बुद्धिको सदुपयोग साहित्य

महात्मा गान्धी भन्नुहुन्छ, ‘टाउकोको बुद्धि जति सदुपयोग हुन्छ, त्यो मात्रै बुद्धि हो अरु व्यर्थैको भारी!’ यही आलोकमा बुद्धिजीको सद्बुद्धि सलामयोग्य लाग्यो।

एक गृहिणी जसलाई नामको चको भोक छैन। साहित्यकार पनि होइनन्। पोखराका धनाढ्य १० हजार जनालाई गन्दा अन्तिमतिर मात्रै बुद्धिको नाम आउला तर उनै पोखरा-१६ की श्रीमती बुद्धि गुरुङले दीपशिखा साहित्य सङ्गमलाई ५ लाख रूपैयाँ आर्थिक सहयोग दिइन्। धेरैले ज्रि्रो टोके। भर्खरै चर्चामा आएको अशोक दर्जीको गीत चिच्याएर गाउन मन लाग्यो, ‘धन हुनेको मन ठूलो कि मन हुनेको धन -’

‘दीपशिखाले सुशान्त शाहीको मुक्तकसङ्ग्रहको विमोचन र श्रीराम ढकालको सम्मान गर्ने …!’ फेसबुकमार्फत् थाहा पाइयो। साउन पहिलो हप्तातिरै सूचना प्रवाह गरिएझैं १२ गते शनिबार कार्यक्रम भएको पाइएन। जम्काभेटमा संस्थाका सल्लाहकार विपीन आचार्यलाई ‘किन हो त नि -’ सोधें।

‘प्रमुख अतिथि प्रदेश ४ का आर्थिक समिति सभापति माननीय दीपक कोइरालालाई निम्तो गरेको, उहाँ काठमाडौंमै अल्मलिनुभएकोले साउन १५ लाई कार्यक्रम तय गरियो, आउनुहोला!’

‘साहित्यिक कार्यक्रममा किन नेतै चाहिने -’ ‘नेता पनि हेर्नाका हुन्छन्, दीपक कोइराला मेरो नेता, साथी र साहित्यका असल पाठक हुन्। सर, तपाईं अग्रज साहित्यकारले गणतन्त्र ल्याउन योगदान पुर्‍याउनुभयो होला तर गणतन्त्रको मर्मलाई राज्यको अवयवसम्म पुर्‍याउने कामको जिम्मा अब युवाकै काँधमा छ!’

मेरो बोल्ती बन्द भयो। साउन १५ गते खिर खाने दिन परेछ। म रिर्र्डस कर्नरको सभाकक्षमा पुगें। आयोजक संस्था दीपशिखा साहित्य सङ्गम र सहयोगी प्रगतिशील वाङ्मय प्रतिष्ठान, कास्कीको ब्यानरमुनि अध्यक्ष रामजी आचार्य, प्रमुख अतिथि दीपक कोइराला, स्रष्टा सुशान्त, समीक्षक सञ्जीव पौडेल र विशिष्ट अथितिका रूपमा बुद्धि म्याम विराजमान थिए। सहभागी सबैका आँखा त्यतिखेर चम्के जतिखेर श्रीराम ढकाललाई हृवीलचेयरमा राखेर सभाकक्षमा ल्याइयो। शारीरिकरूपले श्रीराम ढकाल अपाङ्गता भएका व्यक्ति रहेछन्। पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थी उनी कवि पनि हुन्। आमा मातृभूमि उनको कवितासङ्ग्रह प्रकाशित छः

“मरक्क कम्मर मर्काएर आऊ

सारा गाउँ-टोल, छिमेक थर्काएर आऊ

सुनेँ, तिमी भिजेकी छ्यौ रे वर्षात्मा,

त्यो जिउको चिसो पानी तर्काएर आऊ ⁄”

समीक्षक सञ्जीव पौडेलले बोल्न थाल्दा यो मुक्तक उक्काए। मैले आजै बिहान -साउन १२ मा) मात्रै युटूबको एउटा समाचार हेरेको थिएँ। बङ्गला देशमा झरीको बेला साधारण चियापसल अगाडि सार्वजनिक थलोमै चुम्बनरत जोडाको तस्वीर फेसबुकमा राखिएछ। त्यो राख्ने पत्रकार जिबोनलाई आफ्नै सम्पादक महोदय र अरुले मिलेर साफ भकुरेछन्। क्यानाडामा यस्तै कर्म गर्ने पत्रकार रिचलेम चाहिँ सम्मानित भएका रहेछन्। समाजको सोँचको स्तर फरक-फरक हुन्छ।

