‘डेरा सरी सरी’ बजारमा

पोखरा, १६ साउन । हरितालिका तिज नजिकिँदै गर्दा कलाकार रामजी पौडेल, सरस्वती परियार र माया गिरीले ‘डेरा सरी सरी’ बोलको गीत बजारमा ल्याएका छन्।

गीतमा डेरामा बस्नेहरुका पीडा समावेश गरिएको छ। एक महिना एउटा घरमा बसेपछि त्यसपछि डेरा सर्नुपर्ने बाध्यता गीतमार्फत प्रस्तुत गरिएको छ ।

गायक रामजी पौडेलको शब्द तथा लय रहेको गीतमा रामजी पौडेल, माया गिरी ,सरस्वती परियार, रत्न रसाइली र ऋतुको सुमधुर स्वर रहेको छ।

‘डेरा सरी सरी’ बोलको गीतमा शिवम पोख्रेलको निर्देशन रहेको उक्त गीतको एरेञ्ज तारानाथ आचार्यले गरेका हुन्। गणेश सापकोटाले छायांकन गरेको भिडियोलाई सन्तोष सरुमगरले सम्पादन गरेका हुन्।

- एजेन्सी