सर्द्धमको वाषिर्कोत्सवमा सम्मान

पोखरा, २६ साउन । सर्द्धम सभाको २८ औं तथा धर्म संघ बुद्ध विहारको ६३ औं वाषिर्कोत्सवमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । प्रमुख अतिथि डा कविन्द्र बज्राचार्यले शनिबार वाषिर्कोत्सव समारोह उद्घाटन गर्नुका साथै उनीहरुलाई सम्मान गरे ।

ज्येष्ठ सदस्य सूर्यमाया बज्राचार्य र कर्णखर बज्राचार्यलाई डा बज्राचार्यले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन्। एसर्इइमा सर्वोत्कृष्ट अंक ल्याउने मञ्जुलराज शाक्य र कृपा बज्राचार्यलाई ३ हजारसहित सर्द्धम सभा प्रतिभा पुरस्कार प्रदान गरियो । एसर्इइमै उत्तीर्ण आयाम शाक्य, दीया शाक्य, ब्रोशिल बज्राचार्य, शायश बुद्धाचार्य, रोशनिका बुद्धाचार्य र शिरीष बज्राचार्यलाई प्रमाणपत्र दिइयो ।

त्यसैगरी, दश जोड दुर्इ उत्तीर्ण रोजित गुभाजू, हिमांशु शाक्य, प्रतिष्ठा बुद्धाचार्य र दुष्टि बज्राचार्यलाई सम्मान गरिएको थियो। स्नातक तह उत्तीर्ण अनुजा बज्राचार्य, दीपेशमान शाक्य, असिम बज्राचार्य, श्रीया बुद्धाचार्य, अरविन शाक्य र शुमेधमान बुद्धाचार्य तथा स्नातकोत्तर तह उत्तीर्ण सुमना बज्राचार्य, तुफानमान शाक्य, आशा बुद्धाचार्य र सक्षममान बुद्धाचार्यलाई सम्मान गरिएको थियो। नेपाल संवत् ११३८ मा मिस नेवाः बन्न सफल प्रीति बुद्धाचार्यलाई मायाको चिनो प्रदान गरियो ।

त्यस्तै, सर्द्धम सभा दोस्रो डबल्स ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई समेत सम्मान गरिएको कार्यक्रम संयोजक इश्वरमान शाक्यले बताए।

कार्यक्रममा संस्थालाई सहयोग गर्ने योगेन्द्र बज्राचार्य र मोहन शाक्यलाई सम्मानित भए । निवर्तमान सचिव अशोककुमार शाक्यका अनुसार पूजाविधि प्रशिक्षणका वरिष्ठ प्रशिक्षक गुरु नेमरत्न शाक्य, अन्तुमान गुभाजू, भुवनराज बज्राचार्य, आशाकाजी बज्राचार्य र मानराज गुभाजूलाई समेत सम्मान गरिएको थियो ।  कार्यक्रममा श्रद्धेय बौद्ध गुरु मीन लामा, धर्मशिला बुद्ध विहार दायकसभा अध्यक्ष कृष्णमान गुभाजू र पूर्व अध्यक्ष मोतीमान शाक्य लगायतले बोले । सभा तथा संघका निवर्तमान अध्यक्ष भरतराज शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष इश्वरमान शाक्यले स्वागत र सचिव अशोककुमार शाक्यले संचालन गरेका थिए।

सो अवसरमा सर्द्धम सभा तथा संघका नयाँ कार्यसमितिको पदस्थापन गराइयो ।

- अादर्श समाज सम्वाददाता