अन्तरसमाजको चौथो महाधिवेशन

पोखरा, ९ असार । अन्तरसमाज महासंघ राष्ट्रिय समिति पोखराको छैटौं साधारणसभा तथा चौथो महाधिवेशन पोखरामा शनिबार सम्पन्न भयो ।

कार्यक्रम उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश ४ का कार्यवाहक सभामुख सिर्जना शर्माले समाजलाई सकारात्मक दिशामा डोर्‍याउने यसप्रकारका समाजले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले संस्था स्थापना गर्नु र जोगाउनु निकै चुनौती रहेको पनि बताइन् । उनले अन्तरसमाज महासंघले पोखरामा निर्माण गर्न लागेको पार्क निर्माण सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो सहयोग रहने आश्वासन दिइन् ।

स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पोखराको विकासमा सर्म्पर्क समाजले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले महासंघको अझ प्रगतिको कामना गरे ।

अन्तरसमाज महासंघका संस्थापक अध्यक्ष एवं सल्लाहकार रुद्र खनालले संस्थामा लागिसकेपछि लगाव हुनुपर्नेमा जोड दिए ।

महासंघका निवर्तमान अध्यक्ष नीलकण्ठ शर्माले संस्थामा आफैमा इतिहास हो भने । उनले समाजको विकासका लागि आध्यात्मिक र भौतिक दुवै किसिमबाट प्रेरित हुनुपर्ने बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले अस्पताल परिसरमा महासंघले पार्क शिलान्यास गरिसकेको भन्दै निर्माण सम्पन्नका लागि अस्पताल र महासंघको आपसी समन्वय हुनुपर्ने सुझाव दिए ।

सल्लाहकार ज्ञानहरि आचार्यले महासंघले रचनात्मक कार्य गर्दै जानुपर्ने बताए ।

सल्लाहकार राजेशनाथ ठगुराठीले समाजले नयाँ नयाँ कार्यक्रम जाने जानुपर्ने सुझाव दिए ।

अर्का सल्लाहकार टेकनारायण पौडेलले सामाजिक हितमा महासंघ केन्द्रित हुनुपर्ने औल्याए ।

सम्पूण्ा सर्म्पर्क समाजको प्रतिनिधित्व गर्दै पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरले महासंघको सही नेतृत्वले मात्रै संस्थालाई अगाडि बढाउन सक्ने बताए । अन्तरसमाज महासंघका अध्यक्ष दीपेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष मञ्जु पौडेल र सञ्चालन महासचिव भानु भण्डारी क्षितिजले सञ्चालन गरेका थिए ।

सो अवसरमा संस्था जन्माउन महत्वपूर्ण योगदान दिने संस्थापक अध्यक्ष एवं सल्लाहकार रुद्र खनाल र पत्रकार नारायण कार्कीलाई तामपत्रसहित सम्मान गरियो ।

यस्तै, संस्थाका विभिन्न गतिविधिमा संयोजक रहेर कार्य गरेका संयोजकलाई मायाको चिनो प्रदान गरिएको थियो ।

२०६२/०६३ को जनआन्दोलन सफल पार्न ऐक्यबद्धता जनाउने क्रममा पोखरामा रहेका विभिन्न जिल्लामा सर्म्पर्क समाज एकताबद्ध हुँदै महासंघ जन्मेको हो ।

- अादर्श समाज सम्वाददाता