुद्रा अपचलनलगायतको आरोप छ।

- रासस/एएफपी