महानगरको निःशुल्क स्वास्थ्य शिविर

पोखरा, २३ साउन । पोखरा महानगरपालिका कार्यालयमा बुधबार निःशुल्क स्वास्थ्य शिविर भएको छ। महानगरको  स्वास्थ्य महाशाखाको आयोजनामा भएको शिविरमा महानगरका कर्मचारी, जनप्रतिनिधि र महानगरमा आउने सेवाग्राहीलाई लक्ष्य गरेर स्वास्थ्य शिविर गरिएको महाशाखाका प्रमुख हेमन्त शर्माले जानकारी दिए।

शिविरमा ३ सय ७३ जनाले रक्तचाप, मधुमेहको परीक्षण गरेको गर्नुका साथै ८५ जनालाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो।

कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीलाई नियमित स्वास्थ्य जाँचको महत्वको साथै स्वास्थ्य सचेतना जगाउन शिविर गरिएको शर्माले बताए। महानगरका मेयर मानबहादुर जिसीको स्वास्थ्य परीक्षण गरेर शिविर शुभारम्भ भएको थियो ।

- एजेन्सी