डिएलएमा अधिकारी, गण्डकीमा कोइराला

चितवन, १४ साउन। नेपाल डेमोक्रयाटिक लयर्स एशोसियशन -डीएलए) को १० औ’ राष्ट्रिय महाधिवेशन योगेन्द्रबहादुर अधिकारीको नेतृत्वमा ४३ सदस्यीय नया’ कार्यसमिति चयन गर्दै सोमबार गैंडाकोटमा सम्पन्न भयो ।

अधिकारीले ४ सय ३२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी सीताराम केसीले ३ सय ३४ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा ४ सय ३५ मत प्राप्त गरी सुरेशकुमार पौडेल निर्वाचित हु’दा महिला उपाध्यक्षमा सुष्मा बराल बा’स्कोटा निर्विरोध भइन्।

प्रदेश १ बाट उपाध्यक्षमा मुरारी खड्का र प्रदेश २ उपाध्यक्षमा राजन दाहाल निर्विरोध निर्वाचित भए । प्रदेश ३ बाट राजु कटुवाल, साविक प्रदेश ४ को हाल गण्डकीबाट फणिन्द्रराज कोइराला, प्रदेश ५ बाट गोकर्ण्र्ाासंह थापा निर्वाचित भए । कोइराला उच्च अदालत वार इकाइ पोखराका पूर्व अध्यक्ष समेत हुन् ।

प्रदेश ६ बाट वीरबहादुर जेठारा र प्रदेश ७ बाट खड्गबहादुर सिजापति निर्विरोध निर्वाचित भएको महाधिवेशन मूल आयोजक समितिका सदस्य विष्णु अर्यालले जानकारी दिए । महासचिवमा लक्ष्मीदेवी दाहाल रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, खुल्ला सचिवमा खड्कबहादुर बुढाथोकी -सुबास) र महिला सचिवमा विष्णु बस्याल निर्वाचित भए ।

- रासस