मनको मिटर तीव्र गतिले चल्छ। अहिले वार्धक्यले थिचिँदैछु। पहिले राम तेरी गंगा मैलीमा हिरोइन न्रि्रुक्क भिजेकी देख्दा चौपट्टै रोमाञ्चित भएको थिएँ। भारतीय कवि आलोक धन्वाको कविता, वारिस एक राह है, स्त्रीतक जाने की पनि पढेकै हुँ। यहाँ त यो मुक्तकलाई सञ्जीव पौडेलले अलि फरक ढङ्गले पो अर्थ्याए। मुक्तककार सुशान्त लकीरका फकीर जस्ता छैनन्। अरु अग्रजलेझैं भिजेकी युवतीको सौर्न्दर्य हेर्न रुचाउँदैनन्। बरु उनी त कृतिम श्रृंगार धोइएकी, जीउ सुकाएर आऊ भन्छन्। बाह्यभन्दा आन्तरिक सौर्न्दर्य खोज्छन्झ् सञ्जीवले मुक्तकसङ्ग्रह साथीको सबल पक्षबारे घतलाग्दो कुरा गरे। दुर्बल पक्षबारे थोरै सङ्केत गरे-

“चैत मसान्तको हुरी जस्तै रैछे

तरबार, चक्कू अनि छुरी जस्तै रैछे

क्याडबरी ओँठ अनि नसालु ती आँखा,

यो दिलभित्र बस्न सुहाउने, लुरी जस्तै रैछे ⁄”

हुरी, तरबार, चक्कू अनि छुरी धान्ने सुशान्तको दिल कस्तो हो – के त्यो तरबारको म्यान जस्तै हो – प्रेयसीलाई माथि भयङ्कर भन्नु अनि अन्तिममा फेरि लुरी देखाउनु विरोधाभासपूर्ण छ। मुक्तकमा क्रमिक विकास देखाएर चौथो पङ्क्तिले सशक्त प्रहार गर्नुपर्छ। त्यस्तो यहाँ पाइँदैन! साहित्यिक सभामा यस्तै-यस्तै रमाइलो कुरा सुन्न गइन्छ। भेटघाट गर्न र मनोविज्ञान पढ्न गइन्छ। यहाँ श्रीराम ढकालको उपस्थिति विशेष महत्वको रहृयो। शारीरिक रूपले साङ्ग मानसिक रूपले अपाङ्ग पाइन्छन्। तँ के ठूलो, म पो ठूलो’ भन्छन्। बाहुबली बन्छन्। श्रीराम ढकालको साहित्यिक शिष्टता उच्च देखियो। आमाको मायामा, मातृभूमिको मायामा, नारीको सम्मानमा ढकालले कविताहरू कोरलेका छन्।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ लाई श्रीराम ढकालले आदर्श वाक्य मानेका छन्। लाग्छ, ढकालले श्रीरामचन्द्रकै आदर्श पच्छ्याउन खोजेका छन्। हो, हामी भगवान् श्रीरामचन्द्रको सीता त्याग, बाली र शम्बुकको हत्याप्रति विरोध जनाउँछौँ। एकनिष्ठ पतिपत्नीको उनको सोँच अब्बल छ। उनी एक सामन्त राजा थिए तर देशलाई र आमालाई अपार माया गर्थे। लक्ष्मणले सुनको लङ्कामा राज गर्ने कुरा गर्दा रामले आमा र देश स्र्वर्गभन्दा ठूलो हो भने। हामी प्रगतिशील/प्रगतिवादीहरू जनतालाई हेपेर देशलाई माया गछौर्ँ। जनता नै देश हो वीपी कोइरालाले भनेका छन् :

मेरो देश बनाउने युवा चाहियो

श्रम-पसिना देशमै बगाउने युवा चाहियो

गुन्द्रुक-ढिँडो, दाल-भात खाएरै भएपनि,

परिवारसँग स्वदेशमै रमाउने युवा चाहियो ⁄”

प्रमुख अतिथिले साथीको ९० औं मुक्तकको उद्धरण लिएर बोले। लेख्ने रहरको छटपटी राखे। साहित्यिक उन्नयनका लागि आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता राखे। पाँच हजारको धनराशी श्रीराम ढकालको हातमा टव|mयाए। त्यहाँ बुद्धि गुरुङ र डम्बरजङ गुरुङको पसिनाको महक छरियो। भन्नैपर्छ, बुद्धिजीको सद्बुद्धि सलामयोग्य छ। सुशान्त र श्रीरामजीको काम प्रशंसनीय छ।

- मदन भण्डारी