थापाद्वारा दुर्इ लाखको अक्षयकोष स्थापना

पोखरा, असार २३ गते ।साहित्यकार ढाका थापाले २ साहित्यिक अक्षयकोष स्थापना गरेका छन् ।

थापाले साहित्यप्रतिको अनुरागले अक्षयकोष स्थापना गर्न प्रेरित गरेकाले गजल सन्ध्या रोजेको बताए।

गजल सन्ध्या पोखरामा अध्यक्ष अमृत सुवेदीले नगद लाख २ हजार रुपैयाँ ग्रहण गर्दै थापाले स्थापना गरेको कोषबाट विश्वका जुनसुकै भूभागमा रहेर पनि नेपाली गजलको उत्थानका लागि कार्य गरेका अग्रज व्यक्तित्वलाई नगदसहित सम्मान गरिने जानकारी दिए ।

सन्ध्याका सल्लाहकार तीर्थ श्रेष्ठले ढाका थापा जस्ता साहित्यप्रेमीको साथले नेपाली साहित्य अघि बढ्ने धारणा व्यक्त गरे । गजल प्रतिभा सम्मान मस्यौदा समितिका संयोजक रुपिन्द्र प्रभावीले हरेक दुर्इ वर्षमा सो सम्मान प्रदान गर्ने लक्ष्य राखिएको बताए ।

स्मरण रहोस्, सन्ध्याद्वारा सञ्चालित गजल प्रतिभा पुरस्कारका लागि यसअघि एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।

- अादर्श समाज सम्वाददाता