गण्डकीका ग्राहकलाई मेडिसिटीमा उपचार छुट

पोखरा, ४ भदौ। गण्डकी विकास बैंकका एटिएम होल्डर ग्राहक, बैंक कर्मचारी र उनका परिवारले नेपाल मेडिसिटी हस्पिटलमा उपचार खर्चमा छुट पाउने भएका छन्।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्य र हस्पिटलका जनरल म्यानेजर विजय रिमालले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

बैंकका एटिएम होल्डर ग्राहकले म्याद कायम रहेको एटिएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकको चाहनाबमोजिम बैंकका सेवालाई सर्वसुलभ र सहज रुपमा प्रदान गर्न आगामी दिनमा बैंकिग सेवालाई थप विविधिकरण र विशिष्टिकरण गर्दै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए।

- एजेन्सी