बेलायतमा वीपीको सम्झना

पोखरा, २६ भदौ। जननायक वीपी कोइरालाको १०५ औं स्मृति दिवस प्रवासमा बस्ने नेपालीले विविध कार्यक्रम गरी मनाएका छन्।यसैबीच, नेपाली काँग्रेसआबद्ध नेपाली जनसर्म्पर्क समिति युकेद्वारा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गरबुजाले वीपीको आदर्श र सिद्धान्तलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा लागु गर्न सकेका वीपीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।

त्यसैगरी, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले वीपी दूरदर्शी नेता भएकोले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उनको नाम उच्च स्थानमा रहेको बताए।

जनसर्म्पर्क समिति अध्यक्ष युवराज गुरुङको अध्यक्षमा सम्पन्न सो कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि विश्वआदर्श पण्डित, विज्ञान प्रसाई, डा. सम्पूर्ण ढुंगाना, चेतनारायण खनाल, केशव भण्डारी लगायतले वीपीको योगदानबारे बोलेका थिए।

- एजेन्सी