ट्होटेंमा चिउली पार्चे प्रथम

पोखरा, २९ साउन । तमु धिं नेपालद्वारा आयोजित ट्होटें र्यालीमा चिउली पार्चे तमु समाज पोखरा प्रथम भएको छ  ।

यस्तै, दूधपोखरी दोश्रो, फूलबारी तेस्रो भयो । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

यस्तै, बगर, याङ्जाकोट र तनहुँ तमु समाज सान्त्वना हुँदै जनही ३ हजार पाए । झोरा प्रस्तुत गरेको आँधीखोला तमु समाजलाई ३ हजार रुपैयाँ सहित पुरस्कृत गरियो ।

कार्यक्रममा प्रदेश सांसद मनबहादुर गुरुङ, ओम डेभलपमेण्ट बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले पुरस्कार प्रदान गरे ।

ट्होटे र्यालीको नतिजा मूल्यांकन समिति संयोजक अधिवक्ता जूनाकुमारी गुरुङले घोषणा गरेकी थिइन् ।

- अादर्श समाज सम्वाददाता