लेखनाथ हार्डवयर एशोशियसनको पदस्थापन

लेखनाथ, १६ भदौ । लेखनाथ हार्डवयर एशोसिएसनको नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ ।

पोखरा २७, सतिफाँटको छैटौ वाषिर्क साधारणसभा तथा तेश्रो अधिवेशनले दुर्इवर्षे कार्यकालको लागि विजय गुरुङसहित अन्य पदाधिकारी र सदस्यहरुको पदस्थापन गरिएको हो । तीन सदस्यीय निर्माचन मण्डलमा, राजेन्द्र ओझा, र भक्तवहादुर केसी थिए भने नवनिर्वाचित पदाधिकारीहरुलाई अधिवक्ता मदन तिवारीले पद तथा गोपनियताको सफथ गराएका थिए ।

‘गुणस्तरिय निर्माण सामाग्री हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ स्थापना भएको एशोसिएसनको भदौ ९ गते सम्पन्न अधिवेशन तथा साधारणसभाले प्रथम उपाध्यक्षमा ऋषिराम जमरकट्टेल, द्धितीय उपाध्यक्ष अर्जुन पंगेनी, महासचिव शिवराज अधिकारी, कोषाध्यक्ष लक्ष्मण सुनार, सचिव मनवहादुर विकलाई चयन गरेको थियो ।  एशोसिएसनको अन्य सदस्यहरुमा नवराज तिवारी, चित्रप्रसाद भट्टराई, शिवराज अधिकारी र खेम गुरुङलाई सर्वसम्वत चयन गरेको थियो  ।

पदस्थापन समारोहमा वोल्दै नवनिर्वाचित अध्यक्ष विजय गुरुङले समितिले विगतमा गरेका कार्यको सर्‍हाना गर्दै संस्थाको हितका लागि सल्लाह, शुझाव र सहयोग गर्न आग्रह गरे । आगामी कार्यकालमा संस्थालाई अझ बजबुद गरी अगाडि वढाउने  गुरुङको प्रतिवद्धता थियो ।

संस्थाका वरिष्ठ सल्लाहकार सदस्य भक्tmवहादुर केसीले स्वागत मन्तव्य राखेको कार्यक्रममा पूर्वमहासचिव गोपीचन्द्र वास्तोला, सल्लाहकार भरतकुमार अधिकारी, निवर्तमान अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले नव निर्वाचित पदाधिकारीलाई कार्यकालको शुभकामना दिए । संस्थाका पूर्व संस्थापक अध्यक्ष राजेन्द्र ओझाले कार्यक्रम सन्चालन गरेका थिए ।

- अादर्श समाज सम्वाददाता