ढिकुरपोखरीमा गाँजा नष्ट

हेमजा, १२ भदौं। अन्नपूर्ण गाउँपालिका-२, ढिकुरपोखरीमा मंगलवार हरियो गाँजा नष्ट गरिएको छ।

वडा कार्यालयको आयोजनामा स्थानीयवासी, त्यहाँस्थित दलित एकता युवा क्लब तथा प्रहरी चौकी नागडाँडाको सहयोगमा गाँजा नष्ट गरिएको हो।

सो वडाअन्तर्गत पर्ने साविकको ढिकुरपोखरी ४ का सबै टोलबाट करिव एक ट्याक्टर गाँजा संकलन गरी प्रहरी चौकी हातामा आगो लगाइ नष्ट गरिएको वडा सदस्य देवराज भण्डारीले बताए।

सो वडाअन्तर्गत पर्ने साविक ढिकुरपोखरी ९ मा यसअघि नै गाँजा नष्ट गरी सकिएको छ। कार्यक्रम वडा अध्यक्ष चूडामणि अधिकारीको अध्यक्षतामा भएको थियो।

- अादर्श समाज सम्वाददाता