गरिमा र देव विकास बैंकबीच रेमिट सम्झौता

पोखरा, २९ साउन। गरिमा रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा देवः विकास बैंकर गरिमा विकास बैंकबीच सम्झौता भएको छ।

गरिमाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र देवःका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सो सम्झौतापछि देवःका देशभर सञ्चालनमा रहेका ५१ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए।

- एजेन्सी